Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, April 12, 2014

फिल्म वर्ष समीक्षा २०७० : इकोनोमी भर्सेस इनोभेसन



वर्ष २०७० को समाप्तीतिर दक्षिण अफ्रिकाबाट यस्तो खबर आयो, जुन सुन्दा धेरैलाई विश्वास लाग्दैन तर यो यथार्थ हो । द इकोनोमिस्टका अनुसार सिनेमा र प्रविधि विकासले नाइजेरिया दक्षिण अफ्रिकालाई उछिन्दै महादेशकै सर्वाधिक धनी देश बनेको छ । धन्यवाद –नलिउडलाई जसको तीव्रतर विकासले देशको अर्थतन्त्र एकरातमै ८९ प्रतिशत पुग्यो । वर्षिक सिनेमा उत्पादनको दरले नलिउडले बलिउडलाई पनि उछिनेको छ । नाइजेरियाली जीडीपीको १.४ प्रतिशत हिस्सा नलिउडले ओगेटेको छ । हाम्रा लागि यो सपना हुनसक्छ, तर नाइजेरियाको यो स्थिती आजकै मान्छेले बनाएका हुन् ।

Saturday, March 22, 2014

फिल्म समिक्षा | फिटकिरी

विष्णु शर्मा

बिल गेट्स भन्छन्, –‘जब व्यवस्था असफल हुन्छ तब, भाग्यको खेल सुरु हुन्छ ।’ म यहाँ फोब्र्स अर्बपतिको भनाई किन सापटी लिँदै छु भने २ घन्टा २० मिनेट लामो सिनेमा ‘फिटकिरी’ हेरेर म यही निष्कर्षमा पुगेको छु । सहरमा भाग्यको खेल सुरु भएको छ र त्यो भाग्यले उत्पादन गरेको ‘सफोकेसन’ काठमाडौंको यथार्थ बनेको छ । सहर यतिबेला ‘सफोकेसन’ बाँच्दैछ । अनुप बराल निर्देशित ‘फिटकिरी’ले सहरी विक्षिप्त मनोविज्ञानको कथा भन्छ । त्यो कथामा तीन रङ पोतिएका छन् –रातो, नीलो र हरियो ।

Wednesday, February 26, 2014

यस्तो छ मेरो ओस्कर प्रोडिक्सन

विष्णु शर्मा
 
आउँदो सोमबार बिहान विश्व फिल्मको सर्वाधिक ठूलो अवार्ड अस्कर वितरण हुँदैछ । लस एन्जल्सको उक्त समारोहको उल्टो गणना सुरु भैसकेको छ र सिंगो विश्वका लागि उक्त अवार्ड सेरेमोनी प्रतीक्षित बनेको छ ।

यो प्रेडिक्सन गर्नुअघि मैले सर्वोत्कृष्ट फिल्म विधामा मनोनित ६ वटा फिल्म हेरिसकेको छु । अन्य फिल्मको प्रेडिक्सन भने ती सिनेमाको प्रिभ्यू, विश्लेषण, अमेरिकी फरिन पोलिसी, बदलिएको विश्व फिल्म ट्रेन्डलाई आधार मानेको छु ।

Friday, February 21, 2014

फिल्म समिक्षा | झोले

विष्णु शर्मा
सहरको कोलाज हो ‘झोले’ । एक गाउँले युवक जसले हैसियतअनुसार सपनाको सीमारेखा कोरेको छ । एक यौनकर्मी युवती जोसँग प्रेम गर्ने मन पनि छ । एक भंगेरी डन जो आधुनिक सहरको एक अपराध आइकन हो र एक प्रहरी अफिसर जो पैसाका लागि पद साट्छ ।

म यहाँ सिनेमा ‘झोले’को व्याख्या गर्दैछु । एउटै समय भएर पनि फरक युग बाँचेको नेपाली समाजका तीन चरित्रको कथा हो ‘झोले’ । मनोदशा, सोच, सपना, बाध्यता, संघर्ष र द्धन्द्धको यथार्थ कोलाज । फिल्मका यी पात्रहरु तपाईंकै वरिपरि हुनसक्छन् । ठोकिनसक्छन् ।

Tuesday, October 1, 2013

१७ वर्षपछि अमेरिकामा महासंकट | अमेरिका बन्दले ८० हजारले रोजगारी गुमाए




अमेरिकामा १७ वर्षपछि पहिलोपटक सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न सुरु गरेको छ । अमेरिकामा सन् १९९५ पछि यस्तो महासंकट पहिलोपटक आएको हो । आउँदो वर्षको बजेट पारित गर्न विपक्षी रिपब्लिकन पार्टीले अस्वीकार गरेपछि सरकारले अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा बन्द गर्न बाध्य भएको हो ।  राष्ट्रपति बाराक ओबामाले यसलाई टार्न अन्तिम समयसम्म प्रयास गरेपनि रिपब्लिकन पार्टीका अगाडि उनको केही नलागे पछि यस्तो अवस्था आएको हो । बजेट पारित हुन नसकेपछि सात लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई केही समयका लागि बेतलबी बिदा दिइने भएको छ । राष्ट्रपति बाराक ओबामाले अघि सारेको ओबामा हेल्थ केयर कार्यक्रमका लागि बजेट बिनियोजन गर्न यो योजना अघि सारेको विपक्षीको आरोप छ ।

Wednesday, September 18, 2013

अर्का आङ ली पर्खँदै विश्व फिल्म

विष्णु शर्मा
 
'लाइफ अफ पाई' निर्देशक ओस्कर पाएपछि ।

विदेश नीतिमा एउटा चर्चित भनाइ छ –‘छिमेकी देशको चासो र स्वार्थ फेरिन सक्छन् तर छिमेकी नै फेर्न सकिँदैन ।’ यही मान्यताको आधारमा कुटनीतिमा प्राथमिकता निर्धारण गरिन्छ । अघिल्लो मंगलबार साउथ ब्लकमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले बोलेका कुराले भने नेपाली फिल्मप्रति दक्षिणको चेतावनीपूर्ण चासो उद्घाटित भयो । भारतको यस्तो ‘हाइप्रोफाइल स्टेटमेन्ट’ माओवादी अध्यक्ष प्रचण्डको त्रिदेशीय समझदारी प्रस्तावलाई लिएर भएको थियो । खुर्सिदले भनेका थिए, ‘नेपालका कतिपय प्राथमिकता भारतले नचाहेका हुनसक्छन्, यसो भन्दैमा हामीले प्राथमिकता निर्धारण गर्न मिल्दैन । नेपालमा भारतीय फिल्म नदेखाइने भनियो, हामीले के भन्ने ? उसो भए दर्शकको मागअनुसार भारतीयभन्दा राम्रा फिल्म नेपालले बनाउनुपर्‍यो अथवा भारतीय फिल्म यताबाट लैजाँदा महंगो शुल्क परेको स्थिती हो भने त्यसमा छलफल गर्न सकिन्छ ।’

Sunday, August 4, 2013

फिल्म समिक्षा | द वुल्भरिन

 
ह्युग ज्याम्यान । तस्विर -एजेन्सी
विष्णु शर्मा
हलिउड स्टार ह्युग ज्याकम्यान अभिनित फिल्म शुक्रबार नेपाली पर्दामा रिलिज भएको छ । एक्स–म्यान फिल्म सिरिजमा बनेको यो फिल्मले अमेरिकी–अष्ट्रेलियाली सुपरहिरोको कथा भन्छ जो जापानलाई आफ्नो किल्ला मान्छ र अर्को नयाँ लडाइ लडिरहेको छ । यो फिल्मको निर्माण लरेन सुलर डोनर, ह्युग ज्याकम्यान, हच पार्कर र जन पालेर्मोले मिलेर गरेका हुन् । ट्वेन्टिथ सेन्चुरी फक्सले फिल्मलाई विश्वब्यापी वितरण गरिरहेको छ ।