सुरेश ढकाल
१२ फेव्रुअरी, २०१३
म साक्षी छु अर्थात भ्यालेन्टाइन अर्थात नेपाली सन्दर्भमा एउटा नूतन परम्परा कथाको । आउँदो बृहस्पतिबार, तदनरुप फागुन २, २०६९ । नेपाली क्यालेन्डरअनुसार यो कुनै खास पर्व वा पवित्र दिन होइन । तैपनि, विशेषतः सहरी किशोर/किशोरी, युवा युवती त्यस दिनको व्यग्र प्रतिक्षामा छन् । त्यो दिन अंग्रेजी क्यालेन्डरअनुसार फेव्रुअरी महिनाको १४ तारिख हो । अर्थात भ्यालेन्टाइन डे, नेपाली नामाकरण चाहिँ प्रेम दिवस रे ! तसर्थ म युवापुस्ताको व्यग्रताको अनुमान गर्न सक्छु । खासमा भन्नुपर्दा केही फ्ल्यासब्याकको झड्काले म स्वयं तरंगित हुन्छु र स्मृतिदशंले थोरै घाइते हुन्छु पनि ।
भ्यालेन्टाइन डेको सुरुवात त आधुनिकताको सूचक हो । फेरि पनि यो सहरका मान्छेको कथा हो । आधुनिक भनाउँदो सहरका आधुनिक मान्छेको कथा । केही वर्षपहिले केन्द्रले कट्टी गरेको कीर्तिपुर र कीर्तिपुरेहरूलाई धानखेतबाट बेदखल गरेर उभिएको मुलुकको बूढो र अहिले त जीर्णसमेत बनेको विश्वविद्यालयको कुनै कक्षाकोठामा मैले आधुनिकताका बारेमा विद्यार्थीसँग छलफल गरेको थिएँ । के हुन् आधुनिकताका सूचकहरू ? कस्तो समाजलाई आधुनिक समाज ठानिन्छ ? आधुनिक भौतिक पूर्वाधार र प्रविधिको उपलब्धताले मात्र परिभाषित गर्छ कि यसको मनोवैज्ञानिक आयाम पनि हुन्छ ? कि यो कुनै डिपार्टमेन्टल स्टोरमा गएर खरिद गर्न सकिने जिनिस पो हो कि ? वा सहरको कुनै गल्लीमा खुलेको तालिम केन्द्रमा गएर सिक्ने कुरा हो ? यस्तै विषयहरूमा मैले मास्टर्स इन सोसियोलोजी र एन्थ्रोपोलोजीका विद्यार्थीसँग ।
केही समयअघिका दुई घटना जसको चर्चा अहिलेसम्म सेलाइसकेको छैन । दुई किशोरीहरूको कथा, जो आफ्ना छनोटका केटाहरूसँग प्रेम गर्थे, तर उनकै परिवारका लागि त्यस्तो प्रेम सह्य भएन र उनीहरूले ज्यान गुमाउनुपर्यो । प्रेम गर्नु उनीहरूका लागि ज्यान सजाय हुने अपराधसरह हुन गयो । बाँकेकी शिवा हास्मी र बाराकी विन्दू ठाकुर प्रेम गरेको अपराधमा जीवन गुमाउन पुगेका दुई ‘अभागी’ नेपाली बालाहरू थिए । जहाँ प्रेम गर्दा मृत्युदण्डको सजाय दिइन्छ त्यही प्रेम दिवसको उत्सव ! केही कतै नमिलेको पो हो कि ? कहीं कतै गडबड् पो छ कि ? मलाई लाग्दछ पक्कै पनि यो आधुनिक बन्दै गरेको समाजका बिब्ल्याटा यथार्थहरू हुन् । समाज आधुनिकीकरणको लोकपथमा रफ्तारका साथ हिँड्ने जमर्को त गरिरहेको छ तर बाटो भने अहिले काठमाडौंमा भत्काइसकिएका तर नबनाइएका सहरी सडकजस्तै छन् ।
कहिलेकाहीं मनमा तर्कना आउँछ, के त्यसो भए भ्यालेन्टाइन डेको उत्सव मनाउन तम्तयार भएर बसेको त्यो जमातले आत्ममूल्यांकन गर्लान् साँच्चै उनीहरू आधुनिक बन्ने क्रममा छन् वा सांस्कृतिक पछौटेपनका भद्दा उदाहरणहरू मात्र हुन् । एउटा युनिभर्सल कुरोचाहिँ के हो भने शिक्षा, सञ्चार, यातायातको विकास, बसाइसराइ, पर्यटन, सांस्कृतिक अतिक्रमण, विश्वव्यवस्थाको निकटता र एकाकारजस्ता कुराले आधुनिकतातर्फको संक्रमणलाई बल पुर्याइरहेको हुन्छ । विशेषतः प्रविधिमा पहुँच र सामीप्यता यसका बलिया उदाहरणहरू हुन् । तर समस्या, बजारले प्रविधि त बेच्छ तर त्यही प्याकेजमा चेतना चाहिँ आउँदैन । यसरी प्रविधि वा भौतिक सामाग्रीहरूमा पहुँच तर सोही अनुपातको सांस्कृतिक चेतनाको अभावले सिर्जना गर्ने अवस्था नै सांस्कृतिक पछौटेपन हो । हाम्रो सहर त्यसैबाट सबभन्दा बढी ग्रसित छ ।
फेरि एकपटक प्रेमप्रसंग । भ्यालेन्टाइन डेको उत्सवको आतुरता अनि शिवा हास्मी र विन्दु ठाकुरको प्रेमका लागि मृत्युदण्डको सजाय । के यो बाँके वा बाराको काठमाडौंदेखिको भौगोलिक दूरीको मात्र कुरा थियो कि अरु पनि केही । के सहरमा प्रेम दिवसमा रमाउने युवाहरूले सहानुभूति र श्रद्धापूर्वक स्मरण गर्लान् शिवा हास्मी र विन्दु ठाकुरलाई, जो प्रेम गरिएकै कारण मारिन पुगे । भ्यालेन्टाइन डेमा झुम्नेहरू र प्रेम गरेकै कारण मारिनुपर्ने शिवा र विन्दुहरूको भूगोलै फरक हो र ? कि युग फरक हो ? सायद दुवै हो । त्यसो त म अहिले पनि कक्षा कोठामा भन्ने गर्छु, नेपाल विविध भूगोलमा मात्र होइन, विविध समयमा पनि बाँचिरहेको छ । एउटै देशभित्र एकै समय फरक–फरक दशक र शताब्दी बाँचिरहेछ । त्यसैले नेपाल एकल उत्पादन प्रणाली होइन, बरु बहुल उत्पादन प्रणालीहरूको योग हो ।
लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा मानवशाष्त्री हुन् । कोसेलीमा प्रकाशित आलेखको सम्पादित अंशलाई मैले भ्यालेन्टाइन डेसँग सान्दर्भिक हुने भएकाले राखेको हुँ ।

No comments:
Post a Comment