चन्द्रेश्वर बस्ताकोटी
२० फेव्रुअरी, २०१३
२० फेव्रुअरी, २०१३
बुढापाका भन्छन् –‘मुस्ताङमा प्लेनले लामखुट्टे ल्याएको हो ।’ यो भनाइमा कत्तिको सत्यता छ थाहा छैन, टाउको दुखाउने जिम्मा वैज्ञानिकलाई दिउँ तर केही यस्ता अचम्मलाग्दा कुरा चाहिँ हिमालपारिको यो थलोमा भैरहेका छन् । लामखुट्टे बढ्नु, लोमान्थाङमा स्याउ फल्नु, पानी पर्न थाल्नु, जोमसोममा स्याल समेत पाइनु, माटाका घर भत्किन थाल्नु –यी सबै कुराको पछाडि मैले जलवायु परिवर्तनको असर देखेको छु । केही साताअघि अपर–मुस्ताङमा जलवायु शरणार्थी समस्या देखिएको कुरामा ब्लग लेखेको थिएँ । तर, केही सातादेखिको लगातारको हिमपातले यो भोटमा पार्नु समस्या पारेको छ । आखिर हिउँ जिन्दगी नै हो ।
धेरै दिनको हिमपात पछि मुस्तागंमा कार्यरत कर्मचारीलाई र्दुगममा बसेको अनुभब हुन थालेको छ । यो भन्दा अगाडीको हिउले त मज्जानै भएको थियो अब भने ..., जोमसोममा बसेर पत्रकारीता गरेको ७ बर्ष लाग्न थालिसक्यो तर यस्तो लगातार हिमपात भएको मलाई थाह छैन । यो भन्दा ठुलठुला हिमपात देखेको छु तर लगातारको हिमपातले बिजुली बत्ति, संचार सुबिधा, बाट पुरै बञ्चित हुनु परेको छ । नेपाल टेलकमका कर्मचारी यस्तो हिमपातमा समेत काम गरिरहेका छन । जनपथ र ससस्त्र प्रहरीले बेला बेला टेलिकमलाई सहयोग गरिरहेको छ । लोमन्थागंमा आड दिन देखि संचार सुबिधाबाछबन्चित हुनु परेको ढोमा छिरिगं गुरुगंले बताउनु भयो उपल्लो मुस्तागंमा बिगत २ महिनादेखि खानेपानी खानपाएका छैनन। चिसोका कारण पुरै उपल्लो मुस्तागंका खानेपानीका धाराहरु बन्दछन । सबै गाउमा खोपानीका लागि खोला धाउनु पर्ने अबश्था छ । बेशि झरेका उपल्लो मुस्तागंबासी समेत बाटोबाटोमा अलपत्र पर्न परेको छ ।
हिउ खेल्न जोमसोम सम्म आन्तरिक पर्यटक आइपुगे पनि हिउ खेल्न भने चिसोका कारण सकेका छैनन । यो बेला यहा आउने पर्यटकले आफुलाई सबै भन्दा भाग्यमानी ठानेका छन । जताहेर्यो उतै हिमाल , जहाजबाट आउने एक पर्यटकले त भुईतिर पनि हिमाल भनेर बढो आनन्द मान्दै आफ्ना साथीहरुसग जोमसोममा गफीदै थिए । हिमाली क्षेत्रमा बढेको चिसोका कारण यस क्षेत्रका बासीन्दाको जनजिवन कष्टकर बन्दै गईरहेको छ । चिसोका कारण उपल्लो मुस्ताङका प्राय गाउबस्तीमा खानेपानीका धारा बन्द भएका छन भने हिउको थुप्रोका कारण एक घरबाट अर्को घर जान समेत सकिएको छैन ।
गुजुमुज्जु पारेर बनाइएका घर बरिपरिको साधुरो बाटोमा घरको छतबाट फालिएको हिउको थुप्रोका कारण अन्यत्र जान समेत समस्या भएको हो । उपल्लो मुस्ताङमा चिसो बढेपछि खानेपानीको समस्या भएको चराङका आङग्याल गुरुङले बताउनु भयो । उहाले भन्नु भयो, “धाराबाट पानी आउदैन प्राय जसो गाउमा काम गर्न नसक्ने बुढाबुढी र केटाकेटीमात्र छन, धेरै जसो बेशी झरेकाले खोलाबाट पानी ल्याउन गार्हो भएको छ ।” उहाले थप्नु भयो पशुलाई चरन क्षेत्रमा चराउन लैजान नसकिदा अर्को समस्या उत्पन्न भएको छ । चरन क्षेत्रको लेकमा करिब १ देखि ३ फिट सम्म हिउ जमेको छ । लोमन्थाङ, छोसेर, छोण्हुप सुर्खाङ, घमी लगायतका गाउमा गत मसिर देखिनै चिसो बढेकाले खानेपानी पाइप मै पानी जमेर घारामा पानी आउन छोडे पछि लामो समय देखि खोलाको पानी खान बाध्य भएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, एक्याप लोमन्थाङका प्राकृतिक श्रोत संरक्षण सहायक मदन मोहन आचार्यले बताउनु भयो ।
सायद यहि भएर होला हिमाली जिल्ला मुस्ताङमा केही वर्षयता धमाधम आधुनीक घरहरु निर्माण हुने क्रम बढेको छ । चिसो वातावारण, कम बर्षा हुने र बढी हिउँ पर्ने भएकाले मुस्ताङमा मानव बसोबास भएदेखिनै ढुङ्गाका गाहे लगाइएका र माटोका छाना भएका घर निर्माण हुँदै आएको थियो । पछिल्ला केही वर्षयता पहिलेको तुलनामा बढी बर्षा हुन थालेकाले पुराना घरहरु चुहीएर भत्कन खतरा बढेको छ । सम्भावीत जोखिम न्युनीकरण, अनुकुलन र सडकको पहुँच वृद्धीसंगै मुस्ताङबासीले आधुनिक निमार्ण सामाग्री सिमेन्ट, छड, जस्तापाताको प्रयोग गरेर घर तथा भवन बनाउन थालेका छन् । पानी बढि पर्नथालेको र कच्ची मोटर बाटो समेत बनेकाले कम मुल्य, बनाउन सजिलो, हेर्दा राम्रो देखिने भएकाले पनि यसको प्रयोग बढ्न थालेको जोमसोमका स्थानिय बासिन्दा दिनेश थकालीले बताउनुभयो ।
पछिल्लो समय बालुवा र सिमेन्टबाट बनाइने ब्लकको समेतमाग बढन थालेपछि ब्लक उद्योगहरु समेत गाउ गाउमा खोलीएका छन । मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, लेते लगायतका क्षेत्रमा होटलका भवनहरु पिलर राखेर डलान गरि बनाउन थालिएको छ । गुम्वाहरु समेत आधुनिकीकरण हुन थालेका छन । यसका कारण मुस्ताङको स्थानिय प्रबिधि भने क्रमश लोप हुने खतरा समेत बढेको छ । प्राय ब्यक्तिगत भवन निमार्ण र सरकारी कार्यालयका भवनमा आधुनिकीकरण हुन थालेका छ । हिमपात र बर्षाका कारण कृषकहरु सिचाई समस्याबाट मुक्त भएको बताउदै स्याउ खेति र अन्य कृषिजन्य उत्पादनमा राम्रो भएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका वागबानी बिकास अधिकृत नारायण काफ्लेले बताउनु भयो । जिल्ला पशुसेवा कार्यालयका कायालय प्रमुख डा गुरुप्रसाद खकुराल यो हिमपातले चरन क्षेत्रलाई सबै भन्द राम्रो गरेको दाबी गर्नु हुन्छ ।
उपल्लो मुस्ताङको लोमन्थाङमा गत बुधबार न्युनतम माइनस १५ डिग्री सेल्सीयस तापक्रम रहेको थियो । सायद योनै बस्तिमा नापीएको यो बर्षको न्युनतम तापक्रम हुनु पर्दछ । उपल्लो मुस्ताङमा यो हिउ पग्लन अझै करिब एक महिना भन्दा बढि लाग्न सक्ने लोमन्थाङकी एनझिन ठोका गुरुङले बताउनु भयो ।
No comments:
Post a Comment