Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, June 20, 2013

फिल्म समिक्षा : म्यान अफ स्टिल



 रेटिङ –३/५
कास्ट –हेनरी क्याभिल, माइकल स्यानोन
निर्देशक –ज्याक स्नाइडर
निर्माता –क्रिस्टोफार नोलान
जनरा –एक्सन

कथा
मलाई यो थाहा छैन कि फिल्ममा सुपरम्यानलाई म्यान अफ स्टील किन भनियो । तर, हामीलाई यो कुरा भनिन्छ, ऊ जुन क्रिप्टन ग्रहबाट आएको छ, उसकै भाषामा उसको छातीमा लेखिएको अंगे्रेजी अक्षर ‘एस’को निशानको अर्थ ‘लक्ष्य’ भन्ने हुन्छ । यो केही अचम्म लाग्दो हुन्छ किनभने क्रिप्टनमा धाराप्रवाह अंग्रेजी बोलिएको हुन्छ र मुख्य खलनायक जनरल जड (माइकल सेनन) त निकै अमेरिकी उच्चारणका साथ अंग्रेजी बोल्छ ।
तर, जड यो अमेरिकी उच्चारण कुनै विचित्रको कुरा होइन । संसारलाई जोगाउँछु भनेर तरबार उठाउने जो पनि सुपरहिरो र आफूलाई दुनियाँको ठूलो भिलेन ठान्ने मान्छे सबै अंग्रेजी बोल्छन् । किनभने उनीहरू अमेरिकी नै हुन्छन् । सिंगो संसार एकातिर र अमेरिका अर्कोतिर भन्ने बोली सुन्दासुन्दै हामी हुर्किएका हौं ।

आजका बच्चाबारे त थाहा छैन तर, सन् १९९० दशकको बेलाका भारतीय पिँढीको मनमा आज पनि सुपरम्यानका लागि स्थान छ । हामीले उसलाई सबैभन्दा पहिले बीएचएसमा देखेका थियौं । यो त्यही समय थियो जतिबेला हामीले स्पाइडरम्यान र हिटम्यानलाई टिभीमा देखेका थियौं । त्यसपछि मैले हिटम्यानलाई देखिँन । जसरी हिन्दुका तीन ठूला देवता हुन्छन्, उसैगरि बच्चाका पनि यी तीन देवता हुन्थे । प्रत्येकका कुनै न कुनै पर्सनल फेवरेट हुन्थ्यो । मेरो फेवरेट रातो पोशाक लगाएको सुपरम्यान थियो जसको टाउकोमा एउटा उज्यालो टल्कन्थ्यो ।

यो फिल्मले सुपरहिरो विधा र दुनियाँलाई जोगाउने सुपरम्यानको उत्पत्तिको कथा भन्छ । यसकारण यो फिल्म भएभरका सबै सुपरम्यान फिल्मको प्रिक्वेल जस्तै लाग्छ । क्रिप्टन ग्रहमा महत्वाकाङ्क्षाको साम्राज्य छ । त्यहाँ रहेका प्राकृतिक स्रोतसाधनको उपयोग गरिएको हुँदैन । त्यहाँ शासक परिवारवाद र पिछडिएको विचारबाट ग्रसित लाग्छ । यी चित्र देख्दा हामीले पृथ्वीमा क्रिप्टनको छवि पाउँछौं । क्रिप्टनमा त्यहाँका मानिस चुपचाप देखिन्छन्, हुनसक्छ हाम्रो पृथ्वीमा पनि यस्तै भएको छ ।

रसेल क्रो नष्ट भएको धर्तीको मुख्य वैज्ञानिकको भूमिकामा छन् । वे काल–एल (सुपरम्यान)का पिता हुन्छन् जो जसोतसो आफ्नो छोरालाई क्रिप्टनबाट जोगाएर ल्याउँछन् । वर्ष १९७८ मा एक अद्धितिय संस्करणमा यो भूमिका मार्लन ब्रान्डोले ३० लाख डलरमा निर्वाह गरेका थिए । क्रो ब्रान्डो नभएपनि उनले यो भूमिकालाई खास गरिमा प्रदान गरेका छन् । क्लार्क कोट (सुपरम्यानका सौतेले पिता)को भूमिकामा केभिन कोस्टनरले चरित्रलाई न्याय गरेका छन् ।

क्लार्कको बाल्यकाल दुःखमा बित्छ । उसलाई आफ्नो शक्तिको बारेमा थाहा हुन्छ तर शक्ति प्रयोगमा रोक लगाइएको हुन्छ । यदि प्रयोग गरे दुनियाँलाई उसको शक्तिको बारेमा थाहा हुन्छ कि ऊ को हो ? सुपरम्यानको किंवदती पुरानै हो । सबैभन्दा पहिले १९३८ मा कमिक स्ट्रिपमा उसको उदय भएको थियो । त्यसयता सुपरम्यानको किस्सा, कथा र हिस्सा हाम्रो संस्कृतिजस्तै बनिसकेको छ । हलिउड समय–समयमा आफ्ना सबै सुपरहिरोलाई अपडेट गर्छ, जसरी हामीले पनि हाम्रा मिथकिय चरित्रहरूलाई यस्तै गरिरहेका छौं । पिता क्लार्कसँग ऊ पृथ्वीका मानिसलाई लडाईँ जारी राख्ने प्रेरणा दिन आग्रह गर्छ । सबै धर्मका मिथकिय चरित्र पनि त यही गर्छन् ।

ब्याटम्यान ट्रियोलोजीका क्रिस्टोफर नोलन सुपर–हिरोको कथा भन्ने शैलीमा निपुण छन् । यो फिल्ममा पनि उनी कथा लेखकमध्येका एक हुन् । फिल्मको पहिलो एक घण्टामा केही यस्ता सस्पेन्स राखिएको छ कि जसका लागि हामी केही महिनासम्म पनि प्रतिक्षा गर्न सक्छौं । तर, फिल्म आधा पुरा भएपछि हामीलाई लाग्छ –सायद नोलन र उनका सहलेखक डेभिड गोयरले निर्देशक स्नाइडरलाई स्क्रिप्ट थमाउँदै बाँकी काम अब तिमी पुरा गर भनेका हुनसक्छन् । कथाको एक घन्टापछि स्नाइडरलाई लेखिएका पानाहरू नै उपलब्ध हुन्छन् । हुनसक्छ, ३०० वा वाचम्यानजस्ता फिल्म बनाएका स्नाइडरलाई यही तरिका मनपरेको होला । तर, जब नवौंपटक हामीले अग्ला भवन ढलेको र मानिस भागभाग गरेको दृश्य देख्छौं (यो दृश्य सेप्टेम्बर ११ को आक्रमणबाट प्रेरित हुनसक्छ) तब हामीले यी मानिसको जिन्दगी र मृत्यबारे प्रवाह गर्न छाडिदिन्छौं । यद्यपी हामी बेलायती अभिनेता हेनरी कैविलसँग सुपरम्यानको महसुस गर्छौं । उनी पाउदेखि शिरसम्म सुपरम्यान लाग्छन् ।

फिल्म थ्रीडीमा छ र आइम्याक्स थ्रीडीमा पनि देखाइएको छ । यदि स्टुडियो सक्थ्यो भने दर्शकलाई सीधै पर्दाभित्र हुलिदिन्थ्यो होला । यदि मलाई साँचो कुरा सोधियो भने मलाई लाग्दैन कि ‘म्यान अफ स्टिल’सँग मेरो मनको नाता छ । पुनः एकपटक म यो फिल्म हेर्नसक्छु –अवश्य सक्ँिदन । के म यो फिल्मको अर्को भाग हेर्न चाहन्छु –अवश्य । डेली प्लानेटको रिपोर्टर बन्ने र लुई लेनको प्रेममा गिरफ्तार भएपछि सुपरम्यान के गर्ला, यी कुरा थाहा पाउन म अर्को भाग हेर्न चाहन्छु । यदि फिल्मका लागि निर्देशकलाई बदल्ने हो भने यस फिल्मप्रति मेरो दिलचस्पी अझै घट्नेछ ।

No comments:

Post a Comment