Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 9, 2013

सिपोराले यसकारण मिस नेपाल जित्नुपर्छ

विष्णु शर्मा
९ मार्च, २०१३


सिपोरा गुरुङलाई म प्रत्यक्ष चिन्दिँन । पोखरेली भएको नाताले शुभचिन्तक मात्र हुँ । आउँदो चैत २ गते हुने मिस नेपाल प्रतियोगितामा उनले जित्नुपर्छ भन्ने कुराको दृढ पक्षपाति भने हुँ । उनले यो सौन्दर्य प्रतियोगिता जित्नुपर्छ भनिरहँदा उनिप्रति ममा कुनै खास आकर्षण पनि छैन । किनभने म ब्रेन एन्ड ब्युटी दुवैमा विश्वास गर्छु । सिपोराले मिस नेपाल जित्नुपर्छ भन्नु पछाडि मसँग केही सैद्धान्तिक आधारहरू छन् । यदि उनले जितिन् भने त्यो जितको क्रेडिट उनको व्यक्तिगत मात्र हुनेछन्, संघियताको बहस चलिरहँदा त्यसको सांकेतिक अर्थ पनि हुनेछ र त्यो जित सिंगो देशको हुनेछ । भलिबल खेलाडी भएकैले निश्चय नै उनी लोकप्रिय छँदै छिन् तर, लोकप्रियताको मापदण्ड सुन्दरी प्रतियोगिताको विजय होइन । विश्व सुन्दरी पेजेन्टमा कहिल्यै नाम नसुनिएका सुन्दरीले पनि ताज पहिरेका छन् । सिपोराले अवश्य पनि यो ब्लग पढ्नेछिन् । सिपोराले मिस नेपाल जित्नुपर्छ भन्ने बलिया कारण यसप्रकार छन् ।

राष्ट्रिय अर्थतन्त्रमा पोखरेली पर्यटनको हिस्सा पनि छ । यदि सिपोरा विश्व सुन्दरी पेजेन्टमा भाग लिने भइन् भने पोखराको प्रचारप्रसारमा टेवा पुग्नेछ । केही प्रतिशत भएपनि तालनगरीको पर्यटन व्यवसाय फस्टाउनेछ । किनभने सिपोरा मुलुककै चर्चित पर्यटकीय गन्तव्यकी रुचाइने शक्तिशाली सेलिव्रेटी हुन् ।

अहिलेसम्म मिस नेपालको क्राउन राजधानी उपत्यकाका नेवार र राणा अभिजात वर्ग तथा पूर्वी नेपालका लिम्बु र किराँत केटीहरूले मात्र जितेका छन् । अबको मिस नेपाल सिंगो पश्चिम नेपालको प्रतिनिधित्व गर्दै पोखराले जित्नुपर्छ । यो क्राउन जितेमात्र पोखरा वास्तविक अर्थमा फेसनको सहर बन्नेछ । उखानै छ –काठमाडौंभन्दा पहिले पोखरामा फेसन भित्रिन्छ ।

–सिपोरा खेलकुद आइकन पनि हुन् । भलिबलले उनलाई देश तथा विदेश चिनाएको छ । सिपोराको जितसँग राष्ट्रिय खेलकुदको प्रतिष्ठा पनि गाँसिएको छ । नेपाली खेलाडी मैदानमा मात्र सीमित छैनन र पेजेन्टमा पनि अब्बल छन् भन्ने सन्देश सिपोराको जितमा निहित छ । विश्व चर्चित खेलाडी ग्ल्यामरमा पनि जमेका छन्, सिपोरा त्यसकी दूत बन्न सक्छिन् ।

–सिपोराको सामाजिक आयाम र अनुभव पनि छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्छ भनेर सिंगो पश्चिमाञ्चल आन्दोलनमा उर्लिइरहँदा एउटी कलिली केटी मन्चमा अनसन बसेकी थिइन् । सेलिव्रेटीहुडको शक्तिको यो सुन्दर नमुना थियो । सिपोराको शक्ति र लोकप्रियतालाई आत्मसात गर्ने काम त्यतिबेला आन्दोलन संघर्ष समितिले गरेको थियो ।

–सम्भवतः सिपोरालाई अहिलेसम्मका मिस नेपाल प्रतियोगिलाई भन्दा बढी रुचाइन्छ डायस्पोरा (विदेशमा) । सिंगो एसियाको भ्रमण गरेर उनले हालै सम्मान थापिन् । देश र विदेशलाई जोड्ने सेतु बन्न सक्छिन् उनी । उनकै आग्रहमा विदेशमा बसेका नेपालीले स्वदेशी खेलजगतमा लगानी गर्ने बचन दिएका छन् । पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदले गर्न नसकेको काम सिपोराले गर्न सक्छिन् ।

–सिपोरा फिल्मकी अभिनेत्री पनि हुन् । जनजाति चलचित्रले सिपोराको जितमा आफ्नो खुशि पनि देखेको छ । अरु मिस नेपालमा हारेर वा जितेर हिरोइन बन्छन् तर सिपोरा भने पहिला हिरोइन बनेर मिस नेपालमा आइन् । माल्भिका, निशा, मलिनालाई यो गतिलो जवाफ हुनेछ । मिस नेपालको टाइटल आफैमा ठूलो होइन तर, त्यो टाइटलको ब्याज खाएर अहिलेसम्म मिस नेपाल भनेर चिनिएका कथित सुन्दरीलाई सिपोराको यो चुनौति हुनेछ । श्यामलाल कक्षपति अर्थात हिडन ट्रेजर एकपटक सिपोरालाई जिताइदेऊ । संघियताको बहसका लागि पनि यो ठूलो लाभ हुनेछ । 

No comments:

Post a Comment