Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, October 1, 2013

१७ वर्षपछि अमेरिकामा महासंकट | अमेरिका बन्दले ८० हजारले रोजगारी गुमाए




अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ । अमेरिकामा सन् १९९५ पछि यस्तो महासंकट पहिलोपटक आएको हो । आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न बाध्य भएको हो ।  राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरेपनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागे पछि यस्तो अवस्था आएको हो । बजेट पारित हुन नसकेपछि सात लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई केही समयका लागि बेतलबी बिदा दिइने भएको छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।