Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 22, 2013

स्कुल खोल्न क्यानडादेखि काठमाण्डू


विष्णु शर्मा
२२ मार्च, २०१३


नेपाल विदेशी सेलिव्रेटीको च्यारिटी स्पट बन्ने क्रममा छ । त्यो सूचिमा ‘टाइटानिक’ स्टार लियोनार्दो डिक्याप्रियोदेखि कोरियन गायिका बेइक जी योङ अटाएका छन् । अब भने नेपालमा स्कुल खोल्न च्यारिटी घोषणा गर्ने अन्तराष्ट्रिय सेलिव्रेटीमा अर्की कोरियन–क्यानडियन गायिका जिना थपिएकी छिन् । खास नाम जिना जेन चोई भएपनि छोटकरी नाम जिनाबाट विश्वचर्चित यी सुन्दरी गायिका समाजकल्याणमा लागेकी छिन् । लोकप्रिय गायन वेभसाइट एलेकपपका अनुसार जिनाले नेपालमा चलाउन थालेको च्यारिटी प्रोजेक्टको नाम हो –‘नेपाल हेल्प स्कुल प्रोजेक्ट ।’ नेपालस्थित क्यानडियन एम्बेसीमार्फत जिनाले सहयोगी हात बढाउन लागेकी हुन् । शिक्षाबाट बञ्चित नेपाली केटाकेटीलाई पढाउन जिना कस्सिएकी हुन् ।

संजय दत्त जेलको नेपाली अर्थ

विष्णु शर्मा
२२ मार्च, २०१३


भारतीय सर्वोच्च अदालतले अभिनेता संजय दत्तलाई पाँचवर्षे जेल सजाय सुनाएपछि संसारको दोस्रो ठूलो फिल्म उद्योग बलिउड हल्लिएको छ । विश्वकै ठूलो लोकतान्त्रिक मुलुकको यो न्यायिक भर्डिक्टको सन्देश हुनेछ –कानुनको आँखामा सबै समान हुनेछन् । भारतले मुन्ना भाईविरुद्धको यो अदालती सुनुवाईलाई सामाजिक न्यायको प्रस्थानविन्दुको रुपमा लिनु औचित्यपूर्ण हुनेछ । सलमान खान, सैफ अलि खान, जोन अब्राहम, साइनी आहुजा, फरदिन खान, मधुर भंडारकर, मोनिका बेदी हुँदै संजयसम्म आइपुग्दा बलिउडमा जेलनेलको इतिहास नयाँ होइन । अन्डरवल्र्ड र आतंकवाद हुँदै गैरन्यायिक हत्याका कारण बलिउड विवादास्पद बनिरहेको छ । सेलिव्रेटीहरू सुटिङ स्पटमा जानुपर्नेमा जेलतिर सोझिनु बलिउडको पछिल्लो चरित्र बनिरहेको छ । समाजको प्रेरणादायी आइकन बन्नुपर्नेमा ठीक विपरित बन्नुले बलिउड ठीक दिशातर्फ अघि बढिरहेको संकेत गर्दैन ।

टचस्क्रिन, गाउँ र सपनाको स्तर

विष्णु शर्मा
२२ मार्च, २०१३


पछिल्लो हप्ता मैले म्याग्दी र बागलुङका गाउँ घुमेँ । गाउँमा अहिले धेरै बदलाव आइसकेछन् । लोडसेडिङ नहुने छेवैको खोलाबाट निकालिएको बिजुली, धुलौटे मोटरबाटो, मोबाइल र इन्टरनेटले पुगेको संचार, केही लाखको पुँजीमा थालिएको व्यवसायिक कृषि । विकासका यी छिटाबाहेक यतिबेला बेग्लै चहलपहल छ गाउँमा । त्यो हो –चुनाव । चुनावी कसरत सुरु भएपछि सदरमुकाममा खुम्चिएका नेता र कार्यकर्ता गाउँ पस्न थालेका छन् । फोटोसहितको मतदाता नामावली खिचाउन गाविस कार्यालयमा धुइरिएका गाउँले अनि भोटको गफले गाउँमा साँच्चिकै चुनाव सरगर्मी सुरु भएको संकेत मिल्छ । मेरो गाउँ रत्नेचौर हो जहाँ यतिबेला विकास र चुनावको बेग्लै रौनक छ । फोटोसहितको नाम दर्ता गराएर मैले आफूलाई चुनावमा समेट्न खोजेँ । यदि चुनाव भैहाल्यो भने यी गाउँमा विकास र खुशिको नयाँ रक्तसंचार हुनेछ ।

Tuesday, March 19, 2013

अन्नपूर्ण पोष्ट ३५ करोडमा/जापानी अन्डरवल्र्ड नेपाली मिडियामा

विष्णु शर्मा
२० मार्च, २०१३

पछिल्लो समय मिडियामा ब्रान्ड किन्ने र बेच्ने ट्रेन्ड सुरु भएको छ । म यहाँ मिडिया टाइकुन रामेश्वर थापाको कुरा गरिरहेको छु । ६८ करोडको सेयर कान्तिपुर पब्लिकेसन्सलाई बेचेर बाहिरिएका थापाले गतसाता झन्डै ३५ करोडमा अन्नपूर्ण पोष्ट किनेका छन् । थापा र अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि व्यवस्थापनबीच किनबेचमा सहमति भएको छ । भारतीय लगानीमा रविन सेफर्ड लामाको नाममा संचालन हुँदै आएको आप्का नेपाल पब्लिकेसन्स ब्यानरको पत्रिका अन्नपूर्ण पोष्ट आगामी बैशाख १ गतेदेखि तीनकुनेस्थित सिम्रिक एयरको मुख्यालय रहेको कर्पोरेट टावरबाट थापाको व्यवस्थापनमा प्रकाशन हुने सहमति भएको छ । कर्मचारी र पत्रकारलाई यथावत राख्ने गरी खरिद बिक्री सम्बन्धि सहमति भएको बुझिएको छ ।

Sunday, March 17, 2013

बेलायतमा पण्डित्याइँ गर्न नेपालीलाई चटारो

हरिकृष्ण गौतम
म्याग्दी, ४ चैत


विदेशी काम भन्ने वित्तिकै धेरैले रेष्टुरेन्ट, सुपर मार्केट र कम्पनी भनेर बुझ्छन् । खाडीको दुःखजिलो जीवन पनि सम्झने गरिन्छ । तर, बेलायतको नेपाली डायस्पोरामा भने एउटै अलग्गै कामले चर्चा पाइरहेको छ । एक नेपाली पण्डित्याइँ गरेर यो विदेशी भूमिमा पैसा कमाउने र संस्कृति जोगाउने काम गरेर प्रवासी नेपालीमाझ उदाहरणीय बनेका छन् । रोजगारको सिलसिलामा सन १९९९ मा बेलायत प्रवेश गरेका म्याग्दी पुलाचौर प्रकाश पौडेलको दैनिकी त्यहाँ रहेका अरू म्याग्देलीको भन्दा फरक छ । ह्याम्ससायरमा बसोबास गर्ने पौडेल पुजारीका रुपमा नेपाली समुदायमा चर्चित बनेका हुन् ।

Saturday, March 16, 2013

हलिउडको एसियाली यात्रा

विष्णु शर्मा

वर्ष २०१२ मा दुई माया चर्चामा रहे । माया क्यालेन्डर र माया नगरी । ती दुवै मायाले ब्रम्हाण्ड प्रलयको भ्रम त सिर्जना गरे तर, औचित्य पुष्टि गर्न भने सकेनन् । मायानगरीमा हलिउडका साइन्स फिक्सनले संसार अन्त्यका कथा बेचेर बक्सअफिसमा डलर छापे । यद्यपी, हलिउडलाई ‘सफ्ट पावर’ मान्ने अमेरिकी मान्यता वर्ष २०१३ मा कायम रहन्छ वा रहँदैन भन्ने बहस भने सँगै उठ्यो । यो तर्कलाई बल दियो –आफ्नो परराष्ट्र नीतिलाई एसिया केन्द्रित गर्ने राष्ट्रपति ओबामा प्रशासनको रणनीति र एसियामा सरेको विश्व शक्ति सन्तुलन ।

Thursday, March 14, 2013

सी बने चीनका नयाँ राष्ट्रपति

विष्णु शर्मा
१४ मार्च, २०१३


हामी नजिकको देख्दैनौं । बाराक ओबामाको जितमा शुभकामनाका शब्द खर्चिएका हामीले क्यान्सरसँग संघर्ष गरिरहेकी मनिषा कोइरालाको स्वास्थ्य लाभप्रति एक शब्द पनि खर्चिएनौं । सिलिकन भ्यालीले ल्याउने नयाँ इन्टरनेट परिवर्तनबारे लेखिरहँदा हामी हाम्रै महावीर पुनले दुर्गम गाउँमा इन्टरनेट लैजान गरेका संघर्षप्रति चासो दिएनौं । ठीक यस्तै तरिकाले विश्वको दोस्रो ठूलो शक्तिशाली देश तथा हाम्रै उत्तर छिमेकी मुलुक चीनमा आज नयाँ राष्ट्रपति चुनिएका छन् । तर, हामीले छिमेकी देशमा भएको यति ठूलो राजनीतिक परिवर्तनप्रति चासो देखाएनौं । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भैरहेको चीनको राष्ट्रिय जनकंग्रेस बैठकले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङलाई राष्ट्रपति चुनेको हो । नोभेम्बरमा पार्टीको १८ औं कंग्रेसबाट कम्युनिस्ट पार्टीको सर्वोच्च पद महासचिवमा चयन भएपछि उनी राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारी लिने तयारीमा थिए । कंग्रेसले पार्टी महासचिव तथा राष्ट्रपति जिनपिङलाई चीनको केन्द्रिय सैन्य आयोगको अध्यक्षमा पनि चयन गरेको छ ।

ट्वीटरमा नयाँ प्रधानमन्त्रीलाई गाली र ताली

विष्णु शर्मा
१४ मार्च, २०१३


चुनावी सरकार बनेलगत्तै इन्टरनेटको सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । खासगरि माइक्रोब्लगिङ साइट ट्वीटरमा देशदेखि विदेशका कुटनीतिज्ञ, संचारकर्मी र विश्लेषकले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारबारे रोचक धारणा ट्वीटिएका छन् । ब्लगबाट समेत प्रधानन्यायधीश नेतृत्वको चुनावी सरकारका पक्ष र विपक्षमा धारणा पोखिएका छन् । अन्तराष्ट्रिय मिडियाले समेत आजको नेपाली राजनीतिको कोल्टे फेराइलाई महत्वका साथ प्रकाशन र प्रसारण गरेका छन् । ट्वीटर टाइमलाइनमा १ सय ४० शब्दभित्र समेटिएर लेखिएका स्टोरी टेलिङ रुचिपूर्ण लाग्छन् । सामाजिक संजालमा कतिपयले रेग्मीको नयाँ सरकारको विरोध गरेका छन्, कतिपयले समर्थन र कतिपयले चुनावको शुभकामना दिएका छन् । मैले यहाँ ट्वीटरमा पोस्ट गरिएका रेग्मी सरकारबारेका ट्वीटहरू प्रस्तुत गरेको छु ।

Wednesday, March 13, 2013

खिलराजले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)

विष्णु शर्मा
१४ मार्च, २०१३


चुनाबी सरकारका प्रधानमन्त्री खिलराज रेग्मीले आज विहान शितल निवासमा राष्ट्रपति सामु सपथ लिएका छन् । विशेष इजलासमा उनलाई कार्यकारी प्रमुख बनाउन नहुने दाबीसहित दायर रिटको सनुवाई हुनु एक घण्टाअघि रेग्मीको सपथ भएको हो । उनीसँगै पूर्व मुख्य सचिव माधव घिमिरे र हरि न्यौपानेले पनि सपथ लिएका छन् । गृह तथा परराष्ट्र मन्त्री भएका घिमिरले नयाँ सरकार आजैदेखि चुनावमा केन्द्रित हुने भएका छन् । सपथ लिएपछि संवाददाताहरुसँग रेग्मीले नयाँ सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम र चुनाव गराउनु रहेको बताए । गए राती प्रमुख चार दलले रेग्मीलाई प्रधानमन्त्री बनाउने सहितका ११ बुँदामा सहमति गरेका थिए । प्रन्यालाई प्रधानमन्त्री बनाएको विरोधमा नेकपा–माओवादीसहितका साना २२ दलले शीतल निवासअघि नाराबाजी मात्र गरेनन्, विहिबार दिउँसो १२ बजेदेखि नेपाल बन्द नै आयोजना गरे । 

यस्तो रहेछ सहमतिको गोप्य ११ बुँदा

विष्णु शर्मा
१३ मार्च, २०१३


प्रमुख चार राजनीतिक दलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि ११ बुँदे सहमतिपत्र तयार पारेका छन् । आइतबार साँझसम्मको बैठक र छलफलबाट तयार पारिएको सहमतिको मस्यौदामा संविधानसभाको दोस्रो निर्वाचनमा ४ सय ९१ जना सदस्य राख्न दलहरु सहमत भएको उल्लेख गरिएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी जेठभित्र चुनाव गर्न सहमत भएका दलहरु प्रधानन्यायाधीशले गर्ने काम कायममुकायम प्रधानन्यायाधीशलाई जिम्मा दिन पनि सहमत भएका छन् । आइतबार साँझसम्मको छलफबाट तयार पारिएको मस्यौदाको पहिलो बुँदामा चुनावी सरकारको संरचना, काम, कर्तव्य र अवधिलाई समावेश गरिएको छ । थप आठवटा सहायक बुँदामा चुनावी सरकारको संरचना, काम र अवधिलाई प्रष्ट पारिएको छ । जसमा अर्को प्रधानमन्त्री चयन भएपछि अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष अर्थात प्रधानन्यायाधीश पूर्ववत काममा फर्कने सहमति पनि दलहरुले गरेका छन् ।

तीन सवाल : राजु लामा, हमालकी गर्लफ्रेन्ड र डिप पर्पल

विष्णु शर्मा
१३ मार्च, २०१३ 


Madhu Bhattarai, Girlfriend of Hamal
नेपाल गायक संवेदनशिल बन
राजु लामा मेरा प्रिय गायक हुन् । सानैदेखि म उनका गीतको पारखी हुँ । अहिले पनि उनका गीतले ममा पुराना दिनको याद दिलाउने गरेको छ । उनी सेलिव्रेटी मात्र होइनन, नेपाली समाजले पत्याउने उचाइका अग्ला मान्छे हुन् । सिंगो नेपाली समाजलाई गायनबाट एकताको सूत्रमा बाँध्ने मान्छे हुन् उनी । तर, उनको फेसबुक स्टाटसले मलाई केही सोच्न बाध्य पारिदिएको छ । उनी चिनियाँ कम्युनिष्ट शासनको विरोधमा तिब्बतीले न्यूयोर्कमा गरेको विरोध प्रदर्शनमा सहभागि भएछन् र तिब्बतीको मानवअधिकारको आन्दोलनमा सहभागि हुन र समर्थन गर्न सबै नेपालीलाई आह्वान गरेका छन् । राजु यतिबेला अमेरिकामा छन् र चीनलाई घेर्न कस्सिएको अमेरिकी माटोबाट उनले तिब्बतको पक्षमा जसरी अभिव्यक्ति दिएका छन्, व्यक्तिगत र मानवीयरुपमा यो स्वभाविक पनि हो । तर, उनले जे बोलेका छन्, त्यो नेपाली कुटनीतिविपरित छ । नेपाली नागरिक र सेलिव्रेटीका रुपमा उनले यो बोलेका कुरा निन्दनिय छ । यदि उनी नेपाली सेलिव्रेटी हुन् र मानवअधिकारको वकालत गर्छन् भने दुर्गम नेपाली ठाउँको अवस्थाको उठान गर्नुपर्छ । गायक लामाको यो अभिव्यक्तिको कडा शब्दमा विरोध गरौं ।

Tuesday, March 12, 2013

विहारमा ‘फ्री ल्यापटप’/यता इन्टरनेट क्रान्ति

विष्णु शर्मा
१२ मार्च, २०१३

यो साता सूचना प्रविधिबारेका दुई अभूतपूर्व कुरा सुन्न पाइयो । पहिलो –नेपाल टेलिकमले आगामी असारभित्र दुर्गम भीर पखेरामा समेत तीव्र गतिको इन्टरनेट पहुँच पुर्‍याउने घोषणा गर्‍यो । दोस्रो –नेपालसँग सीमा गाँसिएको भारतको उत्तर प्रदेशमा त्यहाँको सरकारले प्रवीणता प्रमाणपत्र तह पास गरेका विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण थाल्यो । पक्कै पनि पछिल्लो दशक सूचना प्रविधिमा फड्को मारेको नेपाल र विश्व शक्तिका रुपमा उदाउँदो भारतको सम्पन्न प्रदेश विहारमा ‘फ्रि ल्यापटप’ र नेट एक्सिस कार्यक्रम थाल्नु खुशिको कुरा हो । नेपालको अनुभवमा ल्यापटप वितरण भने नौलो होइन । विहारकै शैलीमा पाँचवर्षअघि शिक्षा मन्त्रालयले हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयको  प्रावि तहमा विद्यार्थी पढाइमा आकर्षित गर्न यस्तो कार्यक्रम थालिएको थियो । जुन अहिलेपनि संचालनमा छ ।

खिलराजले तोके ज्योतिषको सल्लाहमा सपथको साइत !

विष्णु शर्मा
१२ मार्च, २०१३

प्रन्या खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन जुटेका प्रमुख दलहरूले अहिलेसम्म सहमतिका बुँदा सार्वजनिक गरेका छैनन् । तर, प्रन्या खिलराज रेग्मीलाई कार्यकारी प्रमुख बन्न हतारोजस्तो देखिएको छ । हिजोसम्म अदालतको फैसला नआइञ्जेल प्रधानमन्त्री नबन्ने अड्डी लिएका रेग्मीले नीजि ज्योतिषको परामर्शमा विहिबार विहान आठबजे सपथको शुभसाइत तोकिसकेका छन् । दलहरूले प्रस्ताव गरेको उच्चस्तरिय राजनीतिक संयन्त्रसहितका कतिपय बुँदामा असहमति जनाएका रेग्मीले दलहरूको ग्रीन सिग्नलअनुसार सपथको तयारी गरेका हुन् । दलहरू भने अदालतको फैसला अगावै राष्ट्रपतिबाट बाधा अड्काऊ फुकाएर बुधबार रेग्मीलाई अन्तरिम चुनाबी मन्त्रीपरिषदको अध्यक्षको सपथ गराउने तयारीमा छन् । अदालतमा रेग्मीलाई प्रधानमन्त्री नबनाउन परेको दुई मुद्दाको सुनुवाई भने चैत १ देखि सुरु हुँदैछ ।

Monday, March 11, 2013

घोडा स्याहार्दै मुस्ताङी राजा !

विष्णु शर्मा
११ मार्च, २०१३


केही दिन ब्लग लेख्न नपाएकोमा दुःखित छु । सन्दर्भअनुसार मुस्ताङी राजासँग मेरो आधादर्जन पटक भेटघाट भएको छ । राजतन्त्र समाप्ती भएपछि पनि मुस्ताङी राजा राजाकै हैसियतमा छन् । मुस्ताङीले उनलाई राजा मान्छन् । यो त्यहाँको परम्परा हो । यतिबेला मुस्ताङमा नेपाल सरकारको सत्ता होइन, मुस्ताङी राजाको सत्ता बलियो छ । राजा जिग्मे प्रवल विष्ट यतिबेला लोमान्थाङ दरबारमा घोडा स्याहार्दै बसेका छन् । गर्मी चढ्न थालेपछि यी बूढा लोमान्थाङ उक्लिएका हुन् । उनको पछिल्लो जीवन र राजारजौटा खारेजी पछि उनको दृष्टिकोणलाई मैले ब्लगमा उतारेको छु ।

Saturday, March 9, 2013

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतीय कोर्स ?

विष्णु शर्मा
९ मार्च, २०१३


प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ चुनावी सरकार नबन्ने दिशातर्फ मुलुक अघि बढिरहँदा नयाँ राजनीतिक कोर्स सुरु भएको संकेत देखिएका छन् । करिब सहमति भैसकेका मुद्दा फेरि बल्झिएका छन् र सहमतिको प्रक्रिया भाँडिने खतरा देखिएको छ । नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोगमा दलहरू करिब सहमति नजिक पुगेका थिए तर सहमति बल्झिएको छ । प्रन्याको नेतृत्वमा सरकार गठन गर्नु अगावै यी मुद्दामा सत्तारुढ दल माओवादी र मधेशी दलले अडान राखेपछि सहमतिय सरकारको प्रक्रिया लम्बिएको हो । मेरो प्रक्षेपणमा बाबुराम भट्टराई नेतृत्वको सरकार सन् २०१४ अप्रिलसम्म अझै टिक्न सक्छ । किनभने रेग्मीको नेतृत्वमा यदि सरकार बनेन भने पुनः बाबुरामको विकल्पमा रस्साकस्सी हुने पक्का छ । यसले लामो समय यसले लिनेछ र प्रचण्डको नेतृत्वमा अर्को चुनावी सरकार बन्न सक्छ ।

शिवरात्री एस, गाँजा नो !

विष्णु शर्मा

आजको मेरो पशुपति यात्रा रोचक रह्यो । केही नागा साधु र बाबासँग गफगाफ गर्ने मेसो मिल्यो । बाबाहरूको चहलपहल, पर्यटकको क्लिक–क्लिक र गाँजा तान्ने तन्नेरीको जमात, बाँदरहरूको उफ्राइ मलाई प्रिय लाग्ने विशेषता हुन् । बढ्दो गर्मीमा बागमती सफा भएपछि लिइने लामो श्वासको स्वच्छता अर्को मजा हो । शिवरात्रीको भीडभाड मलाई मनपर्दैन र त एकदिन अघि पुगेको हुँ । यसपटक इन्डोनेसिया, मलेसिया र बर्माबाट समेत हिन्दू पर्यटक आइपुगेको देखेँ । भारतीयको त गणना हुनसक्दैन । तर, मलाई नाङ्गा बाबाहरूको रमितले मन तान्यो । यतिबेला पशुपतिको पुल तरेर श्लेष्मान्तक बनको उकालो चढ्दा गाँजा गन्हाएको छ । यस्तो लाग्छ –तपाईँ गाँजाको गन्धले ढल्नु भयो भने आफै जिम्मेवार हुनुहोला ।

सिपोराले यसकारण मिस नेपाल जित्नुपर्छ

विष्णु शर्मा
९ मार्च, २०१३


सिपोरा गुरुङलाई म प्रत्यक्ष चिन्दिँन । पोखरेली भएको नाताले शुभचिन्तक मात्र हुँ । आउँदो चैत २ गते हुने मिस नेपाल प्रतियोगितामा उनले जित्नुपर्छ भन्ने कुराको दृढ पक्षपाति भने हुँ । उनले यो सौन्दर्य प्रतियोगिता जित्नुपर्छ भनिरहँदा उनिप्रति ममा कुनै खास आकर्षण पनि छैन । किनभने म ब्रेन एन्ड ब्युटी दुवैमा विश्वास गर्छु । सिपोराले मिस नेपाल जित्नुपर्छ भन्नु पछाडि मसँग केही सैद्धान्तिक आधारहरू छन् । यदि उनले जितिन् भने त्यो जितको क्रेडिट उनको व्यक्तिगत मात्र हुनेछन्, संघियताको बहस चलिरहँदा त्यसको सांकेतिक अर्थ पनि हुनेछ र त्यो जित सिंगो देशको हुनेछ । भलिबल खेलाडी भएकैले निश्चय नै उनी लोकप्रिय छँदै छिन् तर, लोकप्रियताको मापदण्ड सुन्दरी प्रतियोगिताको विजय होइन । विश्व सुन्दरी पेजेन्टमा कहिल्यै नाम नसुनिएका सुन्दरीले पनि ताज पहिरेका छन् । सिपोराले अवश्य पनि यो ब्लग पढ्नेछिन् । सिपोराले मिस नेपाल जित्नुपर्छ भन्ने बलिया कारण यसप्रकार छन् ।

Friday, March 8, 2013

फेसन : न्यूयोर्कदेखि जुम्लासम्म

हरिदेवी रोकाया/जुम्ला
८ फेव्रुअरी, २०१३

तीनचार बर्ष पहिले सिंजाकी १६ बर्षिया शारदा पछाइले कसिलो चुज पाइन्ट, छोटो कपडा र अग्लो स्यान्डिल लगाउने थिइनन् । ‘पहिले यस्तो खालको कपडा नै पाइँदैन थियो, यो कम्पीउटरको युग हो । अहिले हरेक कुरा नया“ छन् । यसो गर्न हामीलाई पनि मनपर्छ । मैले कसैको देखासिखी गरेकी होइन यो त समय अनुसार आफै गरेकी हुँ । यस्तो मैले मात्र होइन सबै साथीहरूले गरिरहेका छन्’ जुम्ला सदरमुकाममा बस्दै आइरहेकी कक्षा नौ मा पढ्ने उनले अघि भनिन् “हामी पनि जान्य बुज्ने भैसकेका छौं, कसैले सिकाउनुपर्देन । समय अनुसार चल्न हामीलाई नि आउन्छ अनि आजभोलिको समय पनि त यस्तै छ ।’

सामाजिक स्वतन्त्रतामा ब्लगकारिता

विजय तिमल्सिना
८ फेव्रअरी २०१३

विश्वमा लोकपि्रय बनेको एक दशक पनि भएको छैन, नेपालमा ब्लगिङ संस्कृति समाजलाई चेक एन्ड ब्यालेन्स गर्ने महत्त्वपूर्ण औजारमा परिणत भएको छ । ब्लग चलाउन जान्नेहरू कहिले पनि आवाजविहीन बनेर बस्नुपर्दैन । ब्लगमा जल्दोबल्दो विषयमा तुरुन्त टिप्पणी लेखिहाल्ने विष्णु शर्मा भन्छन्, 'ब्लगमा जति लेख्न सक्छु अन्त कतै लेख्न सक्दिनँ ।' उनको विचारमा ब्लगजति स्वतन्त्र अभिव्यक्तिको माध्यम अरू कुनै छैन । 'सञ्चारमाध्यममा आफ्नै सिद्धान्त र शैली हुन्छ, ब्लगको शैली आ-आफ्नै । विचार आ-आफ्नै हुन्छ,' उनी भन्छन्, 'अन्य कतै आबद्ध भएर ब्लगमा जति स्वतन्त्र लेखिँदैन ।' सामाजिक सञ्जालका जानकार उज्ज्वल आचार्यको भनाइमा पनि ब्लग र सामाजिक सञ्जाल अहिले सञ्चारमाध्यमलाई नै चेक एन्ड ब्यालेन्स गर्ने माध्यम बनेका छन् ।

Wednesday, March 6, 2013

गजबको संयोग –‘बधशाला’ ब्यान्ड, ‘जिरो डार्क थर्टी’ रिलिज

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


हिजोआज सत्ताहरू फिल्मसँग अनुदार बनिरहेका छन् । शान्ति प्रक्रिया भाँडिने हचुवा तर्क दिएर सेनाले नेपाली राजनीतिक ड्रामा ‘बधशाला’लाई रोक लगाएको छ । जसले शुक्रबार फिल्मको पूर्वनिर्धारित रिलिज रोकिनेछ । सेना सत्ताको अन्तिम पिलर हो । त्यो पिलरको जरैमा प्रहार गरेर मिडियामा चर्चा कमाएको ‘बधशाला’ रिलिज नहुने भएपछि आउँदो शुक्रबार फिल्मको ‘कालो शुक्रबार’को रुपमा इतिहासमा लेखिनेछ । सवाल– फिल्म कसले बनायो र निर्देशन गरेको हो भन्ने होइन, सवाल– किन सरकार अभिव्यक्ति स्वतन्त्रतामा लगाम कस्न चाहन्छ भन्ने हो । फिल्म दर्ता र सेन्सरका स्वभाविक प्रक्रिया र बैधानिक बाटा हुँदाहुँदै सेनाले संचार मन्त्रालयको काँधमा बन्दुक राखेर चलाउन खोजेको छ । प्रश्न उठ्छ –यो देश सरकार कि सेनाले चलाइराखेको छ ?

१ लाख ७० हजार इन्डियनले नेपाली नागरिकता पाउँदैछन्

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


साथीहरू, नेताहरूले सहमतिमा हस्ताक्षर गरे भने १ लाख ७० हजार भारतीयले नेपाली नागरिकता पाउनेछन् । चार दलका नेताहरूले जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने मधेशी दलको आग्रह र अडानमा सहमति जनाएका छन् । आजभोलीमै यो सहमतिमा हस्ताक्षर हुनेछ । खासगरि तराई र मधेशमा नागरिकताविहिन भएकाले वालिग मताधिकार नपाउने भएपछि मधेशी दलले प्रधानन्यायाधीश कार्यकारी प्रमुख बन्नुअघि नागरिकता विवाद मिलाउनुपर्ने अडान राखेका थिए । कामको लागि नेपाल छिरेका र विहे गरी आएकाले पनि नागरिकता पाउने भएपछि ढिलो चाँडो नेपाल इजरायल र प्यालेस्टाइनको बाटोमा अघि बढ्नेछ ।

चाभेजको नक्कल गर्थे बाबुराम !

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


सानो छँदा हामी माक्र्स पढ्थ्यौं, लेनिन पढ्थ्यौं, गोर्की पढ्थ्यौं, पारिजात पढ्थ्यौं, चे ग्वेभारा पढ्थ्यौं र ह्युगो चाभेज पढ्थ्यौं । माक्र्स पढ्दा मैले जनै फुकालेँ, चे ग्वेभारा पढ्दा मैले निडर बन्न सिकेँ, पारिजात पढ्दा नेपाली समाजलाई बुझेँ, त्यो भन्दा पनि पर ह्युगो चाभेज पढ्दा मैले जोखिम लिन सिकेँ, मान्छे बन्न सिकेँ । गरिबका हिरो भेनुजुयलाका राष्ट्रपति चाभेजले राजधानी काराकासमा संसार छाडेका छन् । ५८ वर्षको उमेरमा यी करिस्माटिक नेताको निधन भएको छ । उनको निधनमा उनकै नम्बर वान दुश्मन अमेरिका र बेलायतले समेत श्रद्धाञ्जली व्यक्त गरे । भेनेजुयलासहित अर्जेन्टिना र क्युवामा साता लामो राष्ट्रिय शोकको घोषणा गरिएको छ । खुलेआम अमेरिकालाई शत्रु घोषणा गर्ने चाभेजको निधनमा वासिङ्टनले शोक व्यक्त गर्नुलाई मैले ओबामा प्रशासनको बदलिँदो कुटनीतिक रणनीतिको रुपमा लिएको छु ।

Tuesday, March 5, 2013

विदेशको पैसा, नेपालमा अर्बपति !

विष्णु शर्मा
५ मार्च, २०१३

Binod Chaudhary. Image : Ekantipur
नेपालले पहिलोपटक अर्बपति पाएको छ । न्यूयोर्कस्थित म्यागजिन फोब्र्सले ८८ अर्ब नेरु (१ अर्ब अमेरिकी डलर) का साथ विनोद चौधरी अर्बपति बनेको भन्दै धनीको सूचिमा नाम उल्लेख गरेको छ । विश्वका १४ सय २६ अर्वपतिको सूचिमा चौधरी १३ सय ४२ औं सूचिमा छन् । फोब्र्सले सँगै यस्तो पनि लेखिदियो –‘विनोद चौधरी अर्बपति बनेका छन् तर उनले उक्त सम्पत्ति सबैजसो विदेशमा कमाएका हुन् ।’ उनका दुई छोरालाई फोब्र्सले गैर–आवसिय नेपाली भनेको छ । विनोद चौधरी अर्बपति बनेको छेकोमा सबैभन्दा बढी इन्टरनेटको सामाजिक संजाल खुशि छ । धेरैले सफलताको खुशि दर्शाएका छन् । तर, पत्रकार केदार शर्माले फेसबुक स्टाटसमा यस्तो लेखे –‘यी कुरा मेरा लागि खुशि वा विस्मातका कुरा होइनन् । मलाई दुःख भने त्यतिबेला लाग्नेछ जतिबेला ‘अर्बपति भएर देशको प्रतिष्ठा बढाएकोमा’ काठमाडौंमा उनको सार्वजनिक अभिनन्दन हुनेछ ।’

Monday, March 4, 2013

नेपाल बन्यो संसारकै आठौं दुःखदायी देश

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३


आर्थिक सूचकांकहरू कहिले काहिँ दुःखदायी हुन्छन् । विश्वमा मिजेरबल्स (दुःखहरू)को अंकगणित अध्ययन गर्ने चर्चित संस्था सीआइए वल्र्ड फेसबुक डाटाले आज (सोमबार) सार्वजनिक गरेको नयाँ मिजरी इन्डेक्सले भने नेपाललाई विश्वको आठौं दुःखदायी देशको रुपमा उल्लेख गरेको छ । बेरोजगारी र मुद्रा स्फ्रितीलाई आधार मान्दै तयार गरिएको उक्त प्रतिवेदनमा नेपालले ५४.३ अंक पाएको छ । नेपालको मुद्रास्फ्रिती ८.३ प्रतिशत र बेरोजगारी दर ४६ प्रतिशत लेखिएको छ । ‘उपभोग्य वस्तुको बढ्दो मुल्यवृद्धिले यी देशका नागरिकले पीडा महसुस गरेका छन्’ संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बेरोजगारी अभावमा सिर्जित गरिबीले हिंसा र असमानता पनि बढाएको छ ।’

मन्त्री बन्नेको लाइन यस्तो छ

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३


Ex-chief secretary Madhav Prasad Ghimire
यदि प्रधानन्यायाधीश (सीजे) नेतृत्वको सरकार बन्यो भने बन्ने नयाँ मन्त्रीहरूको चर्चा सुरु भएको छ । कतिपयको नाम राजनीतिक दलभित्र पनि छलफलमा छ भने कतिपयले आफै चर्चा चलाएका छन् । आफूलाई चुनावी परिषदको सदस्य बनाउन सिफारिस गर्न भन्दै कतिपय व्यक्तिहरू निरन्तर शक्तिकेन्द्रमा धाइरहेका छन् । अन्तरिम चुनावी परिषदको सदस्य बन्ने दौडमा रहेकाहरू पार्टी कार्यालयदेखि शीतल निवाससम्म र विभिन्न दुतावाससम्म धाएका छन् । राजनीतिक नेतृत्वबीच पनि अनौपचारिक रुपमा केही नामबारे छलफल भैरहेको स्रोतको भनाइ छ । सीजेले आफ्नै स्वतन्त्रतामा मन्त्रीपरिषदका सदस्यहरू छान्न पाउने अडान राखिरहँदा दलहरूले भने भागबन्डामै गोप्यरुपमा आफू नजिकका मन्त्री छनौट गरिसकेको बुझिएको छ ।

Sunday, March 3, 2013

ओबामाको देशलाई नेपालको ६ गोल !

विष्णु शर्मा
३ मार्च, २०१३

म मात्र होइन धेरैले नर्थन मारियाना भन्ने देशको नाम भर्खरै सुनेका हुन् । कोरिया प्रायद्धीप, जापान, चीन र अष्ट्रेलियाको बीचमा पर्ने यो टापु देश अमेरिकी उपनिवेश रहेछ । लगातारको प्रयासपछि गुगल अर्थबाट यो देश पत्ता लगाएँ । गुगल अर्थबाट पनि सितिमिति नभेटिने । जुम नै गर्नुपर्ने । यो देशका राष्ट्रपति पनि बाराक ओबामा नै रहेछन् तर देश भने एसियामा पर्ने रहेछ । यो देश अमेरिकी उपनिवेश रहेछ । नेपालजस्तो कमजोर देशले ६ गोलको वर्षा नै गरेपछि गोल खाने देशबारे नेपाली पत्रकारले गुगल सर्चबाट खोजिनीति थाले । पत्रकार अरुण बरालले त अर्धउपनिवेश मुलुक नेपालले उपनिवेश देश नर्थन मारियानालाई आधादर्जन गोल हान्यो भनेर ट्वीटिए ।

कुटनीतिको मुस्ताङ कार्ड

विष्णु शर्मा
२ मार्च, २०१३

‘सशष्त्र विद्रोह गर्नुपर्छ भन्ने तिव्वती युवाको मागलाई दलाइ लामाले रोक्न सक्ने सम्भावना अत्यन्त क्षीण हुँदै गएको छ’ एक तिव्वत विज्ञले भनेका छन् –‘भौगोलिक रुपमा मात्र नभई अमेरिका, भारत र युरोपेली शक्ति राष्ट्रहरुको अखडाको रुपमा नेपाल प्रयोग हुने खतरा बढेको छ ।’ ती विज्ञले यदि त्यसो हुन गयो भने उनीहरुले नेपाललाई पुनः सम्भावित खम्पा विद्रोहको अखडा बनाउने आशंका पनि गरेका छन् । पछिल्लो समय मुस्ताङमा बढेको कुटनीतिक सक्रियता र एक तिब्बती धर्म भिक्षुले बौद्धमा गरेको आत्मदाहले उक्त विश्लेषणमा बल थपेको छ । भारतीय राजदुत जयन्तप्रसाद र चिनियाँ निर्वतमान राजदूत याङ होउलानले हालै हिमालपारि पुगेर आफ्नो लगानीमा बनेका पूर्वाधारको निरिक्षण गरेका थिए । अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि लोमान्थाङ जाने तयारी भैरहेको स्रोतले उल्लेख गरेको छ । तिब्बत अपराइजिङको वर्षगाँठ नजिकै आउन लाग्दा तिब्बतीले आन्दोलन चर्काउने सम्भावनापछि यतिबेला प्रहरीले त्यहाँ सतर्कता बढाएको छ ।

Saturday, March 2, 2013

हलिउड बनाउँदैछ एभरेष्टमाथि थ्रीडी फिल्म

विष्णु शर्मा
२ मार्च, २०१३


Phurenje Sherpa and his son, Edmund (Tashi) Sherpa, 7, at New Zealand.
सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीमाथि हलिउडले थ्रीडी फिल्म निर्माण थालेको छ । न्युजिल्यान्डको सर्वोच्च हिमाल हिमाल माउन्ट कुकमा आज (शनिबार)देखि छायांकन सुरु भएको छ । फिल्ममा किवी शेर्पा तेन्जिङ र च्याड मफिट हिलारीको भूमिकामा अभिनय गर्दैछन् । उक्त हिमाललाई सगरमाथाको स्वरुपमा मानेर छायांकन थालिएको समाचार न्यूजिल्यान्डकै चर्चित समाचार एजेन्सी फेयरफ्याक्सले प्रेषण गरेको छ ।

नेपाली सिलिकन भ्यालीको गिफ्ट

Handmade writing Nepali copy. Image : Boris Journal Australia
विष्णु शर्मा
२ मार्च, २०१३


यो तस्विर चाहिँ मैले अष्ट्रेलियाको चर्चित जर्नल बोरिसबाट लिएको हुँ । तर, फोटो चाहिँ मेरै गाउँ नजिकको नागी गाउँमा खिचिएको हो । लोक्ता प्रशोधन गरेर बनाइएको यो नेपाली कागजको कापी जति सुन्दर छ, यसले स्थानिय गाउँमा उत्तिकै सुन्दर सहयोग गरेको छ । सम्भवतः सिंगो धौलागिरिमै बढी लोक्ताका सीपमुलक सामान उत्पादन गर्नेमा नागी अग्रणी छ । हातबाटै बनाइएको यो कापीलाई अष्ट्रेलियामा निर्यात गर्न स्थानीय हिमाञ्चल उच्च मावि कस्सिएको छ । गाउँमै स्वरोजगार सिर्जना गरेको नागी नेपालको सिलिकन भ्याली अर्थात सूचना प्रविधिका पण्डितको तीर्थस्थल पनि हो । अर्को अर्थमा महावीर पुन जन्मिएको गाउँ हो यो ।

रुप बदल्दैछ विश्व फिल्म

विष्णु शर्मा
२ मार्च, २०१३


फिल्मलाई विशुद्ध कलाको रुपमा मात्र लिएको भए ‘आर्गो’ ओस्करको हकदार बन्ने थिएन । जसै, अमेरिकी प्रथम महिला मिसेल ओवामाले जितको घोषणा ह्वाइट हाउसबाट गरिन्, फिल्म समीक्षकहरू यो जितमा एजेन्डा पनि देख्न थाले । अन्ततः थोरै कला र धेरै कुटनीतिक रस्साकस्सीका बीच ड्रामा/थ्रीलर ‘आर्गो’ ओस्कर (एकेडेमी) अवार्डमा सर्वोत्कृष्ट फिल्म बन्यो । विश्व फिल्मको यो प्रतिष्ठित अवार्ड आइतबार लस–एन्जल्समा बाँडिएको छ । ‘आर्गो’ले उत्कृष्ट फिल्मसहित तीन अवार्ड जित्यो । दुर्भाग्य, यसका निर्देशक जोन एफलेकलाई खाली हात लाग्यो र ओस्कर इतिहासमा ८० वर्षपछि सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड अलग–अलग फिल्मको पोल्टामा पुग्यो । ‘लाइफ अफ पाइ’का ताइवानी निर्देशक आङ लीले ‘ब्रोकब्याक माउन्टेन’पछि दोस्रोपटक अवार्ड जिते ।

Friday, March 1, 2013

बार्सिलोनाले जोगाउला नेपाली इज्जत ?

विष्णु शर्मा
१ मार्च, २०१३

तीनसय रुपैंया तिरेर म्याच हेर्न नेपाली मिडल क्लास तयार छ । तर, के नेपाली फुटबल टीम म्याच जित्न तयार छ ? यदि छ भने शनिबारदेखि दशरथ स्टेडियममा श्रीगणेश हुने च्यालेन्ज कप फुटवलको नतिजा कुर्दा जाती होला । मैले फुटबलमाथि किन ब्लग लेख्दै छु भने, नेपालले पहिलोपटक कुनै विदेशी क्लवको नक्कल गर्दै मैदानमा उत्रँदैछ । कोच ज्याक स्टफनोस्कीले नेपाली टीमलाई विश्व चर्चित स्पेनिस क्लब बार्सिलोनाकै संरचनामा उतार्दैछन् । बार्सिलोनाको संरचना ४–३–३ हो । खेलको यो शैलीलाई छोटकरीमा टिकीटाका भनिन्छ । स्पेनले यही शैलीमा खेलेर पछिल्लो पटक विश्व च्याम्पियन बनेको थियो । बार्सिलोना शैलीले नेपाललाई एएफसी च्यालेन्ज कपमा छनौट गराउँछ कि गराउँदैन अर्को सातासम्म कुर्नुपर्ला तर, विपक्षीको रणनीतिलाई छल्न अमेरिकी कोचले अघि सारेको यो फर्मुला कत्तिको प्रभावकारी होला, कामना गरौं ।

‘डिप पर्पल’को कन्सर्टमा लुकेको नेपाल

विष्णु शर्मा
१ मार्च, २०१३

भिडियो साझेदारी साइट ‘युट्युव’का अनुसार ‘गङनम स्टाइल’लाई नेपालबाट समेत लाखौं पटक हेरिएको छ । ‘कोलाबेरी डी’ले काठमाडौंमा ज्वरो निकालेको धेरै भएको छैन । यी दुई गीतका सूत्रधार कोरियाली गायक साइ र दक्षिण भारतीय धनुषले ‘म्युजिक कल्चर’ स्थापित नभैसकेको हिमाली राज्यमा पारेको सांगीतिक प्रभावको ह्याङओभर अझै कायम छ । हामै्र तन्नेरी ‘टेक्नो पुस्ता’ नेपाली संगीतिज्ञलाई चिन्दैन तर, पश्चिमासहितका विदेशी म्युजिसियनलाई गजेटमा समेट्छ । ‘लिभ लोकल्ली एन्ड थिंक ग्लोबल्ली’ मान्यता राख्ने यो पुस्ता नजिक देख्दैन । नजिककालाई चिन्दैन ।