Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, January 23, 2013

(बलिउडको एकसय वर्ष) हेजेमोनियल बाटोमा बलिउड


विष्णु शर्मा
जनवरी २३, काठमाडौं

बलिउडले आगामी मे ३ तारिखमा एकसय वर्ष मनाउँदैछ । ‘सत्य हरिश्चन्द्र’ रिलिज भएको शताब्दी अवसरमा मैले बलिउडको सयवर्षे ट्रेन्डलाई केलाएको छु । आफ्नो पहिचान नबनाएको र लामो इतिहास पनि नबोकेको नेपाली फिल्मले बलिउडको यो विकासक्रमलाई गम्भिर रुपमा लिनु जरुरी छ । अर्को हप्ता हलिउडको ट्रेन्ड विश्लेषण गर्नेछु ।

समिक्षक कोमल नाहटा भन्छन् –‘बलिउड हलिउडको बाटोमै यात्रा गर्दैछ, अति कर्पोरेटकरण र ब्यापारीकरणको उक्त दिशालाई सच्याइएन भने निश्चित छ, बलिउड ब्यापार र संस्कृतिको द्वन्द्वात्मक चपेटामा फस्नेछ ।’ सिनेमा पण्डितहरूका लागि यो आम चासोले कम्पास हराएको जहाजजस्तै बलिउडको वर्तमान दिशाहिन ट्रेन्डलाई अथ्र्याउँछ । आर्थिक उदारीकरणपछि ह्वात्तै बढेको मध्यमवर्गले बलिउड बजार आयतनलाई मात्र विस्तार गरेन, वर्ष २०११ देखि वर्षेनी एक हजार सिनेमा उत्पादन गरेर मुम्वैया सिनेमाले हलिउडलाई पनि उछिन्यो । यो वर्ष बलिउडले एकसय वर्ष पुरा गर्दैछ र यो छेकोमा बलिउड समिक्षकहरू आफ्नो सिनेमाको ट्रेन्ड, चुनौति र भविष्यबारे बुद्धिविलास गरिरहेका छन् ।


दादासाहेव पल्खे निर्देशित मूक सिनेमा ‘राजा हरिश्चन्द्र’ (१९१३)देखि ‘राउडी राठोर’ (२०११)सम्म बलिउडले शताब्दी सेलिव्रेसन गरेको छ । भारतीय राजनीतिका प्रत्येक खुड्किलामा आफ्नो स्वरुप फेर्दैै अघि बढिरहेको बलिउडमा पछिल्लो समय सेक्स बिक्न थालेको छ । बन्द भारतीय समाज आधुनिकीकरण र भू–मण्डलीकरणले उदार हुँदैछ भन्ने प्रमाण हुन् यी पछिल्ला वयस्क सिनेमाहरू । सन् १९३०–१९४० दशकको बलिउड दोस्रो विश्वयुद्धपछिको आर्थिक मन्दीले नराम्रोसँग प्रताडित भयो । सोही समयमा चलेको भारतीय स्वतन्त्रता संग्रामले दशवर्ष बलिउडलाई आफ्नो प्रभावमा राख्यो । यो दशकमा बनेका फिल्ममा राष्ट्रियता र स्वतन्त्रताका प्लट बुनिएको छ । अर्थराजनीतिको प्रभावमा सिनेमा कसरी परिचालित हुन्छ र कन्टेन्टहरू कसरी निर्माण हुन्छन् भन्ने यो गतिलो उदाहरण हो ।

सन् १९४०–१९६० लाई भारतीय सिनेमाको स्वर्णयुग भनिन्छ । जतिबेला ‘आवारा’ (१९५१), ‘श्री ४२०’ (१९५५) र ‘मदर इन्डिया’ (१९५७)जस्ता बहुचर्चित सिनेमा बने । यो कालखण्डका सिनेमाले जीवन संघर्ष गरिरहेका सीमान्तकृत वर्गको चित्रण ग¥यो । जसबाट दर्शकहरू पात्रको नजिक पुग्न सके । यी सिनेमामा प्रोटागोनिस्ट (मुख्य सकारात्मक पात्र)लाई गरिब पारिवारिक पृष्ठभूमिबाट प्रस्तुत गरिएको हुन्थ्यो । एन्टागोनिस्ट (नकारात्मक मुख्य पात्र)लाई मारेर प्रोटागोनिस्टले दर्शकमा नैतिकताको सन्देश प्रवाह गथ्र्यो ।

सन् १९६० देखि १९८० लाई बलिउडको कथात्मक संरचनामा आएको परिवर्तनको दशक मानिन्छ । आराधान (१९६९), आनन्द (१९७०), बबी (१९७३) र सोले (१९७५)ले बलिउडको यो दशकमा स्टोरी लाइनको चरित्रमा परिवर्तन ल्याए । यी सिनेमा एक्सनले भरिपूर्ण र रोमान्टिक थिए । बलिउडले यही बेलादेखि पर्दामा हिंसालाई आत्मसात गरेको हो । हिंसालाई कथानकको अभिन्न पक्ष बनाउने र अन्डरवल्र्डका माफियालाई भिलियन (एन्टागोनिस्ट)को भूमिकामा देखाउने यतिबेलाका सिनेमाले गरेका हुन् । ‘एङ्ग्री योङ म्यान’को सौन्दर्य शाष्त्र यसैबेलादेखि सुरु भएको हो । त्यो हिरो जसले आफ्नो मुक्काबाट भिलियनलाई समाप्त गथ्र्यो र अन्त्यमा हिरोइनको मन जित्थ्यो । यो दशकमा निर्मित सिनेमा यही संरचनाको वरिपरि घुमेका छन् ।

सन् १९८०–२००० बलिउडको आधुनिक कालखण्ड हो । निर्माण, प्रदर्शन र वितरणको क्षेत्रमा यो कालखण्ड अभूतपूर्व बनिरहेको छ । सन् १९८७ मा पहिलो साइन्स फिक्सन सिनेमा ‘मिस्टर इन्डिया’ रिलिज हुँदा यसले बक्स अफिसमा पैसा छाप्यो । रोमान्स र कमेडी अझैपनि यो कालखण्डका प्रमुख विशेषता बने । २००० सुरु भएपछि भने भारतमा मात्र होइन, विदेशमा समेत बलिउडले आक्रामक बजार विस्तार ग¥यो । स्वदेशमा भन्दा विदेशमा छायांकन गर्ने क्रम बढ्यो । केही वर्षयता प्राविधिकरुपमा बलिउड अब्बल बनिरहेको छ । कोइ मिल गया (२००३) र रा.वान (२०११)ले कथात्मकताभन्दा पनि भिजुअल इफेक्टले दर्शकको मन जिते । दर्शकीय लक्षित समूहको रुचि र चाहना बदलिँदै गएपछि कन्टेन्ट र स्टोरी टेलिङमा पनि परिर्वतन देखिएको छ । सुरुआतमा दर्शक ग्रामिण प्रधान हुन्थे । मध्यमवर्गको संख्या बढेपछि मल्टिप्लेक्समा दर्शक खचाखच हुन थालेका छन् । अब बलिउडमा गाउँले केटो र सहरकी धनी केटी हुनेछैने । स्वयम ग्रामिण दर्शक स्वीट्जरल्यान्ड र इजिप्टमा खिचिएका सिनेमा हेर्न लालयित छन् ।

लगान (२००१), देवदास (२००२), कोइ मिल गया (२००३), कल हो ना हो (२००३), वीर जारा (२००४), रङ दे बसन्ती ( २००६), लगे रहो मुन्नभाई (२००६), कृस (२००६), धुम २ (२००६), ओम शान्ति ओम (२००७), चक दे इन्डिया (२००७), रव् ने बना दि जोडी (२००८), गजिनी (२००८), ३ इडियट्स (२००९), माइ नेम इज खान (२०१०), दबङ (२०१०) र डर्टी पिक्चर (२०११)ले शताब्दीको सुरुआतमा निश्चित ट्रेन्ड (कथात्मक स्वरुप, प्रविधि, स्पेसल इफेक्ट) बसाले । सुरुदेखि नै रामायण र महाभारतजस्ता धार्मिक ग्रन्थबाट प्रेरित बलिउड सिनेमाको केन्द्रीय चरित्रमा ‘डर्टी पिक्चर’ले परिवर्तन ल्यायो । पितृसत्तात्मक सोचको ‘स्कुल अभ थट्’ अनुसार सिनेमाको केन्द्रीय चरित्र पुरुष हुनुपर्छ भन्ने मान्यतालाई ‘डर्टी पिक्चर’ र ‘कहानी’बाट विद्या बालनले भत्काइदिइन् । कस्मेटिकमा विश्वास गर्ने बलिउडको आधारभूत चरित्र भारतीय राजनीतिक संस्थापनले अंगीकार गरेको सांस्कृतिक विस्तारवाद   (हेजेमोनियल) चरित्र नै हो । यसको केन्द्रमा रहेको छ–कथित सूत्र सिनेमा । यसलाई सलमान खान, शाहरुख खान, अक्षयकुमार र अजय देवगनले नेतृत्व गरेका छन् । यी स्टारर ‘दबङ’, ‘रा.वान’, ‘डन २’ र ‘सिंघम’ले बक्स अफिसमा एकसय करोडभन्दा बढीको आम्दानी गरे । ‘रा.वान’को लगानी १३५ करोड थियो । यस साताको ‘राउडी राठौर’सम्म आइपुग्दा सूत्र सिनेमाले बलिउडमा निरन्तरता पाइरहेको छ ।

तीन खानमध्येका एक आमिरले बलिउडमा दोस्रो सिनेमा (विश्वब्यापी कन्सेप्ट)को नेतृत्व गरेका छन् । गजिनी, थ्री इडियट्स, पिप्ली लाइभ, धोविघाट आमिरका उदाहरणीय सिनेमा हुन् । टेलिभिजन सो ‘सत्यमेव जयते’बाट सामाजिक मु्द्दाको उठान गरेर उनले तरङ्ग ल्याइदिएका छन् । उनको प्रतिक्षित सिनेमा ‘तलास’ एक मनोवैज्ञानिक थ्रीलर हो । बलिउडमा भित्रिएको दोस्रो सिनेमाको अवधारणालाई ‘तलास’ले चित्रण गर्नेछ । भारतीय राजनीति, समाज र आर्थिक रुपान्तरणसँगै अघि बढेको बलिउडले केही दशकसम्म एक्सनप्रधान, कमेडी, रोमान्स र सांगीतिक (सूत्र) सिनेमालाई नै निरन्तरता दिने देखिन्छ । सलमानको ‘दबङ २’, ‘एक था टाइगर’, आमिरकै ‘धुम ३’, ऋतिक रोशनको ‘कृस २’ रिलिजको सूचिमा रहेका एक्सन सिनेमा हुन् । ९० को दशकमा हिरोको पिटाइ गर्ने पुलिस २००० को पहिलो दशकमा बलियो बन्न थालेको छ । पुलिसको चरित्रमा सलमान र अजयले गुन्डालाई तह लगाए र टिकटका झ्याल खचाखच तुल्याए । ‘तलास’मा पनि आमिर पुलिस अधिकृतकै भूमिकामा छन् । समिक्षकहरू, बढ्दो नक्सलवादी (माओवादी) प्रभावलाई कम गर्न सिनेमाले पुलिसको देवत्वकरण गरेको तर्क गर्छन् ।

नेपाल र भारतका फिल्ममा सर्वाधिक विक्ने वस्तु यौन हो । सेक्स कन्टेन्टका सिनेमा ‘द डर्टी पिक्चर’ र ‘मर्डर २’ले सेक्सको कथा बेचेर आफूलाई हिट तुल्याए । ‘देली बेली’ र ‘द हेट स्टोरी’लाई अश्लिल भन्दै नेपाली सेन्सर बोर्डले प्रतिबन्ध लगाएको घटना ताजै छ । असार १३ मा रिलिज हुने क्यानडियन पोर्न स्टार सन्नी लियोन अभिनित सिनेमा ‘जिस्म २’ रिलिज नहुँदै चर्चामा छ । ट्वीटर र फेसबुकमा सन्नीका फ्लोअरले यो सिनेमाको चर्चालाई पुष्टि गर्छ । पुरुषको वीर्यदानमाथि बनेको सिनेमा ‘भिक्की डोनर’ हिट हुनु यौनिक सिनेमाको सफलता हो । स्टारडम मात्र होइन, नचिनिएका अनुहारले अभिनय गरेको सेक्सको सिनेमा हिट हुने परिस्थिती अहिले छ । भारतीय समाज यौनमा उदार भैरहने सामाजिक प्रक्रिया चलिरहँदासम्म ‘एडल्ट’ सिनेमाको निर्माण भै नै रहनेछ । बलिउडको जराबाट उम्रिएको नेपाली सिनेमाको ट्रेन्ड पनि अब सेक्स नै हुनेछ । सेक्सका सिनेमाले ट्रेन्ड बिगारे भनेर आरोप लगाउनु हावादारी गफ हो । यस्ता फिल्मलाई नियन्त्रण होइन, नियमन गर्नुपर्छ ।

बलिउडमा यतिबेला युनिभर्सल प्रमाणपत्रलाई ‘एडल्ट’ले विस्थापन गरिरहेको छ । कुनैबेला परिवारसँगै बसेर सिनेमा हेर्ने मान्यता अहिले भत्किएको छ । सप्ताहन्तमा तन्नेरी जोडीको झुण्ड यतिबेला मल्टिप्लेक्समा देख्न सकिन्छ । गालीहरूको आदानप्रदान, किस र बेड सिन तथा अश्लिल हर्कतका दृश्य तन्नेरीलाई प्रीतिकर लाग्न थालेका छन् । हलिउडले यसअघि नै अपनाइ सकेको ट्रेन्डलाई यतिबेला बलिउड र नेपाली फिल्मले आत्मसात गरिरहेका छन् । बलिउडको समाज विकासलाई सिंहावलोकन गर्दा अबको पचास वर्षसम्म बलिउडको ट्रेन्ड यौन र हिंसाबाटै निर्देशित हुनेछ । इतिहास र वर्तमानको छिनोफानो नभैसकेको र भविष्यले आकार नलिइसकेको नेपाली सिनेमाले बलिउडलाई पछ्याउन बाध्य हुनेछ । नेपालमा बलिउडको समानान्तरमा कोरियाली सिनेमालाई उभ्याउन भैरहेको प्रयासले हाम्रो सिनेमालाई कता लैजाने हो, अनुमानमात्र गर्न सकिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete