विष्णु शर्मा
१३ फेव्रुअरी, २०१३
१३ फेव्रुअरी, २०१३
A Tibetan monk doused himself in petrol in a Kathmandu restauran. Photo- AP |
सन् २००९ देखि अहिलेसम्म भारतीय धर्मशालामा ९९ तिब्बती भिक्षुले आफूलाई जलाएका छन् जसमध्ये ८३ जनाको मृत्यु भएको छ । ‘एक चीन नीति’ अपनाएको नेपालको परराष्ट्र नीतिलाई यो घटनाले हल्लाउने निश्चित छ । भारतप्रति नरम नीति अपनाएको आरोप खेपिरहेको वर्तमान सरकारले तिब्बती गतिविधिलाई नियन्त्रण गर्न नसकेको आरोप लाग्न सक्छ । यो संकेत धर्मशालास्थित निर्वासित तिब्बती प्रधानमन्त्री लोब्साङ साङ्गेले गरिसकेका छन् । राजदुत होउलानले नेपाल छाड्ने तयारी गरिरहँदा भएको यो घटनालाई अर्थपूर्णरुपमा लिइएको छ ।
सवाल –तिब्बती भिक्षुले आत्मदाह गरेभन्दा पनि नेपालमा हुने त्यसको सामारिक र कुटनीतिक प्रभाव नै मुख्य हो । नेपाल दिनप्रतिदिन विदेश कुटनीतिक क्रिडास्थल बनिरहेको पृष्ठभूमिमा भएको यो पहिलो नेपाल आत्मदहनले अर्को बहस खडा गरेको छ । नेपालले भौगोलिक बाध्यताका रुपमा एक चीन नीति लिएको हो । नेपालले आफ्नो माटोमा तिब्बती र चीनको विवादलाई छिर्न दिनु हुँदैन । पश्चिमा शक्तिहरूले एक चीन नीति लिएपनि उनीहरू लामो समयदेखि स्वतन्त्र तिब्बतको पक्षमा खुलिरहेका छन् । भारत स्वतन्त्र तिब्बतको पक्षमा खुलेको छैन कारण चीनले भारतविरुद्ध सिक्किमको मुद्दा उठाउने डरले ऊ मौन छ । यस्तो जटिल अवस्थामा हाम्रो राजनीतिक नेतृत्वले सुझबुझपूर्ण परराष्ट्र नीति अपनाउनु नै उत्तम हुन्छ ।
स्मरण रहोस् –नेपालले तिब्बती शरणार्थीलाई शरणार्थीको रुपमा आश्रय दिएको हो । मित्रराष्ट्र चीनविरुद्ध आन्दोलन गरेर मित्रता खलबल गर्न होइन । आत्मदहनको फोटो खिचेका एपी र एपीले पनि यो बाध्यता बुझ्नु जरुरी छ । तिब्बत नामक यो एपेन्डिक्सलाई नेपालले एक चीन नीति अनुसार नै व्यवहार गर्नुपर्छ ।
No comments:
Post a Comment