Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 26, 2014

यस्तो छ मेरो ओस्कर प्रोडिक्सन

विष्णु शर्मा
 
आउँदो सोमबार बिहान विश्व फिल्मको सर्वाधिक ठूलो अवार्ड अस्कर वितरण हुँदैछ । लस एन्जल्सको उक्त समारोहको उल्टो गणना सुरु भैसकेको छ र सिंगो विश्वका लागि उक्त अवार्ड सेरेमोनी प्रतीक्षित बनेको छ ।

यो प्रेडिक्सन गर्नुअघि मैले सर्वोत्कृष्ट फिल्म विधामा मनोनित ६ वटा फिल्म हेरिसकेको छु । अन्य फिल्मको प्रेडिक्सन भने ती सिनेमाको प्रिभ्यू, विश्लेषण, अमेरिकी फरिन पोलिसी, बदलिएको विश्व फिल्म ट्रेन्डलाई आधार मानेको छु ।


दासताको कथा भन्ने सिनेमा ‘टुभेल्थ इयर्स अ स्लेभ’ सर्वोत्कृष्ट फिल्म बन्नसक्छ । दासतालाई लिएर कालो इतिहास बोकेको अमेरिकी समाज, फिल्मले सम्प्रेषण गर्ने भावनाको शक्तिशाली झोक्का, सिनेम्याट्रिक ल्यांग्वेज तथा बाफ्टा, गोल्डेन ग्लोब, क्रिटिक्स अवार्ड जितिसकेको हुनाले यो फिल्म उत्कृष्ट बन्छ भन्ने लागेको छ ।

‘अमेरिकन हसल’ र ‘ग्राभिटी’ पनि बलिया प्रतिस्पर्धी हुन् ।

‘ग्राभिटी’ निर्देशक अल्फेन्सो कुरान सर्वोत्कृष्ट निर्देशक बन्नसक्छन् । अस्करमा प्रायः साइन्स फिक्सन फिल्मले जित्दैनन् तर, मेक्सिन निर्देशक कुरानले आफ्नो फिल्मलाई समिक्षामा मात्र सीमित राखेनन्, तर ‘ग्राभिटी’ले विश्व बक्सअफिसमा पैसा पनि छाप्यो ।

‘टुभेल्थ इयर्स अ स्लेभ’ निर्देशक स्टिभ म्याकिन सर्वोत्कृष्ट निर्देशक विधामा बलिया प्रतिस्पर्धी हुन् ।

सबैले लियोनार्दा डिकाप्रियोले सर्वोत्कृष्ट अभिनेताको रुपमा जित्छन् भन्दैछन् तर, मलाई यस्तो लाग्दैन । ‘डल्लास बायर्स क्लव’बाट म्याथु म्याक्कनगेले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्छन् । लियोनार्दो ‘द उल्फ अफ वाल स्ट्रिट’मा बलिया देखिएपनि म्याथुले आफ्नो बहुचरित्रकरणलाई पूर्ण रुपमा यो फिल्ममा समर्पित गरेका छन् ।

राम्रो समिक्षा बटुलेको सिनेमा ‘ब्लु जस्मिन’बाट केट ब्लांचेट सर्वोत्कृष्ट अभिनेत्री बन्न सक्छिन् । नौ वर्षअघि सहायक अभिनयमा अस्कर जितिसकेकी अष्ट्रेलियन अभिनेत्रीका लागि यसपटकको संस्करण भाग्यमानी बन्नसक्छ । ‘फिलोमेना’की एमी आडम्स र जुडी डेन्च बलिया प्रतिस्पर्धी हुन् । भर्चुअल संसारमा जतिपनि प्रेडिक्सन भएका छन् ती सबै केटकै पक्षमा गएका छन् ।

उत्कृष्ट सहायक अभिनेतामा 'डल्लास बायर्स क्लव'बाट जरेड लेटो सर्वोत्कृष्ट बन्नसक्छन् । पछिल्ला ६ वर्ष फिल्मबाट टाढिएर रकस्टार बनेका लेटोले यो फिल्ममा बबाल अभिनय गरेका छन् । 'क्याप्टेन फिलिप्स'बाट बर्खाड अब्डी उनका लागि अवरोध बन्नसक्छन् तर, सिचुएसन लेटोकै पक्षमा छ ।

उत्कृष्ट सहायक अभिनेत्रीमा 'अमेरिकन हसल' अभिनेत्री जेनिफर लरेन्सले जित्न सक्छिन् । गतवर्ष पनि अस्कर जितिसकेकी लरेन्सको अमेरिकन हसल अभिनय दमदार छ । यसैवर्ष साग र क्रिटिक्स अवार्ड जितिसकेकी 'टुभेल्थ इयर्स अ स्लेभ' अभिनेत्री लुप्तिया नोंगो लरेन्सका लागि अवरोध बन्नसक्छिन् । तर, बाफ्टा जसरी यसले जित्यो, चित्र हेर्दा लरेन्स यो विधामा सर्वोत्कृष्ट बन्न सक्छिन् ।

उत्कृष्ट अरजिनल स्क्रिनप्ले 'अमेरिकन हसल'बाट एरिक वारेन र डेभिड ओ रसेलले जित्न सक्छन् । यो विधामा 'अमेरिकन ब्युटी' पनि बलियो प्रतिस्पर्धी हो तर, डेभिड ओ रसेलको पल्ला निकै भारि देखिएको छ । सन् १८५३ को अटोबायोग्राफी माथि बनेको फिल्म 'टुभेल्थ इयर्स अ स्लेभ'ले यो विधामा जित्न सक्छ । जोन राइड्लीले लेखेको यो कथाले यसै वर्ष स्क्रिप्ट अवार्ड पनि जितेको थियो ।

शक्तिशाली रिभ्यू र विश्ब्यापी १ विलियन डलर आम्दानीका कारण ‘फ्रोजन’ फिल्म सर्वोत्कृष्ट एनिमेटेड सिनेमा बन्नसक्छ । यदि यो फिल्मले अवार्ड जित्यो भने निर्माण कम्पनी डिज्नेको अस्कर पुनरागमन १४ वर्षपछि ऐतिहासिक हुनेछ ।

‘ट्वान्टी फिट फ्रम स्टारडम’ उत्कृष्ट फिचर डकुमेन्ट्री घोषित हुनसक्छ । अपिलिङ विषयवस्तु र बलियो वर्ड अफ माउथका कारण यो फिल्मले जित्नसक्छ । उत्कृष्ट विदेशी भाषी फिल्म मेरो दृष्टिकोणमा ‘द ग्रेट ब्युटी’ हुनसक्छ । इटालीको यो फिल्मलाई समिक्षकले दृश्य सौन्दर्यको पराकाष्टा भनेका छन् । सर्वोत्कृष्ट सिनेम्याट्रोग्राफी अवश्य पनि साइन्स फिक्सन ‘ग्राभिटी’ले जित्न सक्छ ।

तर, अवार्ड विश्लेषणको उल्टो पनि बन्न सक्छ । किनभने गतवर्ष मेरा केही प्रेडिक्सन मिलेका थिए । अस्करको यस्तो ट्रेन्डलाई बुझेर अघि बढ्न सके नेपाली सिनेमाका अवार्डले पनि सिर्जनात्मक रुपमा धेरै बुझ्न सक्थे कि ?

No comments:

Post a Comment