Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, January 23, 2013

गाम्लेका फुलेका सपना/जहाँ लोडसेडिङ हुँदैन


बिष्णु शर्मा
(बागलुङ) जनवरी २३, २०१३

पानीमा विकास देख्ने गाम्लेको मिहेनत स्पर्श गरेपछि उनी पुलकित बनिन् । गाउकी बुढीआमैलाई गम्लङ्ग अगालिन । खुशी र संस्कृति साटिन् अनि अग्रेजी लवजमा चिच्याइन् –‘वाऽऽ हाउ ! इन्ट्रेस्टिङ’ लन्डनबाट नेपाल हानिदा उनले सायदै सोचेकी थिइन् –दूरदराजका गाउमा पसेको पानी विकास ।’ जसै उनले यहाको दगातुन्डाडाका उकाली ओराली नापिन सोचाइ बिल्कुलै अस्वभाविक अनुभूती भयो । लघुजलविद्युत विकास गाउमा पुगेपछि विश्व बैंककी प्रवन्ध निर्देशक नगोज अकोन्जो इवेलाको हृदयमा खुशीले पालुवा हाल्यो । ऊर्जाको बैकल्पिक माध्यम लघुजलविद्युतले यो दूरदराजको गाउ“मा ल्याएको उत्ताल सुविधा देखेपछि दातृ संस्थाकी यी अधबैंशेले मन थाम्न सकिनन् ।



‘विकास साच्चिकै उदाहरणीय छ’ विश्व बैंकको सहयोगमा निर्मीत गिरिन्दी खोला लघुजलविद्युत आयोजना निरीक्षणपछि दोभाषेमार्फत कुरा गर्दै उनले भनिन् –‘म साहै्र खुशी छु, यसलाई ब्यक्त गर्ने शब्दहरु म स“ग छैनन् ।’ छेवैकी विष्णुमाया अर्याललाई अगाल्दै इवेलाले गाउ“लेको जा“गरको मुक्तकण्ठले प्रशंसा गरिन् । विश्वबैंकको सहयोगमा आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि यो गाउ“मा ‘विकास छिरेको’ हो । इवेलाले नेपाली गाउ“को विकासमा विश्व बैंक हातेमालो गर्न इच्छुक रहेको बताइन् ।

राजधानी र देशका प्रमुख सहरमा लोडसेडिङ घटेर पनि दैनिक १२ घन्टा बिजुली आउ“दैन । तर, सदरमुकामबाट १७ कोस पश्चिमस्थित यो गाउका बासिन्दा यसबाट बेखबर छन् । दगातुन्डाडा त प्रतिनिधि सोदाहरण मात्र हो, सिङ्गो पश्चिम बागलुङ लघुजलविद्युतले उज्यालो बनेको छ । कुनैताका झोलुगे पुलको जिल्ला भनेर कहलिएको बागलुङ उत्तराद्र्धमा लघुजलविद्युतको जिल्लामा दरिएको छ । वैकल्पिक ऊर्जाको माध्यम लघुजलविद्युतको रुपमा यो जिल्ला अग्रणी छ । सहरले ऊर्जा संकट खेपिरहदा जिल्लाको विकटवर्ती ग्रामिण क्षेत्र लघुजलविद्युतको उज्यालोमा हाइसञ्चो गर्दैछन् । विश्व बैंककी प्रवन्ध निर्देशक नगोजी इवेलासग पनि ग्रामिणबासीले हालै लोडसेडिङ ‘कुन चरीको नाम हो’ बेखवर भएको सुझाए ।

धेरथोर अनुदान र बढि आफ्नै मिहेनत, लगानी र श्रम खर्चेर गाउलेले गावै तल्तिरका खोलाहरुबाट ऊर्जा निकालेका छन् । राष्ट्रिय विद्युत प्रसारण (ग्रीड) आउने आशामा बग्रेल्ती सिरेठो खेपेका गाउ“बासी लघुजलविद्युतको माध्यमबाट आधुनिक विश्वसग साक्षात्कार गरिरहेका छन् । जीवनशैलीमा आएको उत्ताल परिवर्तन देखेर आफै पुलकित छन् गाउले । अहिले ग्रीड प्रसारणको विद्युत जिल्लाका २३ गाविसमा मात्र पुगेको छ । बा“की गाविसका बासिन्दा लघुजलविद्युतको उज्यालोमा बेफुर्सदी दिन साटिरहेका छन् । अहिले बागलुङमा मात्र ६३ वटा लघजलविद्युत आयोजनाबाट १२ सय ८४ किलोवाट विद्युत उत्पादन भएको छ । जसबाट जिल्लाका १० हजारभन्दा बढि घरपरिवार लाभान्वित भएका छन् । कैंयन आयोजना निर्माणाधिन छन् भने कैंयन मागमा आधारित रहेर सम्भावित पहिचान र कार्यान्वयन प्रक्रियामा छन् ।


सरकारले ग्रीडको प्रसारण दुर्गममा पु¥याउन नसकिरहेको बेला सेवाको उपभोगबाट बञ्चित स्थानिय वासिन्दा श्रम, स्रोत र साधन जुटाई लघुजलविद्यूत उत्पादनमा खटिरहेका छन् । सरकारलाई तत्काल विद्युत सेवा पुर्‍याउनुपर्ने दायित्वबाट अप्रत्यक्षरुपमा यी लघु आयोजनाहरुले सघाएका छन् । जसमा अहिले जिल्ला बिकास समिति मातहतको जिल्ला ऊर्जा तथा बातावरण शाखा र गैरसरकारी संस्था धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र मार्फत क्षेत्रिय नवीकरणीय ऊर्जा सेवा केन्द्रले लघुजलविद्युतको क्षेत्रमा स्थानिय बासिन्दालाई सघाएका छन् । ती निकायको अनुदानमा स्थानिय समुदायले निश्चित रकम उठाएर विजुली बालेका छन् । दुर्गमका बासिन्दाले दशकौंपछि पाउने विद्युत सेवा अहिले नै पाइरहेका छन् ।

ऊर्जा इन्जिनीयर शम्भु कडेल आउदो दुईबर्षभित्र जिल्लाका कुना–कुनामा लघुजलविद्युतको प्रसारण पुग्ने बताउछन् । भन्छन् –‘दुईबर्षभित्र संयुक्त प्रयासबाट जिल्लाका सबै कुनामा विजुली पुग्छ ।’ जिल्लाको नीसि, भूजी, तमान र बडिगाड खोलाबाट थुप्रै संख्यामा विद्युत उत्पादन गरिएको छ जसको खपत जिल्लाको पश्चिम व्यापारिक केन्द्र वुर्तिवाङसहितका गाविसहरुमा हुने गर्दछ । इन्जिनीयर कडेल अरु माध्यमभन्दा लघुजलविद्युत भरपर्दो देखिएको, स्वदेशमै उत्पादित सामाग्री जडान र दक्ष प्राविधिकले गर्दा माइक्रोहाइड्रोमा नेपाल विश्वमै अब्बल ठहरिएको बताउ“छन् । ऊर्जा विकास अधिकृत रुद्रराज विष्ट यहाका खोलाहरुमा लघजलुविद्युतको पर्याप्त सम्भावना रहेको बताउछन् ।

कम लगानीमा विद्युत उत्पादन गर्न सकिने र झन्झटिलो नहुने भएकाले वैकल्पिक ऊर्जाको यो माध्यम निकै लोकप्रिय छ गाउमा । सहरबजारमा दैनिक १४ घण्टा हुने लोडसेडिङबाट बेखबर छन् लघुजलविद्युतका उपभोक्ताहरु । ‘लोडसेडिङ के हो थाहा छैन, हामीले रातदिन चौविसै घण्टा विजुली बालेका छौं’ पाण्डवखानी–३, की हरिदेवी काउचाले भनिन् –‘हामीलाई यही सस्तो र निरन्तर आउने बत्तिमै सुस्ताउन मन लाग्छ ।’ उनीजस्तै थुपै्र गाउले अविछिन्न आउने लघुजलविद्युतको बत्तिमा घरधन्दा, खेतबारी र परिप्रयोगका सामान प्रयोगमा सुविस्ता हुने बताउ“छन् । सरसफाई, अध्ययनको विकास र काम गर्ने संस्कृतिको बिकास भएको छ । ग्रीड र लघुजलविद्युतसहित सौर्य, वायोग्यास, पिकोहाइड्रो लगायतका बैकल्पिक ऊर्जाका माध्यमबाट गाउ“लेले विजुली बालेपनि सबैभन्दा लघुजलविद्युत नै भरपर्दो बनेको छ । लघुजलविद्युतबाट सामुहिकताको संस्कृति पनि विकास भएको प्राविधिकहरु बताउ“छन् ।

नीजि क्षेत्रको नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार अझै ७ सय ३० आयोजना निर्माणाधिन छन् । ५ सय ३० किलोवाट थप आयोजनाको सम्भाव्यता अध्ययन भैसकेको छ । गलकोट हटियासम्म पुगेको ग्रीडको बिकल्पमा जिल्लाको पश्चिमी क्षेत्रमा लघुजलबिद्युत लोकप्रिय बनेको छ । अविच्छन्न विद्युत प्रवाह नहुदा सहरी क्षेत्रका उद्योगधन्दा प्रभावित भइरहेका छन् । तर यी गाउहरुमा चौबिसै घन्टा विजुली पाएपछि घर–घरमा टेलिभिजन बजिरहेका छन्, कम्प्युटर र बजारमा उद्यँेग बढिरहेका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete