Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, August 4, 2013

फिल्म समिक्षा | द वुल्भरिन

 
ह्युग ज्याम्यान । तस्विर -एजेन्सी
विष्णु शर्मा
हलिउड स्टार ह्युग ज्याकम्यान अभिनित फिल्म शुक्रबार नेपाली पर्दामा रिलिज भएको छ । एक्स–म्यान फिल्म सिरिजमा बनेको यो फिल्मले अमेरिकी–अष्ट्रेलियाली सुपरहिरोको कथा भन्छ जो जापानलाई आफ्नो किल्ला मान्छ र अर्को नयाँ लडाइ लडिरहेको छ । यो फिल्मको निर्माण लरेन सुलर डोनर, ह्युग ज्याकम्यान, हच पार्कर र जन पालेर्मोले मिलेर गरेका हुन् । ट्वेन्टिथ सेन्चुरी फक्सले फिल्मलाई विश्वब्यापी वितरण गरिरहेको छ । 
दुईपटक ओस्कर जितेका जेम्स म्यानगोल्ड निर्देशित फिल्ममा ज्याकम्यानसहित ताओ आकामोटो, रिला फुकुसिमा, हिरोयुकी सडाना, विल युन ली र ब्रायन टि.भी. देखा परेका छन् ।

फिल्मले वुल्गरिन÷लोगान (ज्याकम्यान)को कथा भन्छ जो साथीसँग मिल्न जापान पुग्छ । लोगानले दोस्रो विश्वयुद्धको क्रममा नागासिकीमा बस्ने उक्त साथीको ज्यान जोगाएको थियो । करोडपति व्यापारी रहेको उक्त साथी लोगानको उक्त सहयोगलाई ऋण सम्झिएर चुकाउन चाहन्छ । यसक्रममा ऊ एक नयाँ समस्यामा फस्छ । यस क्रममा उसको सामना नयाँ दुस्मनसँग हुन्छ । यी दुस्मनसँग उसले गरेको संघर्ष नै वुल्वरिनको कथा हो ।

फिल्मको हिरो वुल्वरिन (ज्याकम्यान)लाई आउने खतराको महसुस पहिल्यै हुन्छ । यसबाट बच्न उसको साथी युकिओले उसलाई जोगाउन यशीदासामु लैजान्छ । तर, लोगानलाई केही गडबड हुँदैछ भन्ने पत्तो पहिल्यै थाहा लाग्छ ।

यही बेला जापान छोड्ने साथीहरुको सल्लाहमा लोगान क्रुद्ध देखिन्छ । यही बेला लोगानको पहिलो सामना यशीदाकी नातिनी मरिकोसँग हुन्छ जो लोगानको प्रवृत्तिलाई तुरुन्तै बदल्ने कोसिस गर्छे ।

यो एक स्पेसल इफेक्ट ब्लास्ट फिल्म हो जसलाई हेरुञ्जेल दर्शक औंलो चुसेर बस्न बाध्य हुन्छन् । फिल्मको अन्य पक्षको सौन्दर्यमात्र देख्न हल जाँदैनन्, स्पेसल इफेक्टले पनि उनीहरुलाई आकर्षित गर्छ । केही मनछुने संवादले फिल्मलाई दमदार तुल्याएको छ ।

ह्युग ज्याकम्यान मुख्य भूमिकामा विश्वसनिय लाग्छन् ।

No comments:

Post a Comment