Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, June 21, 2013

फिल्म समिक्षा : वर्ल्ड वार जेड

एओ स्कट
न्यूयोर्क टाइम्स

फिल्म –वर्ल्ड वार जेड
निर्देशक –मार्क फोस्टर
कलाकार –ब्राड पिट, मेरिल इनोस, जेम्स बेज डेल
सर्टिफिकेट –पीजी १३


मलाई थाहा छ, तपाईँहरू के सोच्दै हुनुहुन्छ ? बाइबलमा भनिएजस्ता दैत्यहरूको अन्त्य ? तर, यदि मनसुन सिजनमा रिलिज भएका फिल्महरूमा मौलिकता छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ भने, गुनासो गराइको यो प्रक्रिया कहिल सकिएला ? (यसको उत्तर मैले तपाईँलाई श्रमिक दिवस अथवा खाजा खाने बेलामा मात्र दिन सक्छु) विभिन्न दृष्टिकोणबाट ‘म्यान अफ स्टिल’, ‘आइरन म्यान ३’ र ‘स्टार ट्रेकका रिकार्डो मोन्टालबेन’सँग तुलना गर्दा ‘वर्ल्ड वार जेइड’ धेरै ताजा लाग्छ ।

हाम्रो फिल्मका समस्या | बाबुराम भट्टराई

बाबुराम भट्टराई
८ असार, काठमाडौं

हामी राज्य पुनः सरचना गर्ने अभियानमा रहिरहँदा नेपाली चलचित्र सर्जकहरु नेपाली चलचित्रको कथात्मकतामा पुनः संरचना गर्ने अभियानमा सम्लग्न भैरहँदा हामी समानान्तर यात्रामा छौं जस्तो लागेको छ। मैले पनि अनुभूति गरेको नेपाली चलचित्रसँग सम्बन्धित तथ्य के हो भने नेपाली चलचित्रहरुले नेपालको भूगोल, जनजिवन, मनोविज्ञान र चुनौती र संघर्ष आदीलाई कमैमात्रामा प्रतिनिधित्व गरे। त्यसैको उपजको रुपमा नेपाली अधिकांश चलचित्रहरुले कमैमात्र नेपाली दर्शकहरुको साथ पाएको छ। यस पक्षमा ध्यान पुर्‍याउन सकेको खण्डमा हामीले चलचित्रमा गुणस्तरको विश्वास गर्न सक्छौ। जसलाई तपाईहरुको अहिलेको प्रयत्नले धेरै योगदान पुर्‍याउने छ भन्ने मलाई लागेको छ।

Thursday, June 20, 2013

फिल्म समिक्षा : म्यान अफ स्टिल



 रेटिङ –३/५
कास्ट –हेनरी क्याभिल, माइकल स्यानोन
निर्देशक –ज्याक स्नाइडर
निर्माता –क्रिस्टोफार नोलान
जनरा –एक्सन

कथा
मलाई यो थाहा छैन कि फिल्ममा सुपरम्यानलाई म्यान अफ स्टील किन भनियो । तर, हामीलाई यो कुरा भनिन्छ, ऊ जुन क्रिप्टन ग्रहबाट आएको छ, उसकै भाषामा उसको छातीमा लेखिएको अंगे्रेजी अक्षर ‘एस’को निशानको अर्थ ‘लक्ष्य’ भन्ने हुन्छ । यो केही अचम्म लाग्दो हुन्छ किनभने क्रिप्टनमा धाराप्रवाह अंग्रेजी बोलिएको हुन्छ र मुख्य खलनायक जनरल जड (माइकल सेनन) त निकै अमेरिकी उच्चारणका साथ अंग्रेजी बोल्छ ।

Monday, June 17, 2013

एकसय फेन्टासी सेलिव्रेटी सूचिमा नेपाली हिरोइन

विष्णु शर्मा 
(मेरोसिनेमा डटकम) ३ असार

Amrita Acharya. Photo : HBO
चर्चित सेलिव्रेटी गसिप म्यागजिन द पिपुलले तयार पारेको विश्वका १०० फेन्टासी सेलिव्रेटीको सूचिमा नेपालमा जन्मिएकी हलिउड एक्ट्रेस अमृता आचार्य (आचारिया) पनि समावेश भएकी छन् । उनी सूचिको ९४ औं स्थानमा छिन् । एचबीओ च्यानलमा प्रसारण हुने हलिउडको चर्चित एपिक (धाराबाहिक) ‘गेम अफ थ्रोन्स’ र ‘द डेभिल्डस डबल’ अभिनेत्री आचार्य एन्जेलिना जोली, केट विलिम्स, नाटाली पोर्टम्यान, ऐश्वर्या रायसँगैको सूचिमा अटाएकी हुन् । गेम अफ थ्रोन्स’को एरी पात्रको रुपमा उनी विश्वचर्चित छिन् । उक्त सूचिमा विश्वमा रुचाइएका फेन्टासी सेलिव्रेटीलाई समावेश गरिएको छ । सिनेमा र विश्व चर्चित टेलिभिजन सिरिज तथा नाटकका अभिनेत्रीहरू सूचिमा समावेश गरिएका छन् ।