विष्णु शर्मा
१ फेव्रुअरी २०१३
यतिबेला स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने राष्ट्रिय बहस छ । यसका लागि पूर्व न्यायाधीश, नागरिक समाजका अगुवा लगायतको नाम चर्चामा छ । हुन त म दलिय प्रणालीमा दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने मत राख्छु । तर, हाम्रा दलहरूको असक्षमता र अकर्णम्यता देख्दा कहिलेकाहिँ स्वतन्त्र व्यक्तिको नाम पनि उचित लाग्छ । यदि यो बहस उठ्ने हो भने म नेपाली फिल्मका महानायक राजेश हमाल स्वतन्त्र प्रधानमन्त्रीका रुपमा उठाउनु उचित हुनेछ । कसैले यो विचारलाई ‘हावा’ र ‘गसिप’ भन्लान् तर, विश्वका चर्चित सेलिव्रेटी राजनीतिमा लागेका उदाहरण छन् । महानायक हिजोआज जहाँ जान्छन्, त्यहाँ पुगे भने नेताहरूको उछितो काढ्छन् र आफू प्रधानमन्त्रीको लागि योग्य रहेको जीकिर गर्छन् । मेरा साथी ज्योतिष हरिहर अधिकारीले उनलाई राजनीतिमा लागेमा हमाल प्रधानमन्त्री समेत हुने भविष्यवाणी पनि गरिसकेका छन् ।
हमालको यो राजनीतिक छटपटी यतिबेला मोफसलमा सुटिङ भैरहेको फिल्म ‘राजनीति’मा खेलेकाले मात्र पैदा भएको होइन । हमालले मसँगको भेटमा आफू पटक–पटक राजनीतिमा लाग्न इच्छुक रहेको बताइसकेका छन् । उनी हालका प्रधानमन्त्री बाबुराम भट्टराईका प्रशंसक पनि हुन् ।
बलिउडमा गोविन्दा, संजय दत्तालगायतका कलाकार राजनीतिमा उत्रिए । हलिउडमा आर्नोल्ड स्वार्जनेगर रिपब्ल्किन पार्टीबाट गभर्नर पनि बने । पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान इमरान खानले यतिबेला इस्लामावादमा तहल्का मच्चाइरहेका छन् । नेपालमै भुवन केसीसहितका कलाकार खुलेर पार्टीको झन्डा बोकिरहँदा महानायक चाहिँ अहिलेसम्म स्वतन्त्र छन् । प्रमका लागि उनको प्रस्थानविन्दु दलीय सहमति नै हुन्छ । हमाललाई स्वतन्त्र व्यक्तिको उम्मेदवार बनाउँदा साथीहरूलाई कस्तो लाग्छ, प्लिज कमेन्ट पाऊँ ।
१ फेव्रुअरी २०१३
यतिबेला स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने राष्ट्रिय बहस छ । यसका लागि पूर्व न्यायाधीश, नागरिक समाजका अगुवा लगायतको नाम चर्चामा छ । हुन त म दलिय प्रणालीमा दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने मत राख्छु । तर, हाम्रा दलहरूको असक्षमता र अकर्णम्यता देख्दा कहिलेकाहिँ स्वतन्त्र व्यक्तिको नाम पनि उचित लाग्छ । यदि यो बहस उठ्ने हो भने म नेपाली फिल्मका महानायक राजेश हमाल स्वतन्त्र प्रधानमन्त्रीका रुपमा उठाउनु उचित हुनेछ । कसैले यो विचारलाई ‘हावा’ र ‘गसिप’ भन्लान् तर, विश्वका चर्चित सेलिव्रेटी राजनीतिमा लागेका उदाहरण छन् । महानायक हिजोआज जहाँ जान्छन्, त्यहाँ पुगे भने नेताहरूको उछितो काढ्छन् र आफू प्रधानमन्त्रीको लागि योग्य रहेको जीकिर गर्छन् । मेरा साथी ज्योतिष हरिहर अधिकारीले उनलाई राजनीतिमा लागेमा हमाल प्रधानमन्त्री समेत हुने भविष्यवाणी पनि गरिसकेका छन् ।हमालको यो राजनीतिक छटपटी यतिबेला मोफसलमा सुटिङ भैरहेको फिल्म ‘राजनीति’मा खेलेकाले मात्र पैदा भएको होइन । हमालले मसँगको भेटमा आफू पटक–पटक राजनीतिमा लाग्न इच्छुक रहेको बताइसकेका छन् । उनी हालका प्रधानमन्त्री बाबुराम भट्टराईका प्रशंसक पनि हुन् ।
बलिउडमा गोविन्दा, संजय दत्तालगायतका कलाकार राजनीतिमा उत्रिए । हलिउडमा आर्नोल्ड स्वार्जनेगर रिपब्ल्किन पार्टीबाट गभर्नर पनि बने । पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान इमरान खानले यतिबेला इस्लामावादमा तहल्का मच्चाइरहेका छन् । नेपालमै भुवन केसीसहितका कलाकार खुलेर पार्टीको झन्डा बोकिरहँदा महानायक चाहिँ अहिलेसम्म स्वतन्त्र छन् । प्रमका लागि उनको प्रस्थानविन्दु दलीय सहमति नै हुन्छ । हमाललाई स्वतन्त्र व्यक्तिको उम्मेदवार बनाउँदा साथीहरूलाई कस्तो लाग्छ, प्लिज कमेन्ट पाऊँ ।

No comments:
Post a Comment