Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, April 6, 2013

क्रस रोडमा नेपाली फेसन


विष्णु शर्मा

फेसन गुरु जोन एन्डर्सनको प्रसिद्ध भनाइ छ –‘फेसनको बाली खान दशवर्षअघि बीउ रोप ।’ फेसन तीर्थस्थल पेरिसको लामो अध्ययनपछि यी बूढा विज्ञले हालै विश्व फेसनको भविष्यबारे यस्तो टिप्पणी गरेका थिए । अध्ययनको निष्कर्ष थियो –‘फेसन उद्योग आर्थिक रुपमा दिगो रहने हो भने सामाजिक र वातावरणीय पक्ष पनि दिगै हुनुपर्छ । यो सिद्धान्तले वर्ष २०२५ सम्म विश्व फेसनको आकार निश्चित गर्नेछ ।’ विश्व फेसनका अगुवा एन्डर्सनको यस्तो चेतावनीपछि न्यूयोर्क, लन्डन, पेरिस र मिलान अत्तालिएका छन् । ट्रिलियन डलरका यी उद्योगले आ–आफ्ना सरकारमाथि कार्वन उत्सर्जन कटौती र सामाजिक असन्तुलन रोक्न दवाव थालेका छन् । फेसनका एसियाली पावर हाउस बेइजिङ, टोकियो र सियोलमा समेत यस्तो आवाज उठेको छ । फेसनको बीउ रोपाई भर्खर थालिएको नेपालजस्ता अविकसित मुलुक ठूला देशको दबाबमा लतारिनुपर्नेछ । 

Monday, April 1, 2013

'आमा' पुगिन् 'चपली हाइट'

विष्णु शर्मा

नेपाली फिल्मले आउँदो वर्ष आधा शताब्दीको यात्रा पूरा गर्दैछ। प्रकाश थापाले रोपेको वृक्ष निश्चल बस्नेतहरू मलजल गर्दैछन्। साहवंशदेखि गणतन्त्रसम्मको घामपानी खेपिसके पनि दर्शकले फल भने चाख्न पाएका छैनन्; त्यो फल- फिल्मबाट समाज, अर्थतन्त्र र राजनीतिले खोजेको मूल्य हो। बलिउड भारतीय स्वतन्त्रता आन्दोलनमा सहयोगी बन्यो भने हलिउड अद्योपान्त अमेरिकी एजेन्डालाई संसारभर विस्तार गर्दैछ। दुर्भाग्य! आधा शताब्दी पार गर्नै लाग्दा पनि नेपाली फिल्मको पहिचान विश्व मानचित्रबाट गुमनाम छ। मुलुक जस्तै घरेलु फिल्म सार्वभौमसत्ता भारतीय र अमेरिकी हेजेमोनीले थिचिएको छ। दरबार, प्रपोगान्डा र शक्तिकेन्द्रको राजनीतिक अभीष्ट पूरा गर्ने ध्येयले नेपाली फिल्मको इतिहास थालनी भएको हो। पञ्चायती व्यवस्थालाई माटो सुहाउँदो भनेर नागरिकमा भ्रम छर्न राजा महेन्द्रले फिल्मको प्रयोग गरे। 'आमा', 'हिजो आज भोलि' जस्ता रुचाइएका फिल्मलाई उनले निर्दलीय शासन व्यवस्थाको औचित्य पुष्टि गर्न लागु गरे। संस्थागत रूपमा साही नेपाल चलचित्र संस्थान खडा गरियो। महेन्द्रको निधनपछि वीरेन्द्रको शासनमा फिल्म बुझ्ने दृष्टिकोण विश्वजनित बन्यो।