अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ । अमेरिकामा सन् १९९५ पछि यस्तो महासंकट पहिलोपटक आएको हो । आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न बाध्य भएको हो । राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरेपनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागे पछि यस्तो अवस्था आएको हो । बजेट पारित हुन नसकेपछि सात लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई केही समयका लागि बेतलबी बिदा दिइने भएको छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।
Tuesday, October 1, 2013
१७ वर्षपछि अमेरिकामा महासंकट | अमेरिका बन्दले ८० हजारले रोजगारी गुमाए
अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ । अमेरिकामा सन् १९९५ पछि यस्तो महासंकट पहिलोपटक आएको हो । आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न बाध्य भएको हो । राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरेपनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागे पछि यस्तो अवस्था आएको हो । बजेट पारित हुन नसकेपछि सात लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई केही समयका लागि बेतलबी बिदा दिइने भएको छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।
Wednesday, September 18, 2013
अर्का आङ ली पर्खँदै विश्व फिल्म
विष्णु शर्मा
![]() |
| 'लाइफ अफ पाई' निर्देशक ओस्कर पाएपछि । |
विदेश नीतिमा एउटा चर्चित भनाइ छ –‘छिमेकी देशको चासो र स्वार्थ फेरिन सक्छन् तर छिमेकी नै फेर्न सकिँदैन ।’ यही मान्यताको आधारमा कुटनीतिमा प्राथमिकता निर्धारण गरिन्छ । अघिल्लो मंगलबार साउथ ब्लकमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले बोलेका कुराले भने नेपाली फिल्मप्रति दक्षिणको चेतावनीपूर्ण चासो उद्घाटित भयो । भारतको यस्तो ‘हाइप्रोफाइल स्टेटमेन्ट’ माओवादी अध्यक्ष प्रचण्डको त्रिदेशीय समझदारी प्रस्तावलाई लिएर भएको थियो । खुर्सिदले भनेका थिए, ‘नेपालका कतिपय प्राथमिकता भारतले नचाहेका हुनसक्छन्, यसो भन्दैमा हामीले प्राथमिकता निर्धारण गर्न मिल्दैन । नेपालमा भारतीय फिल्म नदेखाइने भनियो, हामीले के भन्ने ? उसो भए दर्शकको मागअनुसार भारतीयभन्दा राम्रा फिल्म नेपालले बनाउनुपर्यो अथवा भारतीय फिल्म यताबाट लैजाँदा महंगो शुल्क परेको स्थिती हो भने त्यसमा छलफल गर्न सकिन्छ ।’
Sunday, August 4, 2013
फिल्म समिक्षा | द वुल्भरिन
विष्णु शर्मा
हलिउड स्टार ह्युग ज्याकम्यान अभिनित फिल्म शुक्रबार नेपाली पर्दामा रिलिज भएको छ । एक्स–म्यान फिल्म सिरिजमा बनेको यो फिल्मले अमेरिकी–अष्ट्रेलियाली सुपरहिरोको कथा भन्छ जो जापानलाई आफ्नो किल्ला मान्छ र अर्को नयाँ लडाइ लडिरहेको छ । यो फिल्मको निर्माण लरेन सुलर डोनर, ह्युग ज्याकम्यान, हच पार्कर र जन पालेर्मोले मिलेर गरेका हुन् । ट्वेन्टिथ सेन्चुरी फक्सले फिल्मलाई विश्वब्यापी वितरण गरिरहेको छ ।
Friday, June 21, 2013
फिल्म समिक्षा : वर्ल्ड वार जेड
एओ स्कट
न्यूयोर्क टाइम्स
फिल्म –वर्ल्ड वार जेड
निर्देशक –मार्क फोस्टर
कलाकार –ब्राड पिट, मेरिल इनोस, जेम्स बेज डेल
सर्टिफिकेट –पीजी १३
निर्देशक –मार्क फोस्टर
कलाकार –ब्राड पिट, मेरिल इनोस, जेम्स बेज डेल
सर्टिफिकेट –पीजी १३
मलाई थाहा छ, तपाईँहरू के सोच्दै हुनुहुन्छ ? बाइबलमा भनिएजस्ता दैत्यहरूको अन्त्य ? तर, यदि मनसुन सिजनमा रिलिज भएका फिल्महरूमा मौलिकता छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ भने, गुनासो गराइको यो प्रक्रिया कहिल सकिएला ? (यसको उत्तर मैले तपाईँलाई श्रमिक दिवस अथवा खाजा खाने बेलामा मात्र दिन सक्छु) विभिन्न दृष्टिकोणबाट ‘म्यान अफ स्टिल’, ‘आइरन म्यान ३’ र ‘स्टार ट्रेकका रिकार्डो मोन्टालबेन’सँग तुलना गर्दा ‘वर्ल्ड वार जेइड’ धेरै ताजा लाग्छ ।
हाम्रो फिल्मका समस्या | बाबुराम भट्टराई
बाबुराम भट्टराई
८ असार, काठमाडौं
८ असार, काठमाडौं
हामी राज्य पुनः सरचना गर्ने अभियानमा रहिरहँदा नेपाली चलचित्र सर्जकहरु नेपाली चलचित्रको कथात्मकतामा पुनः संरचना गर्ने अभियानमा सम्लग्न भैरहँदा हामी समानान्तर यात्रामा छौं जस्तो लागेको छ। मैले पनि अनुभूति गरेको नेपाली चलचित्रसँग सम्बन्धित तथ्य के हो भने नेपाली चलचित्रहरुले नेपालको भूगोल, जनजिवन, मनोविज्ञान र चुनौती र संघर्ष आदीलाई कमैमात्रामा प्रतिनिधित्व गरे। त्यसैको उपजको रुपमा नेपाली अधिकांश चलचित्रहरुले कमैमात्र नेपाली दर्शकहरुको साथ पाएको छ। यस पक्षमा ध्यान पुर्याउन सकेको खण्डमा हामीले चलचित्रमा गुणस्तरको विश्वास गर्न सक्छौ। जसलाई तपाईहरुको अहिलेको प्रयत्नले धेरै योगदान पुर्याउने छ भन्ने मलाई लागेको छ।
Thursday, June 20, 2013
फिल्म समिक्षा : म्यान अफ स्टिल
रेटिङ –३/५
कास्ट –हेनरी क्याभिल, माइकल स्यानोन
निर्देशक –ज्याक स्नाइडर
निर्माता –क्रिस्टोफार नोलान
जनरा –एक्सन
कथा
मलाई यो थाहा छैन कि फिल्ममा सुपरम्यानलाई म्यान अफ स्टील किन भनियो । तर, हामीलाई यो कुरा भनिन्छ, ऊ जुन क्रिप्टन ग्रहबाट आएको छ, उसकै भाषामा उसको छातीमा लेखिएको अंगे्रेजी अक्षर ‘एस’को निशानको अर्थ ‘लक्ष्य’ भन्ने हुन्छ । यो केही अचम्म लाग्दो हुन्छ किनभने क्रिप्टनमा धाराप्रवाह अंग्रेजी बोलिएको हुन्छ र मुख्य खलनायक जनरल जड (माइकल सेनन) त निकै अमेरिकी उच्चारणका साथ अंग्रेजी बोल्छ ।

Monday, June 17, 2013
एकसय फेन्टासी सेलिव्रेटी सूचिमा नेपाली हिरोइन
विष्णु शर्मा
(मेरोसिनेमा डटकम) ३ असार
![]() |
| Amrita Acharya. Photo : HBO |
चर्चित सेलिव्रेटी गसिप म्यागजिन द पिपुलले तयार पारेको विश्वका १०० फेन्टासी सेलिव्रेटीको सूचिमा नेपालमा जन्मिएकी हलिउड एक्ट्रेस अमृता आचार्य (आचारिया) पनि समावेश भएकी छन् । उनी सूचिको ९४ औं स्थानमा छिन् । एचबीओ च्यानलमा प्रसारण हुने हलिउडको चर्चित एपिक (धाराबाहिक) ‘गेम अफ थ्रोन्स’ र ‘द डेभिल्डस डबल’ अभिनेत्री आचार्य एन्जेलिना जोली, केट विलिम्स, नाटाली पोर्टम्यान, ऐश्वर्या रायसँगैको सूचिमा अटाएकी हुन् । गेम अफ थ्रोन्स’को एरी पात्रको रुपमा उनी विश्वचर्चित छिन् । उक्त सूचिमा विश्वमा रुचाइएका फेन्टासी सेलिव्रेटीलाई समावेश
गरिएको छ । सिनेमा र विश्व चर्चित टेलिभिजन सिरिज तथा नाटकका अभिनेत्रीहरू
सूचिमा समावेश गरिएका छन् ।
Subscribe to:
Posts (Atom)