Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, June 21, 2013

फिल्म समिक्षा : वर्ल्ड वार जेड

एओ स्कट
न्यूयोर्क टाइम्स

फिल्म –वर्ल्ड वार जेड
निर्देशक –मार्क फोस्टर
कलाकार –ब्राड पिट, मेरिल इनोस, जेम्स बेज डेल
सर्टिफिकेट –पीजी १३


मलाई थाहा छ, तपाईँहरू के सोच्दै हुनुहुन्छ ? बाइबलमा भनिएजस्ता दैत्यहरूको अन्त्य ? तर, यदि मनसुन सिजनमा रिलिज भएका फिल्महरूमा मौलिकता छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ भने, गुनासो गराइको यो प्रक्रिया कहिल सकिएला ? (यसको उत्तर मैले तपाईँलाई श्रमिक दिवस अथवा खाजा खाने बेलामा मात्र दिन सक्छु) विभिन्न दृष्टिकोणबाट ‘म्यान अफ स्टिल’, ‘आइरन म्यान ३’ र ‘स्टार ट्रेकका रिकार्डो मोन्टालबेन’सँग तुलना गर्दा ‘वर्ल्ड वार जेइड’ धेरै ताजा लाग्छ ।
२००६ मा प्रकाशित म्याक ब्रुक्सको उपन्यासबाट कमजोर ढंगले रुपान्तरण गरिएको यो फिल्म दुई घण्टा लामो छ । चलाखी र रोचक ढंगले निर्माण गरिएको पटकथा र प्रविधिका इफेक्टले दर्शकलाई अचम्मित र रोमाञ्चक तुल्याउँछन् । राष्ट्रसंघमा द्धन्द्ध समाधानकर्ता भएर काम गरिसकेका ब्राड पिट पुनः काममै फर्किएर कसरी आधा मरेका मान्छेरुपी राक्षसहरूसँग लड्छन र संसारलाई जोगाउँछन् भन्ने कथा फिल्मले पेश गर्छ ।

पाँच चर्चित लेखकहरूले लेखेको स्क्रिप्ट भइकन पनि निर्देशक मार्क फोस्टरले फिल्मबाट दर्शकमा भावना, संवेग र त्रासको सिर्जना गर्न सकेका छैनन् । फिल्मको सुरुआतमै देखाइने ठूला सहरहरूको ध्वस्तताका दृश्य र प्लटले दर्शकलाई अन्त्यसम्म भने बाँधीराख्न सफल भएको छ । यो फिल्मको खास सस्पेन्स विशेषता हो । हुनसक्छ, ब्रुक्सको पुस्तकले धेरै अगाडिको विश्वले नभनेको र नदेखाएको इतिहासको कथा भन्छ । सम्भवतः ब्रुक्सले जिउँदा राक्षसहरूको लामो यात्राको कथालाई आधुनिक पपुलर कल्चरसँग जोडेर फिल्ममा भनेका हुनसक्छन् । बाँच्नका लागि आधुनिक मानवसँग ती आधा मरेका राक्षसले कसरी संघर्ष गरे भन्ने ऐतिहासिक कथा पनि फिल्मको आशय हुनसक्छ ।

फिल्मको कथानक स्रोत तथा ‘मृत्युतर्फको यात्रा’लाई ग्राफिक उपन्यास र केवल टेलिभिजन संस्करणबीच तुलना गर्दा फोस्टर निर्देशित यो फिल्मले सतर्कतापूर्वक उल्टो युगतिरको यात्रा गरेको छ । फिल्मले रुवेन फ्लेसिजरको ‘जोम्बाइल्यान्ड’ र क्लोजन ह्वाइटहेडको उपन्यास ‘जोन वान’मा भनिएजस्तो जोम्बाइ (बाइबलमा वर्णित राक्षस)हरूको रोमान्टिक कथा भन्दैन । न त, यसले संसारै ढाक्ने गरि फैलिएका र संसार जित्ने तीव्र इच्छाशक्ति भएका राक्षसहरूलाई सक्नुपर्छ भन्छ । बरु यसले दर्शनको लडाइँ र मूल्यमान्यताबीचको द्वन्द्व पेश गर्छ ।

अर्को अर्थमा ‘वल्र्ड वार जेड’ले उच्चतम व्यवसायिक सिनेमाको आशा पनि राखेको छैन । बरु फिल्मको समयभित्रै दर्शकलाई प्रशष्त मनोरञ्जन दिन पर्याप्त मिहेनत गरेको छ । यो फिल्म सेलिव्रेटी गसिपलाई लिएर मिडियाले प्रस्तुत गर्ने वातावरणीय र मेडिकल समस्यासँग जोडिएको विश्वब्यापी निराशाका चित्रबाट सुरु हुन्छ जोसँग हामी सँधैजसो परिचित छौं । गेरी लेन (ब्राड पिट) बिहानको खाजा तयारी गरिरहँदा पत्रिकामा आफ्नो गसिप देख्छन् अनि कथा सुरु हुन्छ । उनकी पत्नी (मेरिला इनोस) र छोरीहरू (स्टर्लिङ जेरिन्स र एबीगाली हारग्रोव) फिलाडेल्फियास्थित घरमा परिवारसँगै बस्छन् ।

छोरीलाई स्कुलसँग ड्राइभ गर्दै जाँदा गेरीको कारको यात्राको क्रममा स्थानिय एक सहरमा श्रृंखलाबद्ध विस्फोट हुन्छन् र चट्टानहरू छरपस्ट हुन्छन् । जहाँ अनौठा र फिल्म तथा टेलिभिजनका पर्दामा कार्टुनजस्ता देखिने प्राणीहरू आफ्ना टाउकाले कारलाई ठक्कर दिँदै अघि बढ्न खोज्छन् । उनीहरूलाई मार्न र सिध्याउन निकै कठिनजस्तो महसुस हुन्छ । अन्ततः हामी दर्शक र गेरीलाई थाहा हुन्छ, यिनीहरू करोडौंको संख्यामा आएका छन् जो क्रुर, हिंस्रक र हानिकारक छन् ।

जम्बोइले गरेको फिलाडेल्फिया कब्जा हेर्दा यो घटना यसको प्रभाव र सामथ्र्यका हिसाबले स्टिभन स्पिलवर्गको ‘वार अफ द वर्ल्डस’जस्तै लाग्छ । फोस्टरले निर्देशन गरेका अघिल्ला फिल्ममा समेटिएका ‘मोन्स्टर बल’, ‘फाइन्डिङ नेभरल्यान्ड’, र जेम्स बन्डको सिक्वेलमा राखिएको ‘क्वान्टम अफ सोलेस’का दृश्य वास्तवमै जीवन्त लाग्छन् । पछिल्लो एक्सन जनराका सिनेमामा यस्तो प्रयोग गरिनु खुशिको कुरा हो । ‘वर्ल्ड वार जेड’ प्राइः आफूभन्दा छिटो र सानो लाग्छ, किनभने यसले दर्शकलाई थोरै कुराले धेरै भन्न र देखाउन खोजेको छ ।

गेरीको परिवार र एउटा केटा (फाब्रियो गुइडो)लाई सैनिक जहाजमा उद्दार गर्ने क्रममा गेरीका पूर्व हाकिम (फ्याना मोकेना)ले गरेको प्रस्तावलाई अस्वीकार गर्न सकिँदैन । आफ्ना प्रिय परिवारको सुरक्षा चुनौतिको बाबजुद गेरीले जम्बोइ राक्षसहरूको बिउलाई पूर्णरुपमा नष्ट गर्न सिंगो विश्व भ्रमण गर्न आफ्ना पूर्व हाकिमले गरेको आग्रहलाई स्वीकार गर्छन् । जसको क्रममा उनले दक्षिण कोरियादेखि जेरुसेलेमसम्मको यात्रा गर्छ । यात्राको क्रममा रोचकलाग्दा पात्रहरू भेटिन्छन्, –जेम्स बेज डेल, डेभिड मोर्सी, पिटर क्यापाल्डी, रुथ नेगा, मोर्टिज ब्लेइबेट्रु ।

जम्बोइजलाई कम्प्युटर एनिमेसनबाट सुक्ष्मढंगले निर्माण गरिएको छ । नजिकबाट हेर्दा उनीहरू डरलाग्दा र शीतल देखिन्छन् । यद्यपी, फिल्मले आफूमा त्रासको मनोविज्ञान पैदा गर्न सकेको छैन र चुनौति आत्मसात गर्न पनि सकेको छैन । तर, यदि तपाईँ क्षणिकरुपमा आफूमा डरको स्थिती पैदा गर्न चाहनुहुन्छ भने तपाईंको भोकलाई ‘वल्र्ड वार जेड’ले पुरा गर्न सक्छ । फिल्मका पर्दामा देखिने पात्रहरूले पनि उस्तै डरको महसुस गर्न सक्छन् ।

‘वर्ल्ड वार जेड’ फिल्मलाई अमेरिकामा १३ वर्ष तलका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्छ । अभिभावकले हत्याका निर्मम दृश्यबाट बालदर्शकलाई जोगाउनुपर्छ ।)

Cortesy : www.merocinema.com

No comments:

Post a Comment