विष्णु शर्मा
३ फेव्रुअरी, २०१३
उद्योगपति विनोद चौधरीको हालै प्रकाशित आत्मकथा पठनीय छ । यसै उपन्यासबाट मैले केही महत्वपूर्ण प्याराग्राफ यहाँ पेश गरेको छु । शनिबारदेखि बजारमा आएको यो आत्मकथाले पञ्चायतकालमा विनोदले गर्नुपरेको ब्यावसायिक संघर्ष, दरबारसँगको सम्बन्ध र उनको ब्यावसायिक द्वन्द्वबारे गतिलो चित्रण गरेको छ । एसएलसीमा बोर्ड पाँचौ भएका चौधरीले पारिवारिक कपडा ब्यापारको घेरोबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैंक, बिमा, फाइनान्स र हाउजिङदेखि सफ्ट ड्रिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामाग्री उत्पादनसम्म फैलिएको छ । यो आत्मकथा विनोद चौधरीसँगै नेपालको एक अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह –अवरोहको गाथा हो ।
‘किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
‘यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४९ प्रतिशत सेयर दिएको हुँ । मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
‘ह्वाट !’ उहाँले झोक्किँदै भन्नुभयो, ‘सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
‘म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिँन सरकार ।’
‘ह्वाट् डु यु मिन ?’
‘मैले यो उद्योग चलाउन बैंकबाट ऋण लिएको छु । बैंकले मेरै नाममा ऋण दिएको छ ।’
‘सो ह्वाट !’ उहाँले अनुहार रातो पार्नुभयो ।
बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।
सबै सफलतामा धीरेन्द्र सरकारको प्रत्यक्ष हात थिएन । तत्कालिन राजनीतिक खिचतानीले मेरो व्यावसायविरुद्ध सिर्जना गरिएका कृत्रिम तगाराहरू उहाँसँगको साझेदारीपछि हट्नु नै मुख्य कारण थियो । बिजनेसम्यानका लागि सबथोक बिजनेस नै हो । मैले त्यही गरेँ, जो त्यतिखेरको सत्ता राजनीतिले मलाई गर्न बाध्य पारेको थियो । सोझो बनेर बसेको थिएँ, साराले पेले । मेरो लगानी र लगन पानीमा गयो । अलिकति टेढो भइँदिएँ, टिकेँ । उनीहरूले मेरो बिजनेसमाथि राजनीति गर्न खोजे, मैले उनीहरूको राजनीतिमा बिजनेस गरिदिएँ । राजनीतिजस्तो कठोर र निर्मम दाउपेचभित्र टिकेर बस्न हामी उद्योगी ब्यवसायी सबैले गर्ने र गर्नुपर्ने यही हो ।

- ‘विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’
‘किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
‘यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४९ प्रतिशत सेयर दिएको हुँ । मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
‘ह्वाट !’ उहाँले झोक्किँदै भन्नुभयो, ‘सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
‘म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिँन सरकार ।’
‘ह्वाट् डु यु मिन ?’
‘मैले यो उद्योग चलाउन बैंकबाट ऋण लिएको छु । बैंकले मेरै नाममा ऋण दिएको छ ।’
‘सो ह्वाट !’ उहाँले अनुहार रातो पार्नुभयो ।
बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।
- हामी यस्तो देशका नागरिक हौं, जहाँ ठूलो मान्छे बन्नलाई ठूलो सोच राख्नैपर्दैन । ठूलो मान्छेसँग संगत गरे पुग्छ । पञ्चायती व्यवस्थाको जगजगीमा अधिराजकुमारसँग साझेदारी गरेर बिजनेस थालें । यो खबर जंगलको डढेलोसरी फैलियो । म रातारात देशको प्रतिष्ठित उद्योगपतिमा गनिएँ । सारा मान्छेहरूको मप्रतिको हेराइ बदलियो । मेरो बोली बिक्न थाल्यो । मेरा कुरा सुनिन थाले । मेरो उछित्तो काढ्न खोज्नेहरू ‘ओ विनोद बाबु, क्या हाल हे’ भन्दै घुस्रिन आइपुगे । मेरा सबै बिजनेस सही बाटोमा आउन थाले । मैले थुप्रै नयाँ–नयाँ क्षेत्रमा हात हालेँ । र, सफल भएँ ।
सबै सफलतामा धीरेन्द्र सरकारको प्रत्यक्ष हात थिएन । तत्कालिन राजनीतिक खिचतानीले मेरो व्यावसायविरुद्ध सिर्जना गरिएका कृत्रिम तगाराहरू उहाँसँगको साझेदारीपछि हट्नु नै मुख्य कारण थियो । बिजनेसम्यानका लागि सबथोक बिजनेस नै हो । मैले त्यही गरेँ, जो त्यतिखेरको सत्ता राजनीतिले मलाई गर्न बाध्य पारेको थियो । सोझो बनेर बसेको थिएँ, साराले पेले । मेरो लगानी र लगन पानीमा गयो । अलिकति टेढो भइँदिएँ, टिकेँ । उनीहरूले मेरो बिजनेसमाथि राजनीति गर्न खोजे, मैले उनीहरूको राजनीतिमा बिजनेस गरिदिएँ । राजनीतिजस्तो कठोर र निर्मम दाउपेचभित्र टिकेर बस्न हामी उद्योगी ब्यवसायी सबैले गर्ने र गर्नुपर्ने यही हो ।
- कहिलेकाहीँ एउटा हारले मान्छेको जिन्दगीमा जितको अर्को ढोका खोलिदिँदो रहेछ । त्यो बेला चुनाब नहारेको भए, सायद म अझै नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमै अल्झिएर बसेको हुन्थेँ । वा, आन्तरिक उद्योगधन्दामा सीमित रहन्थेँ । मेरो व्यक्तिगत विकास, मेरो संगठन विस्तार र मेरो पहिचानलाई आजको उचाइसम्म पु¥याउनमा त्यही हारलाई जस दिन चाहन्छु । भाग्यवादलाई मान्ने हो भने विधिले मेरो जिन्दगीमा यस्तो पटकथा लेख्यो, म अन्तरंग गाँसिएको महासंघबाट अलग्गिएँ । साथीभाइ र इष्टमित्रहरूप्रति मनमा तिक्तता पालेँ । ती सबै थोकबाट विरक्तिएँ, जसले मलाई नेपालसँग गाँसेर राखेको थियो । भाग्यले मान्छेको प्रगतिमा अनुकूल वातावरण बनाउनु भनेको सायद यही हो ।
आज
ती कसैसँग मेरो मनमा रिसराग छैन । बरु सबै दृश्य–अदृश्य व्यक्तिहरू, जसले
मेरो पराजयको चित्र कोरे, त्यसप्रति अत्यन्त नम्र र इमान्दारीसाथ कृतज्ञ छु
। र, सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।
म आज खुसी छु । किनकि, त्यतिखेर दुःखी थिएँ ।
म आज सफल छु । किनकि, त्यतिखेर हारेको थिएँ ।

Inspiring
ReplyDelete