Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 26, 2013

रेग्मीका तीन डरलाग्दा तगारा

विष्णु शर्मा
२७ फेव्रुअरी, २०१३


सर्वोच्च अदालतको पछिल्लो विज्ञप्ती आएपछि पुनः राष्ट्रिय राजनीति तरंगित छ । शक्ति पृथकीकरणको सिद्धान्तलाई लिएर जनमत विभाजित छ । नेपाल बार एसोसिएसन आन्दोलनको तयारीमा छ । प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्न इच्छुक भएपछि प्रमुख चार दल बाधा अड्काउ फुकाउने गृहकार्यमा छन् । कार्यकारी प्रमुख बन्न रेग्मीसँग यस्ता थुप्रै अनुत्तरित प्रश्नहरू छन् जसलाई निमिट्यान्न नपारी रेग्मी प्रधानमन्त्री बन्न सक्दैनन् । अहिलेको राजनीतिको गाँठो फुकाउने दुई विकल्प मात्र छन् –बाबुराम भट्टराईकै सरकारले चुनाव गराउनु र प्रधानन्यायाधीश नेतृत्वको टेक्नोक्र्याट सरकार । तीन प्रमुख गतिरोध छन् जसलाई तह लगाउन सके भने मात्र रेग्मी प्रधानमन्त्री बन्न सक्छन् ।

जसले महानायकलाई लगाम लगाउँछन्

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३

एउटा भनाई छ –‘निराशावादीले प्यारासुट बनाउँछ र आशावादीले प्लेन ।’ तर, चिरन्जीवि आचार्य यतिबेला त्यही आशावादिताको प्लेनमा सयर गरिरहेका छन् । सपना र आशा पुरा गर्ने यात्रामा अन्य प्राथमिकताहरू गौण हुन्छन् । यसको अर्थ चिरन्जीविसँग डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपनाहरू कहिल्यै प्राथमिकताका चीज बनेनन्, जति राजेश हमालको सहयोगी बन्नुमा उनका मान्यता दरिए । हामी यहाँ कुरा गरिरहेका छौं –उनै चिरन्जीविसँग जो झट्ट देख्दा दुब्ला र पातला देखिन्छन् तर दुब्लो छैन उनको आत्मविश्वास । कमैलाई थाहा छ –राजेश हमाल महानायक बन्नुको नेपथ्यमा यी दुब्ला र खिरिला चिरन्जीविको योगदान उच्च छ भनेर । सुनसरीका यी रैथाने हालैको एक साँझ पुरानो बानेश्वरमा नोस्टाल्जिक बने ।

Monday, February 25, 2013

‘छड्के’ चलिरहँदा गुण्डा र ट्यापेहरू धमाधम

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३


संयोग भनौं, फिल्म ‘छड्के’ हलमा छड्किरहँदा प्रहरीले हलबाहिर भने धमाधम मुन्द्रे र ट्यापेलाई समात्न थालेको छ । चोरी, लुटपाट र गुण्डागर्दीमा संलग्न भएको भन्दै मंगलबार ७११ जनालाई पुलिसले नियन्त्रणमा लिएको छ । फिल्म ‘छड्के’ पनि ग्याङस्टर फिल्म हो । पात्रहरू पर्दामा गुण्डागर्दी गर्र्दैगर्दा बाहिर पनि रियल गुण्डाहरू समातिन थालेका छन् । कहाँबाट कतिजना समातिए भन्ने गणितमा नजाऊँ तर बेराजगारीका बाइप्रोडक्टलाई तह लगाउने पुलिस प्रयास स्वागतयोग्य छ । झ्यापुल्ले कपाल, कानमा मुन्द्रा र गेटअप पनि दुरुस्तै गरेर तपाईं बाहिर निस्कनु भएको छ भने पुलिसबाट बच्दा हुन्छ । प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले त्यस्तो मान्छे देख्दावित्तिकै समात्न सक्रिय भएको छ । अस्ति पोखराबाट सुरु भएको एन्टी–डन अप्रेसन थानकोटबाट राजधानी छिरेको छ ।

छुरिम भन्छिन् –एभरेस्टभन्दा दुःखको हिमाल अग्लो

विष्णु शर्मा
२६ फेव्रुअरी, २०१३


अक्सर कसैलाई सल्लाह दिँदा हामी सगरमाथा विम्व प्रयोग गर्छौं । एभरेस्टलाई विजय र लक्ष्य प्राप्तीको विम्वका रुपमा लिइन्छ । हजारौंले त्यही सगरमाथा चढ्दा हिऊँसँग जीवन साटेका छन् । गत आइतबार भने २९ वर्षिया नेपाली युवती छुरिमले एकै सिजनमा दुईपटक सर्वोच्च शिखर चढेर गिनिज बुकमा नाम लेखेकी छिन् । विश्व रेकर्डलाई मात्र गिनिजले नाम लेखाउने गर्छ । पर्यटन मन्त्री पोस्टबहादुर बोगटीले छुरिमलाई गिनिज सर्टिफिकेट हस्तान्तरण गरे । गत मे १२ मा छुरिम ८८४८ मिटर अग्लो हिमाल चढेकी थिइन् । केही समय आधार शिविरमा झरेर आराम गरिन् अनि पुनः उक्लिइन् ।

ओस्करको रातो गलैंचामा विश्व फेसन

विष्णु शर्मा
२५ फेव्रुअरी, २०१३


यसपटक ओस्कर अवार्ड फिल्मले मात्र चर्चित रहेन, रेडकार्पेट फेसन पनि मुख्य रह्यो । रातो कार्पेटमा हलिउड सेलिव्रेटी आकर्षक पहिरनमा पोज दिन व्यस्त रहे । यस्तो लाग्थ्यो –फेसनको थिचाइमा ओस्कर पीडा खेपिरहेछ । यसपटकको अवार्डमा रेडकार्पेट सेसन बेग्लै राखिएको थियो । आधा घन्टाको रेडकार्पेट सेसनमा सहभागि हुन सेलिव्रेटी पहिल्यै डल्बी थिएटरमा पुगेका थिए । ओस्करको रेडकार्पेटले विश्वकै फेसन डिजाइनिङलाई प्रभाव पार्छ । यसकारण सेलिव्रेटी आकर्षक परिधानमा देखिन मरिहत्ते गर्छन् । यसपटक जेनिफर लरेन्सलाई फेसन क्रिटिक्सले आकर्षक फेसन आइकन माने । एडेल, एना हाथवे, क्रिस्टना चेस्टेन पनि सजिएर पुगेका थिए । डेनियल डे लेविस, ब्राडली कुपरको फेसनले पनि धेरैको मन जित्यो । ओस्कर रेडकार्पेटलाई संक्षिप्तमा हेर्न भित्र जानुस् । तस्विरहरू : इन्डियन एक्सप्रेस

यसकारण ‘अर्गो’ले जित्यो ओस्कर अवार्ड

विष्णु शर्मा
२५ फेव्रुअरी, २०१३


अन्ततः मेरो प्रेडिक्सन मिल्यो र ‘अर्गो’ले यसवर्षको ओस्कर (एकेडेमी) अवार्ड जित्यो । सर्वोत्कृष्ट फिल्म बनेको ‘अर्गो’ले इरानमा अपहरणमा परेका ६ अमेरिकीको उद्दारको कथा भन्छ । वार्नर ब्रोको यो फिल्म इरानमाथिको कथामा ओस्कर अवार्ड जित्ने दोस्रो फिल्म हो । मुस्लिम आणविक राष्ट्र इरानमाथि पश्चिमले इम्बार्गो लगाइरहँदा त्यहीँ माथि बनेको फिल्मले अवार्ड जित्नुलाई अमेरिकी परराष्ट्र नीतिको जितका रुपमा पनि हेरिएको छ । इरानलाई गिराउन राष्ट्रसंघिय च्यानलबाट नसकेपछि आर्थिक नाकाबन्दी लगाउन कस्सिएको अमेरिकाले ‘अर्गो’मार्फत इरानी सुरक्षाको धन्जी उडाएको छ । ‘अर्गो’को जितमाथि इरानले प्रतिक्रिया जनाउला कि भनेर मध्यपूर्वमा यतिबेला चासो बढेको छ । इरानमाथिको फिल्मलाई जिताएर वासिङ्टनले अप्रत्यक्ष रुपमा बेइजिङमाथि पनि दवाव सिर्जना गरेको हुनसक्छ ।

Saturday, February 23, 2013

लोमान्थाङलाई खेदेको खेदै न्युयोर्क टाइम्स

A local woman worked on a historic mural. Image : NY Times
विष्णु शर्मा
फेव्रअरी २४, २०१३


यस्तो लाग्छ –न्यूयोर्क टाइम्सले लोमान्थाङलाई खेदेको खेदै छ । यो वर्षमात्र संसारकै प्रतिष्ठित पत्रिकाले उपल्लो मुस्ताङको समाचारमात्र ६ पटकभन्दा बढी चोटी छापिसक्यो । तस्विर त दुईदर्जन पुगिसक्यो होला । बरु, काठमाडौंको समाचारलाई यो अखबारले उत्ति महत्व दिएको छैन । यसका आफ्नै स्वार्थ, बाध्यता र कारण पनि छन् । अन्तराष्ट्रिय रुपमा नेपालको एकमात्र न्यूज मेकर ठाउँ कतै छ भने त्यो हो –लोमान्थाङ । शनिबार पनि न्यूयोर्क टाइम्सले लोमान्थाङको अर्को एक समाचार छाप्यो –तिब्बतीका कला मुस्ताङमा कोरिँदैछन् र कसरी कला चोरिएका छन् भन्ने बारे । यो अमेरिकी पत्रिकाको यस्तो फलोअप बुझ्न मुस्ताङ–चीन सीमामा खम्पा अप्रेसनबारे बुझ्नुपर्छ ।

अझै ६ महिना बाबुराम प्रधानमन्त्री !

विष्णु शर्मा
फेव्रअरी २४, २०१३


ताजा विवरणअनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीले आफूलार्ई प्रधानमन्त्री बनाउने दलहरूको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । अन्ततः न्यायपालिका प्रमुखलाई कार्यकारी प्रमुख बनाउने माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको प्रयास भत्किएको छ । रेग्मीले अनिच्छा देखाएपछि सहमति हुन पाएन । यसले सबैभन्दा बढी फाइदा प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै भएको छ अनि मधेशी मोर्चालाई । सुशिल कोइरालको नाममा तीन महिना, प्रधानन्यायाधीशको नाममा एक महिना समय लम्बियो । अब कसको नाम आउने ? उसैको नाममा तीन महिना समय लम्बिनेछ । किनकी अब आउँदो मंसिर यता चुनाव हुने सम्भावना छैन । आउँदो बैशाखसम्म नयाँ नेतृत्वमा सहमति हुनेछैन ।

‘म काठमाडौं आइपुगेँ कमरेड’

विष्णु शर्मा
फेव्रअरी २४, २०१३


संगीतश्रोता, मेरा मित्र तथा मनपर्ने कवि हुन् । मेरै छिमेकी पर्वतका यी हितैषी यतिबेला पत्रकार महासंघ पर्वतका जिल्ला सभापति छन् । शक्तिशाली स्टोरी टेलिङका कारण संगीतश्रोताका कवितामा मन छुने भावहरू हुन्छन् । ‘किरेडाँडा’ उनको कविताको अब्बल विम्व हो । यस्तो लाग्छ –किरेडाँडा उनको साहित्यिक ट्रेडमार्क हो । समकालिन पुस्तामा संगीतश्रोता बलिया युवा कवि हुन् । ‘म काठमाडौं आइपुगेँ कमरेड’ कविता पढेर म मर्मस्पर्शी बनेको थिएँ । यतिबेला उनीद्धारा लिखित कविता संग्रह ‘म काठमाडौं आइपुगेँ’ प्रकाशनको तयारीमा छ । उनको यो कवितात्मक भावलाई राष्ट्रिय राजनीतिको गहिराइसँग बुझ्नु न्यायोचित हुनेछ । प्रकाशोन्मुख पुस्तकबाट मैले उनको एउटा कविता यहाँ प्रस्तुत गरेको छु ।

पारस यसकारण बाँच्नुपर्छ

विष्णु शर्मा
२३ फेव्रुअरी, २०१३

पारस शाहको स्वास्थ्य अवस्थालाई लिएर जसरी सामाजिक संजालका भित्ताहरू भरिए –यसले इन्टरनेट उपयोगिताको हाम्रो बेथितीलाई पुष्टि गर्छ । पुनः एकपटक ‘सामाजिक संजाल माध्यम मात्र हो, समाचार होइन’ भन्ने पछिल्लो बहसमा बल थपिदिएको छ । कुनैपनि व्यक्तिको स्वास्थ्यलाई लिएर यसरी व्यंग्य गर्नु र उनलाई अपमानको पराकाष्टामा पुर्‍याउनु गलत हो । प्रचण्डपुत्र प्रकाशले जिउँदै रहेको व्यक्तिलाई श्रद्धाञ्जली दिएर गलत प्रवृत्तिलाई मलजल गरेका छन् । भलै, पारस शाह सामन्तवादको केन्द्रविन्दु दरबारका एक पात्र होलान् तर भिन्न राजनीतिक परिवेशको यो छेकोमा उनलाई आम नागरिककै रुपमा लिइनुपर्छ । मेरै कतिपय मित्रहरूले पारसको मृत्युको हल्लामा स्टाटस लेखे र ट्वीटिए । तर, ती सबै खबरको विश्वसनिय स्रोत थिएन । हाँसो लाग्दो कुरो –स्रोतका रुपमा प्रकाश दाहालको नाम उल्लेख थियो ।

ब्रेकिङ न्यूज होइन, ब्रोकरिङ न्यूज

विष्णु शर्मा
२३ फेव्रुअरी, २०१३

के बिना कुनै इन्ट्रेस्ट समाचार बन्ने गर्छ ? पैसा, सत्ता, शक्ति र कर्पोरेटले कसरी समाचार कक्षलाई प्रभावित पार्छन् ? दक्षिण एसियामा सम्पादकीय स्वतन्त्रता कस्तो छ ? प्रकाशकको नियन्त्रणमा कसरी सम्पादक र पत्रकारले समाचार प्रवाह गर्छन् ? यी सबै प्रश्नको समग्र उत्तर मैले शनिबार हेरेको चर्चित भारतीय डकुमेन्ट्री ‘ब्रोकरिङ न्यूज : मिडिया, मनी र मिडलम्यान’बाट पाएँ । उमेश अग्रवाल निर्देशित ५५ मिनेट यो लामो वृत्तचित्र हेर्दा यस्तो लाग्छ, भारतीय जराबाट हुर्किएको नेपाली पत्रकारिता पनि यसबाट ग्रसित छ । भलै, यसको पक्ष र विपक्षमा जनमत विभाजित भएपनि यसले भारतीय राजनीति, बलिउड, क्रिकेट, कर्पोरेटसँग मिडियाको सम्बन्धलाई नाङ्गेझार पारेको छ । त्यसैले होला वृत्तचित्र हेरिसकेपछि लेखक हरि रोका यसलाई नेपाली पत्रकारितासँग गाँस्दै थिए ।

Friday, February 22, 2013

मानवअधिकार सेना कि फिल्मलाई ?

विष्णु शर्मा
२२ फेव्रुअरी, २०१३

म राजनीतिक प्राणी पनि हुँ तर मेरो यो साता फिल्मी काममै बित्यो । विहिबारदेखि सुरु भएको ‘हुमन राइट्स फिल्म फेस्टिभल’ र शुक्रबार रिलिज भएको ‘छड्के’को मूल्यांकन र समिक्षाले सप्ताहन्त बित्यो । तर, फिल्म फेस्टिभलमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले जंगी शैलीमा दिएको अभिव्यक्तिले भने मेरो मन स्ट्राइक गरेको छ । पछिल्लो समय चर्चित फिल्म ‘बधशाला–सेना’ विवादमा पहिलोपटक उपाध्यायले यसरी सार्वजनिक बोली बोलेका थिए । उनी भन्दै थिए –‘उहाँहरू    (निर्माणपक्ष)ले पोशाक युज नगरेको भए राम्रो हुन्थ्यो, यति सानो कुरामा पनि उहाँहरुले हंगामा मच्चाउनुभयो । नयाँ परिवेशमा नयाँ पोशाकै प्रयोग गरिएको भए राम्रो हुन्थ्यो ।’

फिल्म समीक्षा : छड्के (हेरम कि नहेरम)

विष्णु शर्मा
२२ फेव्रुअरी, २०१३

रेटिङ : २
निर्देशक : निगम श्रेष्ठ
कास्ट : सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, रविन तामाङ
लू व्रेक : पहिलो हाफमा जतिबेला पनि
श्रेणी : ग्याङस्टर र सोसल ड्रामा
लगानी : १ करोड
नेपाल रिलिज : २२ फेव्रुअरी (काठमाडौं उपत्यका र मोफसल)

राम्रो के छ ? : फिल्मको विषयवस्तु छनौट गतिलो छ । प्राकृतिक सम्पदा र जीवजन्तुको विनास, अपराधको आडमा हुने राजनीतिकरण, गरिबीले मासिएको युवा सपना, अस्थिर राजनीतिजस्ता मुद्दा फिल्मको एजेन्डा हुन् । चितवनको ताजा लोकेसनले आँखालाई शीतल बनाउन सक्छ । संगीत रक स्वादमा स्वादिला र कर्णप्रिय छन् ।

Wednesday, February 20, 2013

कोरियन गायिकाको झमेलमा बबाल कन्सर्ट

विष्णु शर्मा
२० फेव्रुअरी, २०१३

कतिपय न्यूज–इस्यु बाजा बजाएर आउँदा रहेनछन् । यस्तै भयो, दक्षिण कोरियाली चर्चित पपगायिका बेइक जी योङको काठमाण्डू कन्सर्ट । ललितपुरको झम्सिखेलमा यी मंगोलियन डिभाले मंगलबार बेलुका सट्याक–सट्युक कन्सर्ट गरिन् । नेपालमै एउटा विद्यालय खोल्न योङले यस्तो कन्सर्ट गरेकी हुन् । कन्सर्टबाट संकलित रकमले विद्यालय खोल्ने तयारीमा जुटेकी छिन् उनी । कोरियाली नेट टेलिभिजनले योङको कन्सर्ट प्रसारण गरेको थियो । जहाँ उनले कोरियाली भाषामै गीत गाएकी छ्नि र सबैलाई मख्ख पारेकी छिन् ।

जोमसोमको मेरो हिउँ जिन्दगी !

चन्द्रेश्वर बस्ताकोटी
२० फेव्रुअरी, २०१३

बुढापाका भन्छन् –‘मुस्ताङमा प्लेनले लामखुट्टे ल्याएको हो ।’ यो भनाइमा कत्तिको सत्यता छ थाहा छैन, टाउको दुखाउने जिम्मा वैज्ञानिकलाई दिउँ तर केही यस्ता अचम्मलाग्दा कुरा चाहिँ हिमालपारिको यो थलोमा भैरहेका छन् । लामखुट्टे बढ्नु, लोमान्थाङमा स्याउ फल्नु, पानी पर्न थाल्नु, जोमसोममा स्याल समेत पाइनु, माटाका घर भत्किन थाल्नु –यी सबै कुराको पछाडि मैले जलवायु परिवर्तनको असर देखेको छु । केही साताअघि अपर–मुस्ताङमा जलवायु शरणार्थी समस्या देखिएको कुरामा ब्लग लेखेको थिएँ । तर, केही सातादेखिको लगातारको हिमपातले यो भोटमा पार्नु समस्या पारेको छ । आखिर हिउँ जिन्दगी नै हो ।


महावीरलाई अघि सार्न बाबुराम कस्सिए


विष्णु शर्मा
२० फेव्रुअरी, २०१

महावीर पुनलाई म बाँकी नेपाललाई सूचना प्रविधिसँग जोड्ने अभियन्ताको रुपमा लिन्छु र चिन्छु । म्यागासेसे बिजेता उनै महावीरले बनाएको उत्तर म्याग्दी यतिबेला टेक्नोलोजी पण्डितहरूको तीर्थस्थलजस्तै बनेको छ । काम गर्दै जाने र फलको आशा नगर्ने पुनको निस्वार्थ लगनशिलताबाट तन्नेरीपुस्ताले सिक्नुपर्ने धेरै छन् । म यतिबेला छक्क छु, कार्यकारी प्रमुख बाबुराम भट्टराईले इनोभेसन सेन्टर स्थापना गर्न महावीरको साथ मागेका छन् । सरकारले अघि बढाउन लागेको यो महत्वाकाङ्क्षी परियोजनालाई हाँक्न भट्टराईले महावीरलाई आग्रह गरेका छन् । महावीरले प्रधानमन्त्रीको आग्रहलाई इमेलमार्फत मिलेर अघि बढिने भनेर जवाफ दिएका छन् ।

न्यूयोर्क टाइम्सको नेपालबारेको गलत न्यूज


विष्णु शर्मा
२० फेव्रुअरी, २०१

नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको आरोप सनातनी हो । दक्षिण, उत्तर र पश्चिमी कुटनीतिको अखडा बनिरहेको नेपाल अन्तराष्ट्रिय मिडियाको पनि अखडा बनेको छ । वैदेशिक मामिलामा कुटनीति भन्दा पनि मिडियाको भूमिकालाई संवेदनशिल मानिन्छ । यतिबेला प्रधानन्यायाधीश प्रकरणको नेपाली राजनीतिलाई लिएर अन्तराष्ट्रिय चासो जत्तिको बढेको छ, त्यति नै नेपालबारेको गलत समाचार बाहिर गैरहेको छ । आफूलाई प्रतिष्ठित दाबी गर्ने विदेशी मिडियाले नेपाली न्यूजलाई विदेशमै बसेर कभरेज गर्ने जसका कारण यहाँको यथार्थ नसमेटिने खतरा बढिरहेको छ । गार्डिनर ह्यारिसले मंगलबार न्यूयोर्क टाइम्सका लागि लेखेको समाचारप्रति धेरै नेपालीको असन्तुष्टि छ ।

Tuesday, February 19, 2013

धत ! यस्तो पनि ओस्कर अवार्ड हुन्छ ?

विष्णु शर्मा
१९ फेव्रुअरी, २०१३


जब ओस्कर अवार्ड नजिकिन्छ, म प्रायः त्यसको प्रेडिक्सनमा लाग्छु । प्रेडिक्सनमा आधारित रहेर मैले कैंयन ब्लग लेखिसकेँ । तर, यसपटकको ओस्कर अवार्ड घन्टामा काउन्टडाउन सुरु भैसक्दा समेत त्यसको प्रभाव र धुकधुकी ममा बढ्न सकेको छैन । म मात्र होइन, सिङ्गो एसिया यसपटकको ओस्कर अवार्डलाई लिएर त्यति मुडी भैसकेको छैन । यस्तो लाग्छ –यसपटकको एकेडेमी अवार्ड युरोप र अमेरिकी पुरस्कारमात्र हो । हलिउडको ठूला बजार चीन र भारतमा समेत ओस्करको ज्वरो छैन । बरु, उनीहरू ज्याकी च्याङ र आङ लीको पिटर पार्करमै मजा लिइरहेका छन् ।

Monday, February 18, 2013

ओवामाकी श्रीमतीको नाम के हो ?

Obstarct Image by : Deepak's Facebook
विष्णु शर्मा
१९ फेव्रुअरी, २०१३


दीपक सापकोटा, समकालिन पुस्ताका प्रखर कवि हुन् । यी तन्नेरी कवि वर्गीय समाजका बिब्ल्याँटा पाटा, प्रेम र सौन्दर्यलाई विम्वमा उतार्न खप्पीस छन् । उनी र म बीचको सम्बन्ध केवल पाठक र लेखकबीच सीमित छैन । उनी जे लेख्छन्, मन छुने गरि लेख्छन् । ‘दृष्टि’ साप्ताहिकबाट सुरु भएको हाम्रो उठ्वस् यतिबेला गतिमान छ । कैंयन महिना हामी पुतलीसडकको एउटै कोठामा बसेका छौं । उसो त हाम्रो सम्बन्ध तरकारीको स्वाद र भान्सासँग पनि जोडिएको छ । यसर्थ हाम्रो सम्बन्धको लम्बाइभन्दा गहिराई बढ्ता छ । मेरो एउटै आग्रहमा यी काभ्रेली रैथानेले कविता जन्माए र मलाई मेल गरिदिए । उसो त मलाई वर्गीय समाजको माक्र्सेली सौन्दयसँग ज्यादा अपनत्व छ ।


पपगायकले नेताहरूलाई भने –‘प्लीज इमान बचाऊ’


Navin K Bhattarai in Sydney, Performing concert. Image : Facebook
विष्णु शर्मा
१८ फेव्रुअरी, २०१३

नवीन के. भट्टराईलाई म गायक मात्र भनेर चिन्दिँन । केही वर्षअघि पुतलीसडकको कोर्टयार्ड क्याफेमा अन्तवार्ताका लागि कफी पिउँदै गर्दा उनी देशप्रति चिन्तित भएको पाएको थिएँ । मेरै जिल्लालाई उनले ससुराली बनाएका हुन् यसकारण अर्को किसिमको भावनात्मक सम्बन्ध पनि । यतिबेला अष्ट्रेलियाबाट पनि देशलाई सम्झिएका छन् । स्कुले जीवनमा म उनका गीत सुन्दै हुर्किएको पनि हुँ । दसवर्षअघिको जेनेरेसनमाझ संगीतको आफ्नै खाले ट्रेडमार्क बनाएका नवीनले यतिबेला नेताहरूलाई आग्रह गरेका छन् –‘इमान बचाऊ’ । यो मोन्टाज म्युजिक भिडियो सेलिव्रेटीको आग्रह हो । लगभग सबै कलाकार मायाप्रेममा अल्झिएका बेला इमान, स्वाभाविमान र स्वतन्त्रताको बिन्ती गर्ने नवीनको यो गीत प्रशंसनीय लाग्यो मलाई ।

यस्तो हुनेछ नयाँ सरकार र खिलराजको शक्ति

Apex court of Nepal. Image : Myrepublica
विष्णु शर्मा
१८ फेव्रुअरी, २०१३

टेक्नोक्र्याटलाई प्रधानमन्त्री बनाउने सैद्धान्तिक सहमतिपछि मुलुक नयाँ राजनीतिक कोर्समा पसेको छ । पञ्चायतकालपछि निर्दलीय सरकार बन्दैछ । सिङ्गो नेपाल प्रधानन्यायाधीश सरकारको पक्ष र विपक्षमा विभाजित छ । प्रमुख दलका शीर्ष नेताहरूले आउँदो जेठमा चुनाव गराउने गरि खिलराज रेग्मीलाई कार्यकारी अधिकार सुम्पिँदैछन् । प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्र र दलको भूमिकाबारे बहस पनि सुरु भएको छ । सरकारको मोडल, चुनाव र प्रावधानमा सहमति जुटेपछि मात्र प्रमुख दलहरू औपचारिकरुपमा प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख घोषणा गर्दैछन् । कार्यदल सक्रिय छ र सम्भवतः सोमबार बेलुकासम्म कार्यदलले तयार पारेको निर्णयमाथि दलहरू सहमति गर्दैछन् । के–के कुरामा सहमति हुँदैछ ? कार्यदलले के काम गर्दैछ ?

Sunday, February 17, 2013

सहरलाई प्रवलको नयाँ फेसन डिजाइन


विष्णु शर्मा
१७ फेव्रुअरी, २०१३


न्यूयोर्कस्थित नेपाली फेसन डिजाइनर प्रवल गुरुङले आगामी वर्षायाम (फल)का लागि कस्ट्युम डिजाइन गरेका छन् । गतसाताको न्यूयोर्क फेसन सप्ताहमा उनले डिजाइन गरेका वार्डरोवलाई मोडलहरूले प्रस्तुत गरे । उक्त छेकोमा अन्य अमेरिकी फेसन डिजाइनरले फलका लागि आकर्षक डिजाइन पस्किएका थिए । तर, प्रवलको प्रस्तुति उक्त अवसरमा सबैको आकर्षणको विन्दु बन्यो । आशा गरौं –नेपालीले किन्न सक्ने मूल्यमा उनका डिजाइनहरू आफ्नै देश नेपालका सिभिल मल र भाटभटेनी सुपरमार्केटमा किन्न पाइयोस् । फेसनको विशेषता भनेकै सिजनअनुसार नयाँ वार्डरोव शैली पस्कनु हो । मुख्य कुरा त प्रवलको यो फेसन वीकमा मंगोलियन अनुहारका मोडलले फेसन डिजाइन लगाएर बिरालो चालमा हिँडे ।

Saturday, February 16, 2013

हेर्नुस वर्षका चर्चित र उत्कृष्ट विश्व तस्विरहरू

विष्णु शर्मा
१६ फेव्रुअरी, २०१३












Award winning photo of world press photo award. Image- Time Magazine






उखानै छ –‘एउटा फोटोले बताउने कुरा शब्दले भन्न सक्दैन ।’ फोटो पत्रकारिताको यो प्रसिद्ध उखानले तस्विरको शक्ति र प्रभावलाई दर्शाउँछ । यसकारण युवापुस्तामा फोटो जर्नलिज्मको क्रेज र गल्यामर दिनप्रतिदिन बढिरहेको छ । यसै पनि यो मौसम अवार्डको हो । संगीतको ग्रामी अवार्ड सकिएको छ भने फिल्मको सर्वोच्च अवार्ड ओस्कर आउँदो २४ तारिखमा हुँदैछ । आज (शनिबार) मात्र नेदरल्यान्डको आम्सटर्डममा विश्व प्रेस फोटो प्रतियोगिता अवार्ड गरियो । जहाँ स्वीडेनका फोटो पत्रकार पउल हेन्सन विजेता बने । तल राखिएका उत्कृष्ट तस्विरहरू मैले टाइम म्यागजिनबाट लिएको हुँ । आशा छ, मसहितका साथीहरूले यी फोटोबाट स्टोरी टेलिङ सिक्नुहुनेछ । यी फोटो सबै सन् २०१२ मा प्रेसमा प्रकाशित भैसकेका हुन् । सिरियामा खिचिएको तस्विर उत्कृष्ट भएको छ । कतिपय फोटोले तपाईंलाई हृदयविदारक तुल्याउन सक्छन् ।

अमेरिकी केटीको ‘जासुसी क्यामेरा’का यथार्थ

Ulyana Horodyskyj is in USA
विष्णु शर्मा
१५ फेव्रुअरी, २०१३


सगरमाथामा ‘जासुसी क्यामेरा’ राखिएको भन्ने हल्ला केही अघि नेपाली मिडियामा चर्चित बनेको थियो । नेपाली भूमि प्रयोग गरेर अमेरिकाले चीनको गतिविधि नियाल्न यस्तो क्यामेरा राखिएको भन्ने आरोप पनि यो कामविरुद्ध लगाइयो । ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनले यथार्थ नबुझी हावादारी ‘पावर न्यूज’ पनि बनायो । यतिबेला त्यहाँ क्यामेरा राखेकी अमेरिकी युवती उल्याना नादिया होरोडेस्की मेरो सम्पर्कमा आएकी छिन् । युनिभर्सिटी अफ कोलोराडोकी पीएचडी सोधकर्ता रहेकी नादियाले मलाई इमेल गरी हिमालय क्षेत्रको हिमनदीको बारेमा टाइमल्याप्स क्यामेराको माध्यमबाट अनुसन्धान गरिरहेको र यतिबेला क्यामेरा हटाउनुपरेको लेखेकी छिन् । आफूले गरेका अनुसन्धानका कारण र प्रोजेक्टलाई निरन्तरता दिनेबारे उनले यसरी लेखेकी छन् । उनको इमेल तल पढ्नुस :

Friday, February 15, 2013

कोरियन पप गायिकाले नेपालमा स्कुल खोल्ने

विष्णु शर्मा
१५ फेव्रुअरी, २०१३


दक्षिण कोरियाली चर्चित पप गायिका बेइक जी योङले नेपालका बालबालिकालाई सघाउन विद्यालय खोल्ने भएकी छिन् । यसका लागि उनले आउँदो आइतबार राजधानी सियोलमा सातवर्ष पछिकै पहिलो कन्सर्ट आयोजना गर्दै छिन् । कन्सर्टबाट उठेको पैसाले विद्यालय खोल्ने छिन् । उनी कन्सर्टमा व्यस्त भैरहेको बेला नेपालमा बालबालिकाका लागि योङले स्कुल खोल्ने खबर बाहिर आएको हो । यो समाचार शुक्रबार ट्वीटरमा उत्कृष्ट समाचार बनेको छ । पपगीतसम्बन्धी वेभसाइट एलेकपपले यो समाचार पहिलोपटक लेखेको हो ।

बाबुरामलाई ग्रेस मार्क दिने कि ?

PM Baburam Bhattarai, Image : Google
विष्णु शर्मा
१५ फेव्रुअरी, २०१३


नयाँ प्रधानमन्त्रीका रुपमा प्रधानन्यायाधीश बन्ने कुरो लगभग टुंगो लागिसकेको छ । बहालवाला प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामाको मुड बनाउन क्याबिनेट सदस्यलाई भनिसकेका छन् । उनको सानेपास्थित पुरानो घर सफासुग्घर पारिएको छ । यति नै बेला भट्टराईले आफ्नो कार्यकालका १२ महत्वपूर्ण उपलब्धीलाई माइक्रोब्लगिङ साइट ट्वीटरबाट सार्वजनिक गरेका छन् । सेना समायोजन र काठमाडौंको सडक विस्तारलाई उनले महत्वपूर्ण उपलब्धीको रुपमा लेखेका छन् ।

भुटानको राजधानी थिम्पु घुमघामपछि...!

A beautiful Bhutanese kids with smile. Image: google
विजया सिन्हा
१५ फेव्रुअरी, २०१३


भुटान नेपालको एउटा पूर्वी छिमेकी राष्ट्र हो । प्रसिद्ध फोब्र्स म्यागजिनका अनुसार भुटानका नागरिक विश्वकै खुशिमध्येका हुन् । त्यहाँको प्रतिव्यक्ति आम्दानी दक्षिण एसियामा सबैभन्दा उच्च छ । यतिबेला भुटानले जलस्रोतमार्फत समृद्धिको यात्रा हाँकिरहेको छ । राजनीतिक स्थिरता नै भुटानी विकासको सहायक हो । हाम्रो देश नेपालले भुटानबाट सिक्नुपर्ने धेरै छन् । हामी कहाँ राजतन्त्र विकासको अवरोध थियो तर भुटानमा राजतन्त्र साधक बनिरहेको छ । भारतीय ब्लगर तथा साथी विजया सिन्हाले हालै थिम्पुको भ्रमण गरी यी तथ्य संकलन गरेका थिए ।


Thursday, February 14, 2013

हलिउड नेक्सस नेपाल

विष्णु शर्मा
१४ फेव्रुअरी, २०१३

नेपाल र अमेरिकाबीचको दूरी १६ घण्टे हवाइ उडानमा मात्र सीमित छैन । पछिल्लो समय दुई देशबीच सांस्कृतिक अनुभव साटासाटको घनिष्ठता बाक्लिएको छ । विश्व फिल्मको केन्द्र हलिउड र पहिचानका लागि संघर्ष गरिरहेको नेपाली फिल्मले एकअर्काको नाडी छाम्न थालेका छन् । हलिउड सेलिव्रिटी नेपाल आउँछन् र नेपाली सेलिव्रिटी लस–एन्जल्स जान्छन् । हलिउड नेक्सस नेपालको यो आयामबाट काठमाण्डूले भने फाइदा लिन सकेको छैन ।

Wednesday, February 13, 2013

भ्यालेन्टाइन डेमा ५ हजार जागिरको घोषणा

विष्णु शर्मा
१४ फेव्रुअरी, २०१३


तपाईं हामी यतिबेला भ्यालेन्टाइन मुडमा छौं होला । कतिपय राजनीतिक अस्थिरता र करियरको चिन्ताले चिन्तित पनि होऔंला । तर, नेपालकै मिहेनती युवाहरूको एक समूहले भ्यालेन्टाइन डेकै मेसोमा रोजगारी दिने घोषणा गरेको छ । कतिपयलाई यो समाचार सस्तो र वाहियात लाग्न सक्छ, तर यो यथार्थ हो । सरकारले समेत यसमा सघाएको छ । समाचार पढौं । 

एपी र एएफपीले यो फोटो कसरी खिचे ?

विष्णु शर्मा
१३ फेव्रुअरी, २०१३

A Tibetan monk doused himself in petrol in a Kathmandu restauran. Photo- AP
चिनियाँ राजदूत याङ होउलान मुस्ताङबाट फर्किएको भोलिपल्टै ३१ वर्षका थेन्डुप गोप्चेले बौद्ध स्तुपामा आफैलाई जलाउने प्रयास गरे । यो ब्लग लेखिरहँदा उनी चिन्ताजनक अवस्थामा छन् । सन् २००९ देखि सुरु भएको तिब्बती भिक्षुहरूको आत्मदहनको एकसय संख्या पुरा हुन लागेको बेला यो घटना भएको बताइएको छ । आगामी मार्च १० मा चीनले तिब्बती धपाएको अर्को वर्षगाँठ पुग्दै गरेको बेला यो घटना भएको छ । स्रोतका अनुसार चीनले यो आत्मदहन प्रयासको घटनालाई गम्भिररुपमा लिइएको छ । यतिसम्म खबर आएको छ कि भर्खरै म्यानमारमा पोस्टिङ गरिएका राजदुत होउलानको काठमाडौं कार्यकाललाई निरन्तरता दिन सकिन्छ ।

बाबुराम ट्वीटर नछोड !

विष्णु शर्मा
१३ फेव्रुअरी, २०१३

उपभोक्ताहरूले ट्वीटर र फेसबुकबाट मूल्यवृद्धिको विरोध गरिरहँदा प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै ‘तत्कालका लागि दोहोरो मूल्यवृद्धि फिर्ता लिइएको’ बताए । आफूले मूल्यवृद्धि घोषणा गरेको २४ घन्टा बित्न नपाउँदै भट्टराईले जोकपूर्ण फिर्ता लिए । विपक्षी दल सम्वद्ध ११ विद्यार्थी संगठनले राजधानीका ठाउँठाउँमा विरोध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त हुनपुग्यो । जसै भट्टराईले ट्वीट गरे आगोसरी खबर फैलियो र जुलुस तितरबितर भैगयो ।

Tuesday, February 12, 2013

खिलराज बन्दैछन् चिफ एक्जुकेटिभ, प्रधानमन्त्री होइन

Chief Justice of Nepal : Khilraj Regmi
विष्णु शर्मा
१२ फेव्रुअरी, २०१३

बहालवाला मुख्य न्यायाधीशलाई प्रधानमन्त्री बनाउने भन्ने कुराको नजिक दलहरू पुगेका छन् । तर, उनी प्रधानमन्त्री हुने कि चिफ एक्जुकेटिभ भन्नेबारे सहमति जुटेको छैन । प्रधानमन्त्रीमा प्रधानन्यायाधीशको सैद्धान्तिक सहमति भएपनि त्यसअघि उनलाई राजिनामा गराउने कि नगराउने भन्नेमा विवाद छ । माओवादी राजिनामा नगराइकनै अघि जाने र विपक्षीहरू राजिनामा गराएर अघि बढ्ने मुडमा छन् । विपक्षीहरू न्यायालय र कार्यकारी शक्ति एउटै व्यक्तिमा निहित गर्दा शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने डरमा छन् । माओवादी व्यक्तिभन्दा पनि संस्थालाई कार्यकारी अधिकार दिन लागिएको तर्कमा छ ।

Monday, February 11, 2013

बजार चेतना बेच्दैन, आइफोन बेच्छ

विष्णु शर्मा
१२ फेव्रुअरी, २०१३
Apple product Iphone 5 : Image-Google

सूचना प्रविधिको कुम्भ मेला मेरो ह्याङआउट अवसर रह्यो यसपटक । क्यान इन्फोटेकमा म वर्षेनी सहभागि रहेर नेपाली समाज र सूचना प्रविधिलाई नियाल्ने गर्छु । त्यो साइवर–टेक्नो पुस्ताको भीडमा म हराएँ । ल्यापटप र मोबाइलका आधुनिक भर्सन, थ्रीडी टेलिभिजन, ऊर्जाका वैकल्पिक उपकरणले थिचेको उक्त भव्य मेलाको सफलता वा असफलताको परख हुँदै गर्ला तर, प्रविधि उपभोक्ताको बढोत्तरीले नेपाली समाजको आधुनिकतालाई हर्लक्कै बढाइदिएको छ । आधुनिकताका दुईटा पिलरमध्ये सूचना प्रविधिको पहुँच वास्तवमै बढेको छ । हातहातमा मोबाइल र इन्टरनेटले दिलाएको संचार वास्तवमै अभूतपूर्व छ ।

भ्यालेन्टाइन डे : आधुनिकता कि सांस्कृतिक पछौटेपन

सुरेश ढकाल
१२ फेव्रुअरी, २०१३

म साक्षी छु अर्थात भ्यालेन्टाइन अर्थात नेपाली सन्दर्भमा एउटा नूतन परम्परा कथाको । आउँदो बृहस्पतिबार, तदनरुप फागुन २, २०६९ । नेपाली क्यालेन्डरअनुसार यो कुनै खास पर्व वा पवित्र दिन होइन । तैपनि, विशेषतः सहरी किशोर/किशोरी, युवा युवती त्यस दिनको व्यग्र प्रतिक्षामा छन् ।  त्यो दिन अंग्रेजी क्यालेन्डरअनुसार फेव्रुअरी महिनाको १४ तारिख हो । अर्थात भ्यालेन्टाइन डे, नेपाली नामाकरण चाहिँ प्रेम दिवस रे ! तसर्थ म युवापुस्ताको व्यग्रताको अनुमान गर्न सक्छु । खासमा भन्नुपर्दा केही फ्ल्यासब्याकको झड्काले म स्वयं तरंगित हुन्छु र स्मृतिदशंले थोरै घाइते हुन्छु पनि ।

यसकारण ‘बेबेल’ले जित्यो ग्रामी अवार्ड

विष्णु शर्मा
११ फेव्रुअरी, २०१३


Pop divas in Grammy red carpet : AP
अन्ततः मम्फर्ड एन्ड सन्स ब्यान्डले यसपटकको ग्रामी अवार्ड जितेको छ । विश्व संगीतको सर्वोच्च अवार्ड आज (सोमबार) विहान लस–एन्जल्समा बाँडिएको थियो । दोस्रो एल्बम ‘बेबेल’बाट उक्त ब्यान्डले सबैलाई चकित पार्दै अवार्ड पोल्टामा पारेको हो । गायिका एडेलको हातबाट अवार्ड लिँदै लिड गायक मार्कस मम्फोडले जितले आफू छक्क परेको बताए । ‘हामी जित्न गइरहेका थिएनौं र परिणाम हाम्रो पक्षमा आयो’ हौसिँदै उनले भने ।

Sunday, February 10, 2013

हेलो सरकार ! ललितपुरतिर पनि आउने कि ?


विष्णु शर्मा
१० फेव्रुअरी, २०१३

ललितपुर भन्ने ठाउँ नेपाल हो । म त्यहीं ठाउँमा बस्छु । तर, ललितपुर यस्तो पनि ठाउँ हो –जहाँका नीजि स्कुल पढ्ने विद्यार्थीलाई नेपालभन्दा पश्चिमा क्रिस्चियानिटीको चासो हुन्छ र भारतीय राष्ट्रिय चिन्हहरूको ज्ञान हुन्छ । यहाँका ७० प्रतिशत नीजि स्कुलको नाम बाइबलबाट राखिएका छन्, इसाइ बिदामा छुट्टी दिइन्छ र नेपालमा बस्नेबाहेक उनीहरूलाई नेपाल कुन चरीको नाम हो पत्तो हुँदैन । आज (आइतबार) ललितपुरका सबै शिक्षण संस्था बन्द छन् । वैद्य माओवादी निकट शिक्षक र विद्यार्थी संगठनले विदेशी पाठ्यक्रमविरुद्ध बन्द आह्वान गरेका हुन् ।

सिपोरा गुरुङ भर्सेस पदमबहादुर गुरुङ


विष्णु शर्मा
१० फेव्रुअरी, २०१३

शनिबार नखिपोट मैदानमा गेसो अध्यक्ष पदमबहादुर गुरुङले बेलायतविरुद्ध आन्दोलनको धम्की दिइरहँदा यता दरबारमार्गमा भएको मिस नेपाल छनौटमा पोखरेली भलिबल सुन्दरी सिपोरा गुरुङ प्रतियोगी छानिइन् । यी दुई घटना एकसय असी डिग्री विपरित कोणका थिए जसले समाजशाष्त्रमा गम्भिर सांकेतिक अर्थ बोकेका छन् । यी दुई घटनालाई यसरी पनि बुझ्न सकिन्छ –नेपालमा आदिवासी जनजातिको दुई वर्गको उदय भैरहेको छ । एउटा –१८ वर्ष उमेर पुगेका आफ्ना छोराछोरीलाई नेपालबाट अलग्गाएर बेलायती नागरिक बनाउन चाहन्छ र अर्को –नेपालमै आफ्नो पहिचान खोजिरहेको छ । पदम र सिपोरा दुई अलग प्रतिनिधि पात्र मात्र हुन् ।

Saturday, February 9, 2013

प्रवल गुरुङलाई दश प्रश्न (टाइम म्यागजिन)

विष्णु शर्मा
९ फेव्रुअरी, २०१३


न्यूयोर्क फेसन सप्ताहमा तपाईं प्रतीक्षित बन्नुभएको थियो । तपाईंप्रति सिंगो विश्वकै आकर्षण किन ?
यो विलियन डलरको उद्योग हो जसको प्रभाव देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पर्छ । मैले ९८ प्रतिशत डिजाइन न्यूयोर्कमै रहेर गरेँ र यहीं मैले रोजगारको सिर्जना गरेको छु । फेसन ग्ल्यामर मात्र होइन, यसको गहिराइलाई मैले राम्रोसँग बुझेको छु ।

सुगमलाई सुधारगृह पठाऊ !

विष्णु शर्मा
९ फेव्रुअरी, २०१३


स्कुल जीवनदेखि नै प्रिय गायक थिए सुगम पोखरेल । गायकीबाहेक गतिलै चिनजानले पनि प्रिय थिए उनी मेरा । इतिहास अक्सर दोहोरिन्न तर दोहोरियो भने निर्मम ढंगले दोहोरिन्छ । यो मान्यता यतिबेला यी पप गायकको जीवनमा दोहोरिएको छ । लागुऔषधसहित सुगम दोस्रोपटक प्रहरीद्धारा पक्राउ परेका छन् । पहिलोपटक पक्राउ पर्दा उनी सांगीतिक करियरको उत्कर्षमा थिए र निकै रोइ–कराईपछि प्रहरीले उनलाई गल्ती सच्याउने सर्तमा छाडेको थियो । उनै सुगम हुन् जो लागुऔषध मामिलामा पुनः पक्राउ परेका छन् र असंख्य फ्यानहरूको चित्त दुःखाएका छन् ।

Friday, February 8, 2013

जाम हिँड एभरेस्ट बेस क्याम्प

जेनी लिङ/लोन्ली प्लानेट
८ फेव्रुअरी, २०१३

सन् १९२० बाट सर्वोच्च शिखर सगरमाथामा मानव चहलपहल सुरु भएको हो । तेन्जिङ नोर्गे शेर्पा, एड्मन्ड हिलारी, जर्ज म्यालोरी लगायतले चुचुरोमा पाइला टेकेका थिए । आरोहणका दौरान हजारौंले उनीहरूको आरोहणकलालाई पछ्याए, थुप्रैले हिउँसँग जीवन साटे । तर, हिजोआज जीवनको खोजी गर्दै हिँड्ने र सगरमाथा चढ्नेका लागि त्यसको आधार शिविर जीवनमा पुग्नैपर्ने सपनाको थलो बनेको छ । २०१२ मा ३५ हजारदेखि ३७ हजारसम्मले सगरमाथा क्षेत्र घुमे ।

विपक्षीको आन्दोलनभन्दा ‘रेस २’ बलियो

विष्णु शर्मा
८ फेव्रुअरी, २०१३

‘ठूला विपक्षी दलको खुलामञ्चमा जारी ‘शक्ति प्रदर्शनमा देखिएजति मान्छे त QFX का हरेक सोबाट बाहिर निस्किन्छन् । खुलामञ्च जाऊँ, विपक्षीको बिजोग प्रदर्शन हेरौं ।' –लेनिन बञ्जाडे (फेसबुकमा)

यो स्टाटसले मलाई केही घोत्लिन बाध्य पारिदियो । विपक्षी दलले टुँडिखेलमा एकलाख मानिस उतार्ने खबर पढेको थिएँ । उनीहरू सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनलाई राजधानी केन्द्रित गर्ने भनिरहेका थिए । तर, एकलाख त के आठ दल र रत्नपार्कमा बदाम खान पुगेकाको संख्या जोड्दा पनि दसहजार पुगेन कि ? यस्तो लाग्यो, उक्त स्टाटसले भनेजस्तै विपक्षीको शक्ति प्रदर्शनभन्दा क्यूएफएक्सका हरेक सो खचाखच हुन्छन् र उनीहरू कसैलाई प्रधानमन्त्री बनाउने मुद्दामा भन्दा जोन अब्राहम र दीपिका पादुकोणको ‘रेस २’ हेर्नुमा मजा लिन्छन् ।

Thursday, February 7, 2013

प्रचण्ड प्रस्तावका अनुत्तरित प्रश्न

विष्णु शर्मा
७ जनवरी, २०१३


एनेकपा माओवादीले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई स्वतन्त्र प्रधानमन्त्रीको रुपमा अघि सारेपछि राजनीति पुनः तरंगित भएको छ । हेटौंडामा जारी महाधिवेशनको बन्दसत्रमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो फर्मुला अघि सारेका हुन् । महाधिवेशन उद्घाटनमा उनले विपक्षीले यो सूत्र नमाने जनताले कार्वाही गर्ने बताएका थिए । कांग्रेस र एमालेका शीर्ष नेतासँग भएको टेलिफोन वार्तामा प्रचण्डले यसबारे कुरा भएको र सहमति हुने संकेत दिएको उनले बताए । टेक्नोक्र्याटहरुलाई अघि सारेर देश चलाउने गरेको विदेशी अनुभव पनि छ । दलिय प्रतिस्पर्धाको राजनीतिक प्रणालीमा टेक्नोक्र्याट नेतृत्वले कसरी देश हाँक्नेछ, भविष्यले बताउनेछ ।

Wednesday, February 6, 2013

हिरोको कविता (राजवल्लभ कोइराला)

राजवल्लभ कोइराला
५ फेव्रुअरी, २०१३

दौड
छालहरुको
थाहा छैन
गन्तब्य कुन
छालहरु
दौडिदै छन्
चिप्लिदै छन्
थेचारिदै र पच्छारिदै
कहिले काहि दौडीनछन्
लाग्छ,
फुत्कन खोज्दै छन्
उनीहरु अस्तिवको खोजिमा
सायद

पानी खिच्न अमेरिकाबाट

विष्णु शर्मा
५ फेव्रुअरी, २०१३


'नमस्ते ! तपाईँ आराम हुनुहुन्छ ?' हालैको एक गोधुली साँझ ठमेलको मण्डप क्याफेमा भेटिएका अमेरिकी तन्नेरीहरु ट्रेभर वालेस र डेना एड्वार्डस ब्रोकन नेपाली बोल्दै थिए । नेपाल बस्न थालेको नौ सातामै यी गोरा तन्नेरीहरु फाट्टफुट्ट नेपाली बोलेर नेपाली माया दर्शाउँदै थिए । यो अन्तरालको नेपाल बसाईमा यी गोराहरुले सुदूरपश्चिमको दार्चुलादेखि सर्वोच्च शिखर मुन्तिरको कालापत्थर नापे । सोलुखुम्बुको जीवनशैली छामे, स्थानीयको हार्दिकता बटुले र कहिल्यै नमेटिने नेपालीपनको अनुभव बटुले । वास्तवमा उनीहरु नेपाली कथाको फिल्म खिच्न हिमालयको देशमा आइपुगेका थिए । विदेशी दातृ संस्थाहरु र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले लगानी गरेका नेपाली जलविद्युत र माइक्रोहाइड्रोले अमेरिका छँदै यी तन्नेरीको मन खिचेको थियो । त्यसको वर्षौंपछि उनीहरु डकुमेन्ट्री खिचेर विश्वबजारका फिल्म फेस्टिभलमा चर्चा दिलाउन नेपाल आइपुगे ।

काठमाण्डू उल्टोबाट चौंथो सस्तो सहर

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३

हाम्रो राजधानी काठमाडौं उल्टोबाट चौंथो सस्तो सहर बनेको छ । इकानोमिस्ट इन्टिलेजेन्स युनिटले सार्वजनिक गरेको वल्र्डवाइट कस्ट अफ लिभिङ सर्भेमा दक्षिण एसियाली चार सहर सबैभन्दा सस्तो पाइएको हो । नम्बर एकमा जापानको राजधानी टोकियो छ । जापानी मुद्रा येनको लगातार खस्कँदो मूल्यका बाबजुद पनि टोकिया महंगो सहर बनिरहेको सीएनएनले लेखेको छ । जापानकै ओसाका सहर दोस्रो महंगो बनेको छ ।

Tuesday, February 5, 2013

फिल्म समिक्षा : काठमाण्डू –मिरर इन द स्काई

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


‘काठमाण्डू : मिरर इन द स्काइ’सँग मेरो भावनात्मक सम्बन्ध छ । यो फिल्म जसमाथि बनेको हो, ती स्पेनिस महिलासँग गतिलै चीनजान छ । प्रहरीद्धारा निर्घात कुटपिट गरिएपछि नर्भिक अस्पतालको वार्डमा उपचार गराइरहेकी उनै भिक्टोरिया सुविरानासँग तीन वर्षअघि मेरो पहिलो भेट भएको थियो । अन्ततः सर्वोच्च अदालतले उनको पक्षमा फैसला ग¥यो र स्पेनले फिल्म बनायो ।  म जतिबेला ‘यो साता’ साप्ताहिकमा काम गर्थेँ । अहिलेपनि उनी भिक्टोरिया आफ्ना पति, नेपाली कानुन र यहाँको सिस्टमसँग लडिरहेकी छिन् । ग्राजुएट गरेका उनका छोराछोरी अहिलेपनि नागरिकताविहिन छन् । स्पष्ट भन्नुपर्दा, जति नजिकबाट मैले भिक्टोरियालाई चिनेको थिएँ, उति नै भिक्टोरियामाथ बनेको यो फिल्मले ममा कुनै प्रभाव पार्न सकेन । किनभने स्टोरी टेलिङ भनेको पृथक कुरा हो ।

विश्वचर्चित जादुगर निकोलस नेपालमा

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


तीनदिने भ्रमणका लागि नेपाल आएका विश्व चर्चित जादुगर निकोलस ट्वीडीले काठमाडौंमा पनि आफ्नो जादुगरी देखाएका छन् । अनौठा जादुमयी कला देखाउन सक्ने, अर्कैको मस्तिष्क अध्ययन गरेर थाहा पाउन सक्ने र आगोलाई कलाको रुप दिन सक्ने खुबीले विश्वचर्चित ट्वीडी मंगलबार लस–एन्जल्स फर्किएका छन् । अष्ट्रेलियामा जन्मिएर विभिन्न टेलिभिजन सोबाट रातारात चर्चित ट्वीडीलाई विश्वचर्चित मेन्टालिस्ट/म्याजिसियनका रुपमा चिनिन्छ । कसैलाई थाहा नदिइकन नेपाल आएका उनले स्वयम्भुनाथ, पशुपति र बौद्धजस्ता पर्यटकीय थलो पनि घुमघाम गरे ।

एस्टेरोइड आउँदैछ पृथ्वीको नजिक

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


आउँदो फेव्रुअरी १५ का दिन खगोल क्षेत्रमा महत्वपूर्ण घटना हुँदैछ । १५० फिट ब्यास र फूटबल मैदानको आधा क्षेत्रफल ओगट्ने एस्टेरोइड पृथ्वीमा खस्दैछ । नासाका अनुसार भ्यालेन्टाइन डे लगत्तै पृथ्वीमा खस्ने उक्त एस्टेरोइडले अन्तरिक्षमा रहेका स्याटेलाइमा क्षति पुर्‍याउने छ । यो महिनाको अन्त्यमा पृथ्वीको नजिक आइपुग्ने उक्त चट्टानको डल्लोले पृथ्वीमा भने क्षति नपु¥याउने दाबी नासाले गरेको छ । पृथ्वीबाट १७ हजार २०० माइल्स नजिक आइपुगेपछि यो एस्टेरोइडले स्यालेटाइटमा ठक्कर खानेछ । जसका कारण कतिपय देशको संचार सम्पर्क समेत अवरुद्ध हुने जनाइएको छ ।

Monday, February 4, 2013

साझा बसलाई महिला ड्राइभर र खलासी चाहियो रे !

दीपा शर्मा
४ फेव्रुअरी, २०१३


तपाईं महिला हुनुहुन्छ र बस चलाउन सिक्नुभएको छ भने खुशिको खबर छ । यही महिनाबाट पुनः चल्न थालेको सरकारी साझा यातायातले महिला चालक र महिला खलासी राख्ने भएको छ । साझा चल्ने भएपछि २० वटा टाटा ब्रान्डका गाडी राजधानी आइपुगेका छन् । रत्नपार्क र पुल्चोकलाई केन्द्रविन्दु बनाएर चल्ने साझालाई महिला चालक र परिचालिका चाहिएको विज्ञापन आज (सोमबार)को कान्तिपुरले छापेको छ । यातायातका म्यानेजर महेन्द्रराज पाण्डेयले मध्य फेव्रुअरीबाट साझा यातायात चलाउन लागिएको बताए । ‘हामीले विशेषगरी महिला चालक र खलासीलाई ग्राहयता दिनेछौं’ उनले भने, ‘महिला सशक्तीकरण, रोजगारी र लैंगिक समानताको मुद्दालाई तपाईंले साझा यातायातमा पाउनुहुनेछ ।’ साझा यातायातले यात्रुको सुविधाका लागि टिकट पनि बाँड्ने भएको छ ।

चुम्बनमा प्रतिवन्ध नलगाऊ

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३

‘जितु : त्यसो भए तिमीले मेरो एउटा काम गर्नुपर्छ ।
सुमी : के–के काम (काम्दै) ? म जे पनि गर्न तयार छु । ओठ सुकेको छ । गला सुकेको छ । जितुले आफ्नो सर्ट र चेन खोल्छ । सुमीले एकछिन सोच्छे र फेरी दुई हातले समातेर सक् गर्न चाहन्छे । जितु मस्तीले...
'' फिल्म ‘वार’को स्क्रिप्ट संवाद हो यो । अश्लिल भन्दै चलचित्र विकास बोर्डले ‘वार'सहित ‘नाइन ओ क्लक’ र ‘डर्टी लभ’लाई निर्माण इजाजत दिन यसअघि अस्वीकार गरेको थियो । ‘थ्री लभर्ज’को चुम्बनलाई बोर्डले चार सेकेन्डमा सीमित गरेको छ । यस्ता सिनेमालाई नियमन गर्ने भन्दै स्क्रिप्ट सेन्सर थालेको बोर्डले पत्रकार जमघट गरी उक्त फिल्मको स्क्रिप्ट सार्वजनिक गरेको थियो । जहाँ श्लिलता र अश्लिलताको पक्षमा चर्को वादविवाद भयो । ‘वार’को उक्त स्क्रिप्टलाई खुलेरै कसैले पनि वाचन गर्ने आँट गरेनन् ।