Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, January 27, 2013

बीबीसीको एकघण्टे कठोर अनुशासन

विष्णु शर्मा
जनवरी २७, २०१३


मैले नेपालमा कहिल्यै कडा आत्म अनुशासन पालना गरेको थिइँन । जति आइतबार बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा गर्नुपर्‍यो । बीबीसीले सहभागिको रुपमा निम्तो त गर्‍यो तर समयाभावले प्रश्न सोध्न पाइँन । सन्दर्भ थियो –ऊर्जा संकट समाधानका लागि नेपाली परिवेशमा वैकल्पिक ऊर्जाको भूमिका कस्तो हुन्छ ?’ डेढ घण्टे कार्यक्रममा मोबाइल निषेध रह्यो । टाउको सीधा अगाडि हेर्नुपर्ने । कार्यक्रम अवधिभर साइड–टक् गर्न, ट्वाइलेट जान, बेन्च सेयर गर्न सबै निषेध । यस्तो लाग्थ्यो –म कुनै अनुशासनको परिक्षा दिइरहेको छु ।


हुनपनि, कार्यक्रम रेकर्डिङका लागि यी सबै आवश्यक थिए । मैले सोध्न खोजेको प्रश्न थियो –‘ग्लोबल पावरका रुपमा उदाइरहेको भारतले आगामी दशकमा छिमेकी देशमा निर्यात गरिरहेको विद्यूत आपूर्तिमा कटौती गर्दैछ । यसबाट नेपालको ऊर्जा सुरक्षा र ऊर्जा नीतिमा कस्तो प्रभाव पर्छ ?’ कार्यक्रम सकिएपछि मैले बीबीसी सम्पादक ध्रुवहरि अधिकारीलाई क्वेस्चन सोध्न नपाएको गुनासो गरेँ । प्रत्युत्तरमा उहाँले अर्को कार्यक्रममा अवश्य पनि सोध्ने मौका दिइने बचनवद्धता दिनुभयो । मैले सम्पादक अधिकारीलाई इन्टरनेट सामाजिक संजालले नेपाली समाजमा पारेको प्रभावबारे आगामी एपिसोडमा बहस गर्न सुझाव दिएँ । उहाँले छलफल गरिने बताउनुभयो ।

सवालको निष्कर्ष रह्यो –वैकल्पिक ऊर्जालाई मुलधारे ऊर्जाको व्यवहार गर्नुहुँदैन । सरकारले ऊर्जा सुरक्षा नीति बनाउनुपर्छ जसका कारण यसले देश विकास र विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्छ । अतिथि हुनुहुन्थयो –वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक गोविन्द पोखरेल र ऊर्जा विश्लेषक रत्नसंसार श्रेष्ठ । डेढघण्टे बीबीसीको थकान मनोविज्ञानलाई मैले त्यसपछि ज्याकी च्याङको ‘चाइना जोडाइक’ फिल्म हेरेर रिफ्रेस गरेँ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete