बिष्णु शर्मा
(बागलुङ) जनवरी २३, २०१३

‘विकास साच्चिकै उदाहरणीय छ’ विश्व बैंकको सहयोगमा निर्मीत गिरिन्दी खोला लघुजलविद्युत आयोजना निरीक्षणपछि दोभाषेमार्फत कुरा गर्दै उनले भनिन् –‘म साहै्र खुशी छु, यसलाई ब्यक्त गर्ने शब्दहरु म स“ग छैनन् ।’ छेवैकी विष्णुमाया अर्याललाई अगाल्दै इवेलाले गाउ“लेको जा“गरको मुक्तकण्ठले प्रशंसा गरिन् । विश्वबैंकको सहयोगमा आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि यो गाउ“मा ‘विकास छिरेको’ हो । इवेलाले नेपाली गाउ“को विकासमा विश्व बैंक हातेमालो गर्न इच्छुक रहेको बताइन् ।
राजधानी र देशका प्रमुख सहरमा लोडसेडिङ घटेर पनि दैनिक १२ घन्टा बिजुली आउ“दैन । तर, सदरमुकामबाट १७ कोस पश्चिमस्थित यो गाउका बासिन्दा यसबाट बेखबर छन् । दगातुन्डाडा त प्रतिनिधि सोदाहरण मात्र हो, सिङ्गो पश्चिम बागलुङ लघुजलविद्युतले उज्यालो बनेको छ । कुनैताका झोलुगे पुलको जिल्ला भनेर कहलिएको बागलुङ उत्तराद्र्धमा लघुजलविद्युतको जिल्लामा दरिएको छ । वैकल्पिक ऊर्जाको माध्यम लघुजलविद्युतको रुपमा यो जिल्ला अग्रणी छ । सहरले ऊर्जा संकट खेपिरहदा जिल्लाको विकटवर्ती ग्रामिण क्षेत्र लघुजलविद्युतको उज्यालोमा हाइसञ्चो गर्दैछन् । विश्व बैंककी प्रवन्ध निर्देशक नगोजी इवेलासग पनि ग्रामिणबासीले हालै लोडसेडिङ ‘कुन चरीको नाम हो’ बेखवर भएको सुझाए ।
धेरथोर अनुदान र बढि आफ्नै मिहेनत, लगानी र श्रम खर्चेर गाउलेले गावै तल्तिरका खोलाहरुबाट ऊर्जा निकालेका छन् । राष्ट्रिय विद्युत प्रसारण (ग्रीड) आउने आशामा बग्रेल्ती सिरेठो खेपेका गाउ“बासी लघुजलविद्युतको माध्यमबाट आधुनिक विश्वसग साक्षात्कार गरिरहेका छन् । जीवनशैलीमा आएको उत्ताल परिवर्तन देखेर आफै पुलकित छन् गाउले । अहिले ग्रीड प्रसारणको विद्युत जिल्लाका २३ गाविसमा मात्र पुगेको छ । बा“की गाविसका बासिन्दा लघुजलविद्युतको उज्यालोमा बेफुर्सदी दिन साटिरहेका छन् । अहिले बागलुङमा मात्र ६३ वटा लघजलविद्युत आयोजनाबाट १२ सय ८४ किलोवाट विद्युत उत्पादन भएको छ । जसबाट जिल्लाका १० हजारभन्दा बढि घरपरिवार लाभान्वित भएका छन् । कैंयन आयोजना निर्माणाधिन छन् भने कैंयन मागमा आधारित रहेर सम्भावित पहिचान र कार्यान्वयन प्रक्रियामा छन् ।
सरकारले ग्रीडको प्रसारण दुर्गममा पु¥याउन नसकिरहेको बेला सेवाको उपभोगबाट बञ्चित स्थानिय वासिन्दा श्रम, स्रोत र साधन जुटाई लघुजलविद्यूत उत्पादनमा खटिरहेका छन् । सरकारलाई तत्काल विद्युत सेवा पुर्याउनुपर्ने दायित्वबाट अप्रत्यक्षरुपमा यी लघु आयोजनाहरुले सघाएका छन् । जसमा अहिले जिल्ला बिकास समिति मातहतको जिल्ला ऊर्जा तथा बातावरण शाखा र गैरसरकारी संस्था धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र मार्फत क्षेत्रिय नवीकरणीय ऊर्जा सेवा केन्द्रले लघुजलविद्युतको क्षेत्रमा स्थानिय बासिन्दालाई सघाएका छन् । ती निकायको अनुदानमा स्थानिय समुदायले निश्चित रकम उठाएर विजुली बालेका छन् । दुर्गमका बासिन्दाले दशकौंपछि पाउने विद्युत सेवा अहिले नै पाइरहेका छन् ।
ऊर्जा इन्जिनीयर शम्भु कडेल आउदो दुईबर्षभित्र जिल्लाका कुना–कुनामा लघुजलविद्युतको प्रसारण पुग्ने बताउछन् । भन्छन् –‘दुईबर्षभित्र संयुक्त प्रयासबाट जिल्लाका सबै कुनामा विजुली पुग्छ ।’ जिल्लाको नीसि, भूजी, तमान र बडिगाड खोलाबाट थुप्रै संख्यामा विद्युत उत्पादन गरिएको छ जसको खपत जिल्लाको पश्चिम व्यापारिक केन्द्र वुर्तिवाङसहितका गाविसहरुमा हुने गर्दछ । इन्जिनीयर कडेल अरु माध्यमभन्दा लघुजलविद्युत भरपर्दो देखिएको, स्वदेशमै उत्पादित सामाग्री जडान र दक्ष प्राविधिकले गर्दा माइक्रोहाइड्रोमा नेपाल विश्वमै अब्बल ठहरिएको बताउ“छन् । ऊर्जा विकास अधिकृत रुद्रराज विष्ट यहाका खोलाहरुमा लघजलुविद्युतको पर्याप्त सम्भावना रहेको बताउछन् ।
कम लगानीमा विद्युत उत्पादन गर्न सकिने र झन्झटिलो नहुने भएकाले वैकल्पिक ऊर्जाको यो माध्यम निकै लोकप्रिय छ गाउमा । सहरबजारमा दैनिक १४ घण्टा हुने लोडसेडिङबाट बेखबर छन् लघुजलविद्युतका उपभोक्ताहरु । ‘लोडसेडिङ के हो थाहा छैन, हामीले रातदिन चौविसै घण्टा विजुली बालेका छौं’ पाण्डवखानी–३, की हरिदेवी काउचाले भनिन् –‘हामीलाई यही सस्तो र निरन्तर आउने बत्तिमै सुस्ताउन मन लाग्छ ।’ उनीजस्तै थुपै्र गाउले अविछिन्न आउने लघुजलविद्युतको बत्तिमा घरधन्दा, खेतबारी र परिप्रयोगका सामान प्रयोगमा सुविस्ता हुने बताउ“छन् । सरसफाई, अध्ययनको विकास र काम गर्ने संस्कृतिको बिकास भएको छ । ग्रीड र लघुजलविद्युतसहित सौर्य, वायोग्यास, पिकोहाइड्रो लगायतका बैकल्पिक ऊर्जाका माध्यमबाट गाउ“लेले विजुली बालेपनि सबैभन्दा लघुजलविद्युत नै भरपर्दो बनेको छ । लघुजलविद्युतबाट सामुहिकताको संस्कृति पनि विकास भएको प्राविधिकहरु बताउ“छन् ।
नीजि क्षेत्रको नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार अझै ७ सय ३० आयोजना निर्माणाधिन छन् । ५ सय ३० किलोवाट थप आयोजनाको सम्भाव्यता अध्ययन भैसकेको छ । गलकोट हटियासम्म पुगेको ग्रीडको बिकल्पमा जिल्लाको पश्चिमी क्षेत्रमा लघुजलबिद्युत लोकप्रिय बनेको छ । अविच्छन्न विद्युत प्रवाह नहुदा सहरी क्षेत्रका उद्योगधन्दा प्रभावित भइरहेका छन् । तर यी गाउहरुमा चौबिसै घन्टा विजुली पाएपछि घर–घरमा टेलिभिजन बजिरहेका छन्, कम्प्युटर र बजारमा उद्यँेग बढिरहेका छन् ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।