Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, January 31, 2013

डिजिटल समाज बुन्दैछ नेपाल

प्रकटकुमार शिशिर
३१ जनवरी, २०१३

जमाना यस्तो थियो । कार्यालयमा जाँदा हाजिरी पुस्तिका हुन्थ्यो कलमले जनाउ चिन्ह लगाउँदै उपस्थिती हुनुपथ्र्यो अहिले अधिकाँश कार्यालयमा यो परम्परा विस्थापित भएको छ । एटेन्नडेन्स मेसिनमा तपाई आफ्नो कार्यालयको कार्ड वा आफ्नो हातका कुनै औला स्पर्श गराउनु भयो भने कम्युटरमा तपाईको उपस्थिती देखिन्छ । यसले कति बजे आएको र कति बजे गएको समेत रेकर्ड राख्दछ । दशकअघि टेक्नोलोजीमा अभ्यस्त नदेखिनेहरु अहिले विस्तारै टेक्नोलोजीको सहारा लिन थालेका छन् । प्रविधीको फराकिलो दायरामा अनेकथरी सुविधा हुन थालेपछि कुनै न कुनै सुविधामा नरमाउने सायदै भेट्टिन्छन् । कार्यालय सकेर रेष्टुराँ छिर्नेभयो । खाजा खाएपछि तिर्नुपर्ने रकम कलमले कागज विलमा कोरेर होइन कम्प्युटरको प्रिन्ट कागजमा आउँछ ।

बिहे नगर्ने तर सँगै बस्ने


रमेशकुमार
३१ जनवरी, २०१३


पत्रकार निर्मल थापा र श्रृष्टि श्रेष्ठ सँगै बस्न थालेको दुई वर्ष कट्यो । औपचारकि रूपमा विवाह गरेका छैनन् उनीहरूले । तर, श्रीमान्-श्रीमतीजस्तै सहज र उदार जीवनशैलीमा छन् । भन्छन्, "सँगै बस्न विवाह गर्नैपर्छ भन्ने छैन ।" ज्ञानकुञ्ज श्रेष्ठ र सुशीला तामाङको जोडी पनि निर्मल र श्रृष्टिकै जस्तो हो, जो अध्ययनका लागि नुवाकोटको गाउँले परिवेशबाट काठमाडौँ झरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसका यी विद्यार्थी अहिले बिनाविवाह दाम्पत्य जीवन बिताइरहेका छन् । मानव अधिकारकर्मी नूतन थपलिया पनि लामो समयदेखि 'लिभिङ् टुगेदर'को अभ्यास गर्नेमध्येका एक हुन् । तर, उनी सम्बन्धको आधार प्रस्ट हुनुपर्नेमा जोड दिन्छन् ।

बिनाविवाह वयस्क जोडीहरू एकसाथ बस्न थालेका प्रतिनिधि उदाहरणहरू हुन् यी । खासगरी काठमाडौँ उपत्यकामा छ्याप्छ्याप्ती देख्न सकिने यस्ता जोडीहरू सार्वजनिक हुने सवालमा पनि निडर हुन थालेका छन् । नेपाली संस्कृति, परम्परा र कानुनी हिसाबबाट भने यसलाई वैध सम्बन्ध मानिँदैन । पश्चिमी समाजमा विवाह नगरी सँगै बसेर छोराछोरीसमेत हुर्काउने चलन नयाँ होइन । सायद तन्नेरीहरू यसैको सिको गर्न थालेका छन् । यस्तो चलनले पछिल्लो पुस्तालाई आकषिर्त गररिहेको पनि 

Wednesday, January 30, 2013

यसकारण डाकिए चिनियाँ राजदूत

विष्णु शर्मा
३१ जनवरी, २०१३


चिनियाँ राजदूत याङ होउलान मेरा लागि यसअघिका क्यू गोहाङभन्दा पनि परिचित हुन् । एउटा समारोहको जमघटमा मैले मुस्ताङमा बढ्दो कुट्नीतिक चलखेल र चिनको स्ट्यान्डका बारे उनीसँग हल्का कुरा गरेको छु । अंग्रेजी भाषाका प्रखर वक्ता उनै याङ नेपालप्रति सद्भाव राख्नेमध्येका एक चिनियाँ कुटनीतिज्ञ हुन् । तर, यतिबेला चिनले उनलाई फिर्ता डाकेको छ र अर्को पूर्वी एसियाली मुलुक म्यानमारको राजदुत कार्यभार दिइएको छ । चिनियाँ कम्युष्टि पार्टीको महाधिवेशन लगत्तै याङलाई किन फिर्ता डाकियो भन्ने बारे त्यहाँको विदेश मन्त्रालयले केही खुलाएको छैन ।


नेपाली एप्लिकेसनको विश्व कीर्तिमान

विष्णु शर्मा
३१ जनवरी, २०१३

लोडसेडिङको हैरानी भोगिरहेका नेपाली बिजुली उपभोक्तालाई ध्यानमा राखी ल्याइएको लोडसेडिङ एप्लिकेसनले एन्ड्रोइड फोनमा कीर्तिमान राखेको छ । यो नेपाली एप्लिकेसन निशुल्क डाउनलोड गर्न सकिने टप फ्री एप्स बनेको छ । जसलाई भाइवर, फेसबुक, स्काइप र टेम्पल रन २ ले समेत फलो गरेका छन् । नेपाली तन्नेरीद्धय चन्द्र र एलिजा श्रेष्ठले मिलेर बनाएका हुन् । ‘नेपाल लोडसेडिङ’ नाम राखिएको यो एप्सलाई एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा मात्र डाउनलोड गरेर चलाउन सकिन्छ ।

Tuesday, January 29, 2013

हेर्ने होइन नेपाली थ्रीडी फिल्म ?

विष्णु शर्मा
जनवरी ३०, २०१३


नेपाली फिल्म पनि थ्रीडीमा ? कसैले यस्तो भन्छ भने दृष्टिकोण बदल्नुपर्छ कि । प्रिय दाई दीपेन्द्र के. खनालले थ्रीडी प्रविधिमा बनाएको फिल्म मलाई चाहिँ गतिलो लाग्यो । बलिउडको कथित ‘रा.वान’ थ्रीडीभन्दा पनि जाती । नेपालमा पहिलोपटक थ्रीडी फिल्म बन्दैछ भनेर मैले नै पहिलोपटक न्यूज लेखेको थिएँ । एउटा जमघटमा थ्रीडीको दृश्य हेर्ने चान्स पनि पाएँ । ‘भिजिलान्ते थ्रीडी’ दर्शकलाई निराश चाहिँ नपार्ने रहेछ ।

विदेश जाने कि ?

 विष्णु शर्मा
जनवरी ३०, २०१३


उनीसँग जिन्दगीमा दुइटा विकल्प थिए – व्यवसाय गर्ने कि बिदेश हानिने । तर, गुनासा होइन विकल्प सुझाउने उनको बानीले बिदेशलाई गौण ठम्यायो । कृषिमा नलागेको भए उनी यतिबेला खाडीमा श्रम बेचिरहेका हुन्थे । बागलुङ–टिपीचौरका तन्नेरी गङ्गा थापा अञ्चलकै अब्बल तरकारी कृषक दरिएका छन् । पैंयुथन्थापको थातथलो छोडेर कुस्मिसेरा हुँदै सदरमुकामको काँठवर्ती गाउँमा आइपुग्दा उनले थुपै्र दुःख पिए, त्यसयता छेवैको काँठेखोलामा धेरै पानी बगिसकेको छ । व्यवसायिक कृषक हुन उनले के मात्र गरेनन्,–विदेश जान घरको बेस्मारी दबाबलाई ललकारे । त्यो पैसालाई कृषिमा लगानी गरे । सुरुताका खेतीमा देखिएको विफलता सहे । द्धन्द्धमा गाउँबाट सदरमुकाम विस्थापित भए र त्यहीं व्यवसायीक कृषिको आन्दोलन थाले । यसबाट उनले सुखजिलो वाहीवाही पाएका छन् ।


कान्तिपुर पढौं कि नागरिक ?

विष्णु शर्मा
जनवरी ३०, २०१३


एकाविहानै साइकिल ब्वाइले फ्याँकेको पत्रिका आँगनमा बीउ छरेजस्तो छरिएका हुन्छन् । टिपेर हेडलाइनमा नजर डुलाउँदा खै के –खै के जस्तै भएको छु म । कभर स्टोरीका उठानले स्वयम अलमल–अलमल परेको छु । के पढ्ने, के नपढ्ने ? निश्पक्ष समाचारका वाहक भनिने ठूला कान्तिपुर र नागरिक–रिपब्लिका र द काठमाण्डू पोस्टमा छापिएका ठूला हेडलाइनले महिनायता दिग्भ्रमित छु । हिजोआज यी ‘ठूला’ अखबार दलका मुखपत्र जस्ता छन् ।

Monday, January 28, 2013

बन्दुकको घेरामा फिल्म हेर्नुपर्दा...!

विष्णु शर्मा
जनवरी २८, २०१३
प्रहरी सुरक्षा घेरामा मैले पहिलोपटक सिभिल मलमा ‘चाइना जोडाइक’ हेरेँ । बन्दुकको सुरक्षामा मनोरञ्जन लिनुको दीर्घकलिन प्रयत्न घातक त हुन्छ तर, तत्कालका लागि भने त्यसले मलाई रिफ्रेस तुल्यायो । त्यतिबेला मैले ट्रेलर हेरेको थिएँ –नेपालमाथि बनेको स्पेनी फिल्म ‘काठमाण्डू : मिरर इन द स्काइ’ चाँडै रिलिज हुनेछ । यो फिल्मप्रति मेरो किनपनि यतिको चासो छ भने, फिल्म जसमाथि बनेको हो, उनै महिला पतिद्धारा निर्घात पिटिँदा यो साता साप्ताहिकको रिपोर्टरको रुपमा म उनलाई भेट्न नर्भिक अस्पताल पुगेको थिएँ ।

यसकारण मनोज कन्ट्रोभर्सी रुचाउँछन्

विष्णु शर्मा
जनवरी २८, २०१३

कुनै विशेषण र सर्वनामको जरुरी पर्दैन उनलाई चिनिरहन । घरेलु फिल्ममा उनको आफ्नै पहिचान स्थापित छ । मनोज पण्डित अर्थात कन्ट्रोभर्सीका पर्याय । त्यही कन्ट्रोभर्सीले यी मोटो जीउडालका मनुवालाई बेलाबेलामा बहस र विवादको केन्द्रविन्दुमा ल्याइदिन्छ । उनी कन्ट्रोभर्सीका प्रिय यसकारण पनि हुन कि उनी गतिमा विश्वास गर्छन् । नेपाली पर्दामा सबैभन्दा ‘द्वन्द्व’को वकालत गर्नेमा पण्डित अग्रणी छन् । झुस्स दाह्री पाल्ने र कमान्डिङ स्वरको यही व्यक्तिबाट मैले ‘दृश्य भाषा’ र ‘मनोविज्ञान’ सिकेको थिएँ । मलाई दर्शकीय मनोविज्ञानको बोध गराउने व्यक्ति उनै पण्डित थिए जो ‘द्वन्द्व’मा विश्वास गर्छन् । अक्सर हाम्रो चिया गफको मेसो नेपाली समाजको कुनै मुद्दामाथि बहस गर्ने अवसर बन्ने गर्छ ।

Sunday, January 27, 2013

बीबीसीको एकघण्टे कठोर अनुशासन

विष्णु शर्मा
जनवरी २७, २०१३


मैले नेपालमा कहिल्यै कडा आत्म अनुशासन पालना गरेको थिइँन । जति आइतबार बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा गर्नुपर्‍यो । बीबीसीले सहभागिको रुपमा निम्तो त गर्‍यो तर समयाभावले प्रश्न सोध्न पाइँन । सन्दर्भ थियो –ऊर्जा संकट समाधानका लागि नेपाली परिवेशमा वैकल्पिक ऊर्जाको भूमिका कस्तो हुन्छ ?’ डेढ घण्टे कार्यक्रममा मोबाइल निषेध रह्यो । टाउको सीधा अगाडि हेर्नुपर्ने । कार्यक्रम अवधिभर साइड–टक् गर्न, ट्वाइलेट जान, बेन्च सेयर गर्न सबै निषेध । यस्तो लाग्थ्यो –म कुनै अनुशासनको परिक्षा दिइरहेको छु ।


Saturday, January 26, 2013

क्या राम्रो स्याउबारी...!

विष्णु शर्मा
जनवरी २६, २०१३


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने सरकारी निर्णयले फेरि एकपटक संरक्षण बहस सतहमा ल्याइदिएको छ । विश्वको प्रसिद्ध पदमार्गलाई फेरि उहि पुरानै व्यवस्था र भड्खालोमा हाल्ने यो प्रयासले हित गर्दै गर्दैन । जबसम्म स्थानीय बासिन्दा र समुदाय संरक्षणका लागि आफै लागि पर्दैनन् तबसम्म यसले उपलब्धी दिँदैन । ४ वर्षका लागि पुनः कोषलाई दिने निर्णय गर्नुअघि कोषको प्रतिबद्धता र कामको भावी योजना खोजिनुपथ्र्यो । मेरो व्यक्तिगत भनाईमा कोषलाई नै एक्याप सुम्पिनु भ्रष्टाचार र मनपरीकै निरन्तरता हो ।

बानी सिक्न लाज नमान्ने कि ?

विष्णु शर्मा
जनवरी २६, २०१३



मलाई समाजसँग गाँसिएका सेलिव्रेटी आदर्श लाग्छन् । तर, समाजमा ती सेलिव्रेटीको बहुमत छैन । हाम्रै नेपालमा पनि एकाध त्यस्ता सेलिव्रेटी त छन् जो परिक्षामा अझै पास भैसकेका छैनन् । ती सेलेब्सको फिल्म रिलिज मिति थाहा पाउने वित्तिकै म अक्सर फस्ट डे –फस्ट सोको टिकट बुकिङ गरिहाल्छु । अहिले मेरो मनमा डेनियल डे लेविस, आमिर खान र क्याथरिन बिगेलोप्रति श्रद्धाभाव छ । टाइम म्यागजिनका व्यक्ति मात्र नभएर यी तीनले समाजलाई फिल्मसँग जोड्ने उदाहरणीय मानक खडा गरेका छन् ।

खेलौना : पढ्दा कन्ट्रोल है मित्रहरू !

विष्णु शर्मा
जनवरी २६, २०१३


यति ‘बोल्ड’ उपन्यास नेपाली साहित्यमा मैले कहिल्यै पढेको थिइँन । मोडल स्मिता थापामाथि राजेन्द्र थापाले लेखेको ‘खेलौना’लाई दुई जना सामु बसेर पढ्न हिम्मत बटुल्नुपर्छ । एकै सिटिङमा मैले उपन्यास सकेँ । एकातिर अकुपाई बालुवाटार र लगातार महिला हिंसाका घटना भैरहँदा एक युवतीको खुल्ला स्वीकारोक्तीले नेपाली समाजको एउटा गतिलाई चित्रण गरेको छ । फिल्मका पर्दामा जस्तै पुस्तकमा पनि ‘एटीएम’ र ‘चपली हाइट’ पसेको छ भनेर पनि भन्न सकिएला । कतिपयले छाडा पनि भन्लान् तर म भन्छ –यो श्लिलता र अश्लिलताको सन्तुलन हो ।

Friday, January 25, 2013

अमेरिकामा नेपाली : हैसियत र यथार्थ


गिरिश पोखरेल/वासिङटन
जनवरी २५, २०१३

आजभोली अमेरिका आउने नेपालीहरुको संख्या दिन-दिनै बढ्दैछ । अमेरिका आएर केही वर्ष बसेर नेपाल पुगेपछि ती नेपालीहरुको गफ सुन्दा अमेरिकामा तिनलाई चिन्ने जान्नेहरु ए फलानोको हैसियत यो पो रहेछ भनेर उल्टो छक्क पर्दछन् । धेरै वर्षअघि अमेरिकाबाट नेपाल पुगेर रसेन्द्र भट्टर्राई नामक एक व्यक्तिले नेपालको एक दैनिक मारफ्त दिएका गफ सायद धेरै नेपाली पत्रकारहरुले बिरि्ससकेका होलान् । त्यसो त ती भट्टर्राईको निधन भएकै निक्कै वर्ष बितिसकेको छ ।


त्यही भएर होला आजभोली फेरी त्यही प्रवृत्तिका मानिसहरुको गफले नेपालका पत्रपत्रिका तथा नेपाली अनलाइन, टेलिभिजनहरु भरिन थालेका देखिन्छन् । जो अमेरिकामा सामान्य मजदुरी गरेर जीवनयापन गरिरहेको हुन्छ तर उसलाई नेपाल पुगेर आफू अमेरिकामा रहेको नेपालीमध्येकै उत्कृष्ट हुँ भन्ने देखाउन रहर चल्छ र उसले नेपालका संचारमाध्यमहरुलाई प्रयोग गरिरहेको देखिन्छन् ।

यस्तो छ मेरो ओस्कर प्रेडिक्सन


विष्णु शर्मा
जनवरी २५, २०१३

संसारकै सर्वोत्कष्ट फिल्म अवार्ड ओस्कर (एकेडेमी अवार्ड) घोषणा हुन एक महिना जति बाँकी छ । यो बीचमा सानातिना सबै फिल्मका पण्डितले विजेताको अड्कलबाजी थालेका छन् । म पनि तिनै हजारौं मध्येको एक हुँ । नेपालमा फिल्म रिलिज नभएपनि तिनका समिक्षा, फुटेज, महत्ता, समाचार र प्रभावको विश्लेषण गरेर ओस्कर प्रेडिक्सन गरेको छु । यो सन्दर्भमा मैले ओस्कर अवार्डलाई विशुद्ध फिल्म निर्माणसँग मात्र लिएको छैन, अमेरिकी परराष्ट्र नीतिसँग पनि जोडेको छु । फिल्म चलचित्र मात्र होइन, संस्कृति थोपर्ने माध्यम पनि हो ।

Thursday, January 24, 2013

मेरो मनोरञ्जन अधिकार खोइ ?



विष्णु शर्मा
जनवरी २४, २०१३


यतिबेला सिंगो मुलुक आन्दोलनमा छ । पत्रकार सडकमा । विपक्षी सडकमा । कलाकार सडकमा । स्वयम सत्तापक्ष सडकमा । लोकतन्त्रलाई गति दिन भए सहमति, नभए आन्दोलनको उपाय हुँदैन । विना मुद्दा आन्दोलन चल्दैन । एउटा चिनियाँ उखान छ –‘मेरो अगाडिको यात्रा त्यो पहाडले रोकेको होइन, मेरै जुत्ताभित्रको ढुङ्गाले रोकेको हो ।’ अहिले यस्तै भएको छ, फिल्मकर्मीको आन्दोलन पनि । फिल्मलाई उद्योगको मान्यता दिलाउन आन्दोलन गर्नुपर्नेमा, अनुहार फेरेर अध्यक्ष बनाउने कसरत भैरहेको छ ।

बाबुरामसँग मेरा तीन फिल्म


विष्णु शर्मा
जनवरी २४, २०१३

प्रधानमन्त्रीसँगै बसेर तीनवटा फिल्म हेर्ने अवसर पाएको छु मैले । ‘दासढुंगा’, ‘मसान’ र ‘जलजला’ हेरेपछि उनलाई प्रतिक्रिया पनि सोधेको थिएँ । उनले डाकेको चियापानमा संस्कृतिकर्मीको रुपमा सहभागि पनि रहँ । हाम्रा फिल्मप्रेमी प्रधानमन्त्री बाबुराम भट्टराई जति फिल्म हेर्ने नेता अहिलेसम्म यहाँ सायदै छन् होला । उनै प्रधानमन्त्री भएको बेला फिल्मकर्मी आन्दोलनमा उत्रनु दुःखद संयोग चाहिँ अवश्य नै हो । कस्मेटिक लोकप्रियता खोज्ने भट्टराईको प्रवृत्तिबारे मैले अहिलेसम्म बुझ्न सकेको छैन ।


Wednesday, January 23, 2013

हाम्रै समा थारुमाथि हलिउड फिल्म



बिष्णु शर्मा
जनवरी २३, २०१३


अक्सर मिहेनतपूर्वक खिचिएका दृश्यभाषाले मलाई भावुक तुल्याउने गर्छन् । ती सिनेम्याट्रिक ल्यांग्वेजमा शक्तिशाली विम्व, रुपक र भाषा हुन्छन् । यस्ता कैंयन फिल्म हेर्दा टिस्यु पेपर पनि सकेको छु मैले । एकवर्ष अघि नेपालमाथिको स्पेनी फिल्म हेरेर आसु बगाएको थिए । फेरि, यस्तो एउटा फिचर फिल्मले मलाई आज चिमोट्यो र ब्लगमा लेख्न बाध्य भए । धन्यवाद छ, एकेडेमी अवार्ड नोमिनेटेड निर्देशक रिचर्ड इ रोविन्स, जसले विश्वभरका प्रतिनिधि किशोरीमाथि आधारित रहेर फिचर फिल्म बनाएका छन् ।

गाम्लेका फुलेका सपना/जहाँ लोडसेडिङ हुँदैन


बिष्णु शर्मा
(बागलुङ) जनवरी २३, २०१३

पानीमा विकास देख्ने गाम्लेको मिहेनत स्पर्श गरेपछि उनी पुलकित बनिन् । गाउकी बुढीआमैलाई गम्लङ्ग अगालिन । खुशी र संस्कृति साटिन् अनि अग्रेजी लवजमा चिच्याइन् –‘वाऽऽ हाउ ! इन्ट्रेस्टिङ’ लन्डनबाट नेपाल हानिदा उनले सायदै सोचेकी थिइन् –दूरदराजका गाउमा पसेको पानी विकास ।’ जसै उनले यहाको दगातुन्डाडाका उकाली ओराली नापिन सोचाइ बिल्कुलै अस्वभाविक अनुभूती भयो । लघुजलविद्युत विकास गाउमा पुगेपछि विश्व बैंककी प्रवन्ध निर्देशक नगोज अकोन्जो इवेलाको हृदयमा खुशीले पालुवा हाल्यो । ऊर्जाको बैकल्पिक माध्यम लघुजलविद्युतले यो दूरदराजको गाउ“मा ल्याएको उत्ताल सुविधा देखेपछि दातृ संस्थाकी यी अधबैंशेले मन थाम्न सकिनन् ।

(बलिउडको एकसय वर्ष) हेजेमोनियल बाटोमा बलिउड


विष्णु शर्मा
जनवरी २३, काठमाडौं

बलिउडले आगामी मे ३ तारिखमा एकसय वर्ष मनाउँदैछ । ‘सत्य हरिश्चन्द्र’ रिलिज भएको शताब्दी अवसरमा मैले बलिउडको सयवर्षे ट्रेन्डलाई केलाएको छु । आफ्नो पहिचान नबनाएको र लामो इतिहास पनि नबोकेको नेपाली फिल्मले बलिउडको यो विकासक्रमलाई गम्भिर रुपमा लिनु जरुरी छ । अर्को हप्ता हलिउडको ट्रेन्ड विश्लेषण गर्नेछु ।

समिक्षक कोमल नाहटा भन्छन् –‘बलिउड हलिउडको बाटोमै यात्रा गर्दैछ, अति कर्पोरेटकरण र ब्यापारीकरणको उक्त दिशालाई सच्याइएन भने निश्चित छ, बलिउड ब्यापार र संस्कृतिको द्वन्द्वात्मक चपेटामा फस्नेछ ।’ सिनेमा पण्डितहरूका लागि यो आम चासोले कम्पास हराएको जहाजजस्तै बलिउडको वर्तमान दिशाहिन ट्रेन्डलाई अथ्र्याउँछ । आर्थिक उदारीकरणपछि ह्वात्तै बढेको मध्यमवर्गले बलिउड बजार आयतनलाई मात्र विस्तार गरेन, वर्ष २०११ देखि वर्षेनी एक हजार सिनेमा उत्पादन गरेर मुम्वैया सिनेमाले हलिउडलाई पनि उछिन्यो । यो वर्ष बलिउडले एकसय वर्ष पुरा गर्दैछ र यो छेकोमा बलिउड समिक्षकहरू आफ्नो सिनेमाको ट्रेन्ड, चुनौति र भविष्यबारे बुद्धिविलास गरिरहेका छन् ।

Tuesday, January 22, 2013

मनिषा न्यूयोर्कमा, फिल्म कोलम्बोमा

विष्णु शर्मा
जनवरी २२, २०१३
 
अभिनेत्री मनिषा कोइराला निर्देशित फिल्म ‘सिद्धार्थ द बुद्ध’ कोलम्बोमा रिलिज भएको छ । उनीसहायक निर्देशक हुन् । चन्द्रम रुत्नाम निर्देशित फिल्मलाई श्रीलंकाली सरकारले बनाएको हो । न्यूयोर्कमा स्वास्थ्य लाभ गरिरहेकी बलिउड हिरोइन कोलम्बोमा आयोजित बुद्धिस्ट फिल्म फेस्टिभलमा गतवर्ष भाग लिन जाँदा सुटिङमा थिइन् । पछिल्लो साता गौतम बुद्धको जन्मस्थल लुम्बिनीबारे भारतले अनावश्यक दावी गरिरहँदा छिमेकी श्रीलंकाले रिलिज गरेको यो फिल्मलाई कुटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।

मेरो लोमान्थाङ घुमघाम (भाग २)

विष्णु शर्मा
जनवरी २२, २०१३

छोसेरका आङफुट्टी गुरुङ अब कैंयन वर्षसम्म थातथलो फर्कने छैनन । भोटेताल्चा झुण्डिएको छ दैलोमा । पढाइ पनि बीचैमा टुंगियो । तबेलाका घोडा, खच्चर पनि जोमसोम झरे । त्यो भन्दा पनि जन्मथलो छाड्नुपर्दाको अवसाद आङफुट्टीको अनुहारमा प्रष्ट देख्न सकिन्छ । हालै बेसीको पोखरामा रोजगारका लागि भौंतारि“दै गरेको बेला भेटिए आङफुट्टी । कारण –बेमौसममै परिवारसहित हिमालवारि झरेका हुन् उनी । अब घुमन्ते व्यापारको सिलसिला सुरु हुनेछ यो हिमाली परिवारको । बेसीको महंगीमा टिक्न र थलिएकी आमाको उपचारका लागि पैसा कमाउनु आवश्यक छ आङफुट्टीलाई ।

Monday, January 21, 2013

मायानगरीमा नक्कली स्वाद, नक्कली सन्तुष्टी

 दीपक सापकोटा
 जनवरी २२, २०१३

विश्वविख्यात रंगकर्मी बर्तोल्त ब्रेख्तको एउटा प्रसिद्ध भनाइ छ, ‘सिनेमा बदलिदैमा मान्छे बदलिने होइन । बरु, मान्छेको जीवनशैली बदलिएमा सिनेमा बदलिने हो । यसैले आजको अर्थव्यवस्थामा मनोरन्जनपूर्ण फिल्महरू बनाउनुको सट्टा कला फिल्म बनाउनुको परिणाम निस्किएला, रद्धि कला अनि खराब व्यवसाय ।’ उनले फिल्मलाई ‘रद्धि कला अनि खराब व्यवसाय’ भनेपनि नेपाली मायानगरीमा पस्ने हिरोइन भने दिन दुईगुणा, रात चौगुणाको दरले बढीरहेका छन् । यहा ‘रातारात’ नया हिरोइन् ‘एक्सन’ र ‘कट’मा जीउ मकाईरहेकी हुन्छिन् ।

महावीरको सिलिकन भ्यालीमा

विष्णु शर्मा
जनवरी २२, २०१३


आज (जनवरी २२), बेतारे हिरो महावीर पुन जन्मिएको दिन । सफलताको शुभकामना यी कर्मवीरलाई । जन्मदिनको छेकोमा मैले महावीरका एकाध किस्सा सम्झिएको छ । मेरै गृहजिल्लाका यी कर्मवीर वास्तवमै प्रेरणाका स्रोत हुन् । उनले हिमाली गाउँहरूमा ल्याएको इन्टरनेट क्रान्तिले मेरो जीवनमा ठूला प्रभाव पारेका छन् । अमेरिकी भौतिक सम्पन्नतालाई चटक्क छाडेको घटना अस्वभाविक लाग्छ । उत्तरी म्याग्दीलाई नेपालको ‘सिलिकन भ्याली’ भन्दा फरक नपर्ला कि ? तर, ती महावीरले कसरी र कसको प्रेरणामा समाजसेवा थाले ?

अमेरिकी गोरीसँग मेरो भेट


विष्णु शर्मा
जनवरी २१, २०१३

नेपालका लागि पूर्व अमेरिकी राजदूत न्यान्सी जे. पावेलले मसँग उपल्लो मुस्ताङको लोमान्थाङमा दस मिनेट जति दुर्गम ठाउँको बारेमा कुरा गरेकी थिइन् । म जतिबेला त्यहाँबाट गोरखापत्र दैनिकका लागि काम गर्थें । सो अवसरमा न्यान्सीले आफ्नो कुटनीतिक यात्रापछि नेपाल मुलतः दुई कुराले प्रसिद्ध रहेको मलाई बताइन् । आज मैले त्यो क्षणलाई ब्लगमा उतारेको छु । उनले नेपालबारे दुई दृष्टिकोण पेस गरेकी थिइन् । पहिलो ती मनमोहक हिमश्रृङ्खलाहरु र दोस्रो तीललाई पहाड बनाउने मामिलामा नेपाली चाख ।

Sunday, January 20, 2013

एकसय चालिस शब्दको शक्ति

विष्णु शर्मा
जनवरी २०, २०१३


एक सय चालिस शब्दको शक्ति कति हुन्छ, सम्भवतः प्रधानमन्त्री बाबुराम भट्टराईले महसुस गरेको हुनुपर्छ । सेना, सत्ता र शक्ति हुदाहुदै उनको ट्वीटर मोहले इन्टरनेटको शक्तिलाई बल दिएको छ । सिरिया, लिबिया र इजिप्ट क्रान्तिमा ट्वीटरदेखि डराएका सत्ता सारथीहरूको गाथा हाम्रा विधावारिधी पीएमलाई पनि थाहा छ । उनले आइतबार दिउसो पहिलोपटक ट्वीटरबाट सामाजिक सञ्जाल ज्वाइन गरेका छन् र पहिलो ट्वीटमै देशको अहिलेको हालतबाट निराश नहुन युवाहरूलाई आग्रह गरेका छन् ।



ओ ! लोमान्थाङ (मेरो पहिलो मुस्ताङ घुमघाम)

विष्णु शर्मा
जनवरी २०, २०१३


लोमान्थाङका तन्नेरी ङिमाठिने गुरुङका हिमाली घोडाहरु अब देख्नपाइने छैनन् । चैलेको नाकै ठोकिने उकालोमा देखिने घोडाको क्याराभान इतिहास बनिसक्यो । उनका हिमाली खच्चरहरु हिमालवारी झरिसके अर्थात बेचिइसके । घिलीङे अधबैंशे फुट्टी गुरुङका खच्चरहरु पनि अब अक्सिजनविहीन छुङकरको उकालोमा देख्न पाइने छैन । छ्यासमिसे बिकासे बाटाहरुले लौठ सल्लाको काठ बोकेर गन्तब्यमा हानिदैं गरेका भरियाहरु पनि नजरमा पर्ने छैनन् । घोडा र खच्चरका धनी कागबेनीका धारा गुरुङसग अब मोटर मात्र देख्न पाइनेछ । अब हिमालपारिको यो सडकमा मोटर बत्तिदैं गरेका दृश्यहरु नियमीत लाग्छन् । एकलासका यी मरुभूमी पहाडहरुमा अब तीनताकको गुल्जार विस्तारै निख्रीदैं छ ।

Saturday, January 19, 2013

जो २०१३ मा निर्देशक बन्दैछन्

विष्णु शर्मा
जनवरी २०, २०१३

अभिनेता तथा अभिनेत्रीहरू निर्देशक बन्ने ट्रेन्ड वर्ष २०१३ मा निकै बढ्नेछ । केहीवर्षयता अपेक्षा गरिएका कलाकारले निर्देशनमा जागरुकता देखाएका छन् । निर्माणमा लगानी गर्ने क्रम त पुरानै हो यद्यपी २०१३ भित्र निर्देशक बन्ने लगभग पक्कापक्की भएका केही अभिनेता र अभिनेत्री छन् जो यतिबेला निर्देशनको गृहकार्यमा जुटेका छन् । प्राप्त विवरणअनुसार एक्सन कट्को सूचिमा थपिने निर्देशकहरू यसप्रकार छन् ।

ओस्करले सिकाएका पाठहरू

विष्णु शर्मा
जनवरी २०, २०१३

बधाइ छ, फ्रेन्च सिनेमा ‘द आर्टिस्ट’लाई जसले एकेडेमी अवार्ड (ओस्कर)को ८४ औं संस्करण जितेको छ । ‘द आर्टिस्ट’ले उत्कृष्ट सिनेमा, अभिनेता, निर्देशकसहित पाँच विधामा ओस्कर जित्यो । संवादरहित यो सिनेमा थ्रीडी र एनिमेसनको जमानामा आएको ब्ल्याक एन्ड ह्वाइट फिल्म हो । सन् बीसको दशकको अन्त्यतिरको समयमा हलिउडका साइलेन्ट फिल्म (मुक फिल्म)मा काम गरेका दुई कलाकारको कथात्मक यो सिनेमा त्यही बेलाको शैलीमा निर्मित छ । मुक फिल्ममा निकै चलेका हिरोलाई फिल्ममा आवाज आएपछि हुने समस्यालाई फिल्मको कथानक तुल्याइएको छ । अन्ततः प्रक्षेपण नै सहि, ‘द आर्टिस्ट’ले ‘द डेसेन्डान्ट्स’, ‘ह्युगो’, ‘द हेल्प’, ‘मिडनाइट इन पेरिस’, ‘एक्सट्रिमली लाउड एन्ड इन्क्रेडिबल्ली क्लोज’, ‘मनिबल’, ‘ट्री अफ लाइफ’ र ‘वार हर्स’लाई माथ दियो ।

करोड क्लवले जोगाउला प्रतिष्ठा ?


विष्णु शर्मा 
जनवरी १९, २०१३
फिल्म राम्रो बन्नु र चल्नु अलग कुरा हुन् । राम्रो बनेपनि, चलिदिएन भने हितकर हुँदैन । फिल्म गतिलो नभैदिए, लगानीकर्ताको रुचि घट्छ र कमब्याक सहज हुँदैन । अझ, कलाकारको फेसभ्यालु र करियर यसैमा टिकेको हुन्छ । एक करोड पनि आम्दानी नगर्ने फिल्मका कलाकारको भ्यालुमा यति चाँडो पहिरो जान्छ कि, हत्तपत्त उनीहरु निर्माताको रोजाइमा पर्दैनन् । तर, यतिबेला नेपाली फिल्म केही यस्ता कलाकारको कक्षमा फन्को मारिरहेको छ, जो करोड क्लवका सदस्य छन् र एकसाथ पैसा छाप्ने मेसिन पनि ।

घोडा बेचेर गाडी, मुस्ताङमा खुसीसँगै चिन्ता


विष्णु शर्मा जनवरी १९, २०१३

हिमालपारि कागबेनीका धारा गुरुङको चिनारी उल्टिएको छ । तीनताकको घोडाखच्चर धनीबाट अहिले उहाँ मोटरधनी हुनुभएको छ । अहिले उहाँसँग मोटरसाइकल, ट्रयाक्टर र दुइटा जिप छन् ।
उहिलेको भरिभराउ घोडा र खच्चरका गोठहरू रित्तिएका छन् र अहिले ती ठाउँ मोटर पार्किङ बनेका छन् । "तीसवटा हिमाली घोडा र एक सय खच्चर थिए", अतीत उधिन्दै गुरुङले भन्नुभयो, "अब ती सबै विस्थापित भए ।

राजेश हमाल : प्रेमीदेखि विद्रोहीसम्म



विष्णु शर्मा
जनवरी १९, २०१३


२५ वर्ष लामो दौडको एक्लो घोडा हुन् राजेश हमाल । फिल्मको ट्रयाकमा उनी आजपर्यन्त बुर्कुसी मार्दै छन् । अढाइ दशक लामो अभिनय करियरमा उनले २ सय ९० फिल्म खेले । त्यति नै शक्तिशाली पात्रहरूको चरित्रचित्रण गरे अनि आलोचकको मुख थुने । अक्टोवरदेखि हमाल निर्देशक बन्नेछन् । स्वर्गीय मामा दीपक रायमाझीको अधुरो फिल्म ‘डेस्टिनेसन काठमाण्डू’लाई प्याकअप गर्दैछन् उनी । तिनै रायमाझी हुन् जसले भाञ्जा नाता पर्ने हमाललाई ‘युगदेखि युगसम्म’बाट व्रेक दिए ।

ज्याकी च्याङलाई नेपाली भिसा यसकारण लागेन



विष्णु शर्मा
जनवरी १९, २०१


धन्यवाद, फिल्मकर्मीको आन्दोलनलाई जसका कारण विदेशी फिल्मको नेपाल रिलिज प्रभावित हुने भएको छ । विदाको दिन शनिबार यस्तै भयो । हलिउडको प्रतीक्षित ‘चाइना जोडाइक’को निर्धारित रिलिज स्थगन भयो । फिल्म हेर्न क्यूएफएक्स पुगेका दर्शक नहेरिकनै घर फर्किए । सेन्सर नहुँदा ज्याकी च्याकी च्याङ स्टारर चलचित्र रिलिज हुन पाएन । ज्याकीलाई पहिलो गाँसमै ढुँगा लाग्यो । मित्र सुकृत नेपाल र म (विष्णु शर्मा) पनि हलबाट फर्कियौं ।

Friday, January 18, 2013

वर्ष २०१३ का उत्कृष्ट दस फिल्म : नेपाल, हलिउड र बलिउड


विष्णु शर्मा
जनवरी १९, २०१३

विश्व फिल्मका लागि सुखद रहेन वर्ष २०१२ । देहसुखका कथामै अलमलियो नेपाल । संसार अन्त्यका कथा बेच्ने विक्रेता बन्यो हलिउड । दामिनी बलात्कारको पीडाले चिमोटिन सकेन बलिउड । दिमागशुन्य फिल्म उत्पादन गर्ने कारखाना बन्यो ऊ । आर्थिक संकटमै खुम्चिए युरोपियन फिल्म । फेस्टिभलमै अल्झियो ल्याटिन अमेरिका र ‘कस्मोपोलिटन’ श्रृङ्गारमा ब्यस्त रह्यो एसिया । विश्व फिल्मको यो शब्दचित्रले वर्ष २०१३ को पानी चित्र बुझ्न मद्दत गर्छ ।

विश्व शक्ति सन्तुलनजस्तै फिल्म पनि नयाँवर्षमा चरम संक्रमणबाट गुज्रनेछ । यसो हुनुमा ती देशभित्रको आर्थिक, सामाजिक र सांस्कृतिक कारण प्रमुख हुनेछन् । विश्व शक्तिको रुपमा स्पेस खोजिरहेको बलिउड युनिभर्सल यात्रामा निस्कने छ । अमेरिकी ‘सफ्ट पावर’ हलिउड बजार खोज्दै एसिया छिर्नेछ । अबको हलिउडी चम्किला पर्दामा एसिया प्रतिविम्वन हुनेछ । कथा भन्ने शैलीमा काठमाडौंको तन्नेरी पुस्ताले नयाँ प्रयोग गर्नेछ ।