विष्णु शर्मा
सहरको कोलाज हो ‘झोले’ । एक गाउँले युवक जसले हैसियतअनुसार सपनाको सीमारेखा कोरेको छ । एक यौनकर्मी युवती जोसँग प्रेम गर्ने मन पनि छ । एक भंगेरी डन जो आधुनिक सहरको एक अपराध आइकन हो र एक प्रहरी अफिसर जो पैसाका लागि पद साट्छ ।
म यहाँ सिनेमा ‘झोले’को व्याख्या गर्दैछु । एउटै समय भएर पनि फरक युग बाँचेको नेपाली समाजका तीन चरित्रको कथा हो ‘झोले’ । मनोदशा, सोच, सपना, बाध्यता, संघर्ष र द्धन्द्धको यथार्थ कोलाज । फिल्मका यी पात्रहरु तपाईंकै वरिपरि हुनसक्छन् । ठोकिनसक्छन् ।

सिचुएसनले हँसाउछ फिल्मले । पात्रको जीवनमा उत्पन्न हुने परिस्थिति देख्दा दर्शक हर्षित हुन्छ । पहिलोपटक नेपाली फिल्ममा सिचुएसनल कमेडी ट्रेन्डको सुरुआत भएको छ । शब्द होइन, भावले हाँस्यरसको ‘इमोसन ट्रान्सफर’ भएको छ जुन यसको शक्तिशाली पक्ष हो ।
‘ग्लासियर शैली’ झोलेको स्टोरी टेलिङको अर्को बलियो पक्ष हो । माथिबाट हिउँ जमेको देखिने तर भित्रभित्रै गतिमा बग्ने हिमनदीजस्तै ‘झोले’ले कमेडी नदी बगाएको छ तर योसँगै गम्भिर सामाजिक र राजनीतिक सन्देश पनि प्रवाहित भैरहेको छ ।
अतिशयोक्ति भएन भने ‘झोले’को क्लाइमेक्स लुटको भन्दा धेरै अब्बल लाग्छ । पात्रहरु नबोलेरै क्लाइमेक्सको सुरुआत हुन्छ र अन्त्य पनि । दुई प्रोटागोनिस्टले आफूबीचको प्रेमलाई मौनतामा साटासाट गर्छन् । भावको शक्तिशाली सम्प्रेषणलाई निर्देशकले क्लाइमेक्सको स्वरुप दिएका छन् ।
फिल्म कमेडी र भावुकताको उल्टो पिरामिडजस्तो लाग्छ । खुला समाप्ती (ओपन इन्डिङ)ले दर्शकसामु थुप्रै प्रश्नहरु राखिदिएको छ । फिल्म उत्तर दिँदैन, प्रश्न गर्छ ।
‘नन लिनियर’ शैलीमा भनिएको कथाका दृश्य केही लामाजस्ता लागेपनि झर्को भने हुँदैन । सिचुएनसल एन्टागोनिजमलाई अलि बलियो बनाउन सकेको भए द्धन्द्धको विकास अझै उचाइमा हुन्थ्यो । दयाहाङ राईको नायकत्व र अभिनय फिल्मको अविष्मरणीय पक्ष हो ।
औपन्यासिकता र नाटयतत्वलाई सन्तुलन मिलाउन प्रयत्न गरिएको छ । परिस्थितीले कमेडी तत्वको सिर्जना गर्ने नाटकको व्याकरणलाई लिएर ‘झोले’ सँधै स्मरण भइरहनेछ । किनभने नेपाली फिल्मको कमेडी इतिहास संवादकै आधारमा हुने गरेको छ ।
‘झोले’ले यो परम्परालाई तोडेको छ । हाँसोको कथा भन्ने शैलीमा नयाँपन प्रस्तुत गर्ने फिल्मको रुपमा यसलाई स्मरण गरिनुपर्छ । क्यामेरा, सम्पादन, अभिनय, नृत्य भनेका प्राविधिक कुरा हुन्, मुख्य कुरो त यसको ग्रामर र ट्रेन्डको विकास नै हो ।
आफ्नै कथामा बल्ल हामी फिल्म निर्माण गर्दैछौं । ‘झोले’ले हाम्रै समयको कथा भन्छ । यी सबै समाजका बाइप्रोडक्ट हुन् । सहर र गाउँको कथा भन्नु आवश्यक पनि छ । किनभने देश चलाउने इन्जिन यिनै हुन् । झोले समयको प्रतिविम्व मात्र हो ।
No comments:
Post a Comment