Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, June 17, 2013

एकसय फेन्टासी सेलिव्रेटी सूचिमा नेपाली हिरोइन

विष्णु शर्मा 
(मेरोसिनेमा डटकम) ३ असार

Amrita Acharya. Photo : HBO
चर्चित सेलिव्रेटी गसिप म्यागजिन द पिपुलले तयार पारेको विश्वका १०० फेन्टासी सेलिव्रेटीको सूचिमा नेपालमा जन्मिएकी हलिउड एक्ट्रेस अमृता आचार्य (आचारिया) पनि समावेश भएकी छन् । उनी सूचिको ९४ औं स्थानमा छिन् । एचबीओ च्यानलमा प्रसारण हुने हलिउडको चर्चित एपिक (धाराबाहिक) ‘गेम अफ थ्रोन्स’ र ‘द डेभिल्डस डबल’ अभिनेत्री आचार्य एन्जेलिना जोली, केट विलिम्स, नाटाली पोर्टम्यान, ऐश्वर्या रायसँगैको सूचिमा अटाएकी हुन् । गेम अफ थ्रोन्स’को एरी पात्रको रुपमा उनी विश्वचर्चित छिन् । उक्त सूचिमा विश्वमा रुचाइएका फेन्टासी सेलिव्रेटीलाई समावेश गरिएको छ । सिनेमा र विश्व चर्चित टेलिभिजन सिरिज तथा नाटकका अभिनेत्रीहरू सूचिमा समावेश गरिएका छन् ।


पिपुलले उनीबारे लेखेको छ –‘उनी नेपालमा जन्मिइन् र इंग्ल्यान्डमा पढिन् । गेम अफ थ्रोन्सको दोस्रो सिजन उनले गर्न सकिनन् तर आफ्नो चर्चित एरी फेन्टासी पात्रको रुपमा उनी सँधैभर स्मरणीय रहिरहनेछिन् ।’ आइएमडीबी वेभसाइटका अनुसार अमृताले आधादर्जन अन्य टेलि सिरिज पनि खेलेकी छन् ।




काठमाडौंमा जन्मिएकी अमृता नर्वेकी बासिन्दा हुन् । अहिलेसम्म उनले नेपालको नागरिकता त्यागेकी छैनन् । १३ वर्षकै उमेर उनी सपरिवार नर्वे पुगेकी थिइन् । हलिउडको अर्को चर्चित सिनेमा ‘कम्पनी अफ उल्भस’मा उनले छोटो रोल पनि खेलेकी छन् । बेलायती ड्रामा सिरिज ‘क्याजल्टी’ पनि उनले गरिन् ।

No comments:

Post a Comment