Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, April 6, 2013

क्रस रोडमा नेपाली फेसन


विष्णु शर्मा

फेसन गुरु जोन एन्डर्सनको प्रसिद्ध भनाइ छ –‘फेसनको बाली खान दशवर्षअघि बीउ रोप ।’ फेसन तीर्थस्थल पेरिसको लामो अध्ययनपछि यी बूढा विज्ञले हालै विश्व फेसनको भविष्यबारे यस्तो टिप्पणी गरेका थिए । अध्ययनको निष्कर्ष थियो –‘फेसन उद्योग आर्थिक रुपमा दिगो रहने हो भने सामाजिक र वातावरणीय पक्ष पनि दिगै हुनुपर्छ । यो सिद्धान्तले वर्ष २०२५ सम्म विश्व फेसनको आकार निश्चित गर्नेछ ।’ विश्व फेसनका अगुवा एन्डर्सनको यस्तो चेतावनीपछि न्यूयोर्क, लन्डन, पेरिस र मिलान अत्तालिएका छन् । ट्रिलियन डलरका यी उद्योगले आ–आफ्ना सरकारमाथि कार्वन उत्सर्जन कटौती र सामाजिक असन्तुलन रोक्न दवाव थालेका छन् । फेसनका एसियाली पावर हाउस बेइजिङ, टोकियो र सियोलमा समेत यस्तो आवाज उठेको छ । फेसनको बीउ रोपाई भर्खर थालिएको नेपालजस्ता अविकसित मुलुक ठूला देशको दबाबमा लतारिनुपर्नेछ । 

Monday, April 1, 2013

'आमा' पुगिन् 'चपली हाइट'

विष्णु शर्मा

नेपाली फिल्मले आउँदो वर्ष आधा शताब्दीको यात्रा पूरा गर्दैछ। प्रकाश थापाले रोपेको वृक्ष निश्चल बस्नेतहरू मलजल गर्दैछन्। साहवंशदेखि गणतन्त्रसम्मको घामपानी खेपिसके पनि दर्शकले फल भने चाख्न पाएका छैनन्; त्यो फल- फिल्मबाट समाज, अर्थतन्त्र र राजनीतिले खोजेको मूल्य हो। बलिउड भारतीय स्वतन्त्रता आन्दोलनमा सहयोगी बन्यो भने हलिउड अद्योपान्त अमेरिकी एजेन्डालाई संसारभर विस्तार गर्दैछ। दुर्भाग्य! आधा शताब्दी पार गर्नै लाग्दा पनि नेपाली फिल्मको पहिचान विश्व मानचित्रबाट गुमनाम छ। मुलुक जस्तै घरेलु फिल्म सार्वभौमसत्ता भारतीय र अमेरिकी हेजेमोनीले थिचिएको छ। दरबार, प्रपोगान्डा र शक्तिकेन्द्रको राजनीतिक अभीष्ट पूरा गर्ने ध्येयले नेपाली फिल्मको इतिहास थालनी भएको हो। पञ्चायती व्यवस्थालाई माटो सुहाउँदो भनेर नागरिकमा भ्रम छर्न राजा महेन्द्रले फिल्मको प्रयोग गरे। 'आमा', 'हिजो आज भोलि' जस्ता रुचाइएका फिल्मलाई उनले निर्दलीय शासन व्यवस्थाको औचित्य पुष्टि गर्न लागु गरे। संस्थागत रूपमा साही नेपाल चलचित्र संस्थान खडा गरियो। महेन्द्रको निधनपछि वीरेन्द्रको शासनमा फिल्म बुझ्ने दृष्टिकोण विश्वजनित बन्यो।

Friday, March 22, 2013

स्कुल खोल्न क्यानडादेखि काठमाण्डू


विष्णु शर्मा
२२ मार्च, २०१३


नेपाल विदेशी सेलिव्रेटीको च्यारिटी स्पट बन्ने क्रममा छ । त्यो सूचिमा ‘टाइटानिक’ स्टार लियोनार्दो डिक्याप्रियोदेखि कोरियन गायिका बेइक जी योङ अटाएका छन् । अब भने नेपालमा स्कुल खोल्न च्यारिटी घोषणा गर्ने अन्तराष्ट्रिय सेलिव्रेटीमा अर्की कोरियन–क्यानडियन गायिका जिना थपिएकी छिन् । खास नाम जिना जेन चोई भएपनि छोटकरी नाम जिनाबाट विश्वचर्चित यी सुन्दरी गायिका समाजकल्याणमा लागेकी छिन् । लोकप्रिय गायन वेभसाइट एलेकपपका अनुसार जिनाले नेपालमा चलाउन थालेको च्यारिटी प्रोजेक्टको नाम हो –‘नेपाल हेल्प स्कुल प्रोजेक्ट ।’ नेपालस्थित क्यानडियन एम्बेसीमार्फत जिनाले सहयोगी हात बढाउन लागेकी हुन् । शिक्षाबाट बञ्चित नेपाली केटाकेटीलाई पढाउन जिना कस्सिएकी हुन् ।

संजय दत्त जेलको नेपाली अर्थ

विष्णु शर्मा
२२ मार्च, २०१३


भारतीय सर्वोच्च अदालतले अभिनेता संजय दत्तलाई पाँचवर्षे जेल सजाय सुनाएपछि संसारको दोस्रो ठूलो फिल्म उद्योग बलिउड हल्लिएको छ । विश्वकै ठूलो लोकतान्त्रिक मुलुकको यो न्यायिक भर्डिक्टको सन्देश हुनेछ –कानुनको आँखामा सबै समान हुनेछन् । भारतले मुन्ना भाईविरुद्धको यो अदालती सुनुवाईलाई सामाजिक न्यायको प्रस्थानविन्दुको रुपमा लिनु औचित्यपूर्ण हुनेछ । सलमान खान, सैफ अलि खान, जोन अब्राहम, साइनी आहुजा, फरदिन खान, मधुर भंडारकर, मोनिका बेदी हुँदै संजयसम्म आइपुग्दा बलिउडमा जेलनेलको इतिहास नयाँ होइन । अन्डरवल्र्ड र आतंकवाद हुँदै गैरन्यायिक हत्याका कारण बलिउड विवादास्पद बनिरहेको छ । सेलिव्रेटीहरू सुटिङ स्पटमा जानुपर्नेमा जेलतिर सोझिनु बलिउडको पछिल्लो चरित्र बनिरहेको छ । समाजको प्रेरणादायी आइकन बन्नुपर्नेमा ठीक विपरित बन्नुले बलिउड ठीक दिशातर्फ अघि बढिरहेको संकेत गर्दैन ।

टचस्क्रिन, गाउँ र सपनाको स्तर

विष्णु शर्मा
२२ मार्च, २०१३


पछिल्लो हप्ता मैले म्याग्दी र बागलुङका गाउँ घुमेँ । गाउँमा अहिले धेरै बदलाव आइसकेछन् । लोडसेडिङ नहुने छेवैको खोलाबाट निकालिएको बिजुली, धुलौटे मोटरबाटो, मोबाइल र इन्टरनेटले पुगेको संचार, केही लाखको पुँजीमा थालिएको व्यवसायिक कृषि । विकासका यी छिटाबाहेक यतिबेला बेग्लै चहलपहल छ गाउँमा । त्यो हो –चुनाव । चुनावी कसरत सुरु भएपछि सदरमुकाममा खुम्चिएका नेता र कार्यकर्ता गाउँ पस्न थालेका छन् । फोटोसहितको मतदाता नामावली खिचाउन गाविस कार्यालयमा धुइरिएका गाउँले अनि भोटको गफले गाउँमा साँच्चिकै चुनाव सरगर्मी सुरु भएको संकेत मिल्छ । मेरो गाउँ रत्नेचौर हो जहाँ यतिबेला विकास र चुनावको बेग्लै रौनक छ । फोटोसहितको नाम दर्ता गराएर मैले आफूलाई चुनावमा समेट्न खोजेँ । यदि चुनाव भैहाल्यो भने यी गाउँमा विकास र खुशिको नयाँ रक्तसंचार हुनेछ ।

Tuesday, March 19, 2013

अन्नपूर्ण पोष्ट ३५ करोडमा/जापानी अन्डरवल्र्ड नेपाली मिडियामा

विष्णु शर्मा
२० मार्च, २०१३

पछिल्लो समय मिडियामा ब्रान्ड किन्ने र बेच्ने ट्रेन्ड सुरु भएको छ । म यहाँ मिडिया टाइकुन रामेश्वर थापाको कुरा गरिरहेको छु । ६८ करोडको सेयर कान्तिपुर पब्लिकेसन्सलाई बेचेर बाहिरिएका थापाले गतसाता झन्डै ३५ करोडमा अन्नपूर्ण पोष्ट किनेका छन् । थापा र अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि व्यवस्थापनबीच किनबेचमा सहमति भएको छ । भारतीय लगानीमा रविन सेफर्ड लामाको नाममा संचालन हुँदै आएको आप्का नेपाल पब्लिकेसन्स ब्यानरको पत्रिका अन्नपूर्ण पोष्ट आगामी बैशाख १ गतेदेखि तीनकुनेस्थित सिम्रिक एयरको मुख्यालय रहेको कर्पोरेट टावरबाट थापाको व्यवस्थापनमा प्रकाशन हुने सहमति भएको छ । कर्मचारी र पत्रकारलाई यथावत राख्ने गरी खरिद बिक्री सम्बन्धि सहमति भएको बुझिएको छ ।

Sunday, March 17, 2013

बेलायतमा पण्डित्याइँ गर्न नेपालीलाई चटारो

हरिकृष्ण गौतम
म्याग्दी, ४ चैत


विदेशी काम भन्ने वित्तिकै धेरैले रेष्टुरेन्ट, सुपर मार्केट र कम्पनी भनेर बुझ्छन् । खाडीको दुःखजिलो जीवन पनि सम्झने गरिन्छ । तर, बेलायतको नेपाली डायस्पोरामा भने एउटै अलग्गै कामले चर्चा पाइरहेको छ । एक नेपाली पण्डित्याइँ गरेर यो विदेशी भूमिमा पैसा कमाउने र संस्कृति जोगाउने काम गरेर प्रवासी नेपालीमाझ उदाहरणीय बनेका छन् । रोजगारको सिलसिलामा सन १९९९ मा बेलायत प्रवेश गरेका म्याग्दी पुलाचौर प्रकाश पौडेलको दैनिकी त्यहाँ रहेका अरू म्याग्देलीको भन्दा फरक छ । ह्याम्ससायरमा बसोबास गर्ने पौडेल पुजारीका रुपमा नेपाली समुदायमा चर्चित बनेका हुन् ।