Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 26, 2013

खेलौना : पढ्दा कन्ट्रोल है मित्रहरू !

विष्णु शर्मा
जनवरी २६, २०१३


यति ‘बोल्ड’ उपन्यास नेपाली साहित्यमा मैले कहिल्यै पढेको थिइँन । मोडल स्मिता थापामाथि राजेन्द्र थापाले लेखेको ‘खेलौना’लाई दुई जना सामु बसेर पढ्न हिम्मत बटुल्नुपर्छ । एकै सिटिङमा मैले उपन्यास सकेँ । एकातिर अकुपाई बालुवाटार र लगातार महिला हिंसाका घटना भैरहँदा एक युवतीको खुल्ला स्वीकारोक्तीले नेपाली समाजको एउटा गतिलाई चित्रण गरेको छ । फिल्मका पर्दामा जस्तै पुस्तकमा पनि ‘एटीएम’ र ‘चपली हाइट’ पसेको छ भनेर पनि भन्न सकिएला । कतिपयले छाडा पनि भन्लान् तर म भन्छ –यो श्लिलता र अश्लिलताको सन्तुलन हो ।

नेपाली समाज यौनको मामिलामा कति उदार हुँदैछ, महिलाहरू खुलेर अघि आउँदैछन् भन्ने समाजशाष्त्रीय विश्लेषणलाई उपन्यासले बलशाली बनाइदिएको छ । शुक्रबार लेखक थापा र मोडल स्मिता थापाकै हातबाट विमोचन गरिएको पुस्तकले एकैसाथ गाली र ताली पाउने पक्का छ । स्मिता भन्छिन् –‘म लोग्ने चाहन्न, लोग्नेमान्छे चाहन्छु ।’ मैले उपन्यासका महत्वपूर्ण वाक्यावलीलाई यहाँ हाइलाइट गरेको छु । कृपया साथीहरूले अश्लिलताभन्दा पनि यौनको मामिलामा खुल्दो समाजको गतिको पक्षमा बुझ्नुहुनेछ

  • म लोग्ने चाहन्न, लोग्नेमान्छे चाहन्छु ।
  • यी लोग्नेमान्छे भन्ने जात, उफ ! जातैले टुसोमुखी मुसो ।
  • मेरो फस्ट लभले किस गरेन । फस्ट किसले सेक्स गरेन । फस्ट सेक्सले लभ गरेन । कस्तो अलमल अलमल सुन्नेलाई पनि ।
  • उल्टो मैले नै समातेर गाडीलाई सहि लेनमा लगाई दिएँ । पार्किङपछि इन्जिन बन्द गरेर उसले मलाई भन्यो –मेरो यो फस्ट टाइम हो ।
  • सरकारले नदिए नि, सेक्स एजुकेसन हामीलाई सानै हुँदादेखि दिन्छन् –भुस्याहा कुकुर र जब्बर भाले कुखुराहरूले ।
  • म सित खुब सेक्स छ, हुनेले नै खर्च गर्ने त हो, त्यसैले म त दिल खोलेर सेक्स खर्च गर्छु । सर नि ?
  • मेरो मन जितिसकेपछि उसले कमिज माथिबाट हात घुसारिहाल्यो । जिन्दगीमा पहिलोपटक यस्तो ठाउँमा छोयो, जहाँ घामले पनि दर्शन पाएको थिएन ।
  • लोग्नेमान्छे खुम्चेर विलीन हुन चाहने, त्यो विन्दुलाई पनि म ब्ल्याक होलै भन्छु, अर्थात कालो छिद्र ।
  • म जति पनि गर्न सक्छु र यो केटोलाई हरेक राउन्डमा नकआउट गर्न सक्छु ।
  • मैले ट्वाँ पारेपछि कुन केटाको ताकत मलाई छाड्न ? अरुजस्तै यो पनि दशैंको डोरी बाँध्या च्याङ्ग्राजस्तै हो ।
  • सेक्सलाई म सबकुछ ठान्ने मान्छे, तर सेक्सभन्दा बढ्ता, सबकुछ त मन पो हुँदो रै’छ सर ।
  • बुढाहरू सेक्समा खतरा मापाका हुन्छन् भनिन्छ नि ? सर पनि ?
  • आम्मै ! आइमाईका त फोटैमा पनि पुरुषलाई कन्याइदिन शक्ति हुँदो रैछ नि त । चिलाउने र कन्याउनेको यो अनुभूति । बुढेसकालमा जवानी आएर कि, गैसक्या भन्या जवानी अझै यतै लुकेर बसेकोले ?
  • अघि भर्खर एक व्यक्तिले फोन गरेपछि म दोधारमा छु । उनी मेरो जीवनलाई कथा–वृत्तान्तमा उर्तान चाहन्छन् रे । पुरुषहरू आइमाईलाई खालि रातमा उर्तान चाहन्छन् । ओछ्यानमा उतार्न चाहन्छन् । न्यानो मलमले खोल बनाएर सिरकमा उतार्न चाहन्छन् । तर यो व्यक्ति भने मलाई उतार्न चाहन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete