Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, January 29, 2013

हेर्ने होइन नेपाली थ्रीडी फिल्म ?

विष्णु शर्मा
जनवरी ३०, २०१३


नेपाली फिल्म पनि थ्रीडीमा ? कसैले यस्तो भन्छ भने दृष्टिकोण बदल्नुपर्छ कि । प्रिय दाई दीपेन्द्र के. खनालले थ्रीडी प्रविधिमा बनाएको फिल्म मलाई चाहिँ गतिलो लाग्यो । बलिउडको कथित ‘रा.वान’ थ्रीडीभन्दा पनि जाती । नेपालमा पहिलोपटक थ्रीडी फिल्म बन्दैछ भनेर मैले नै पहिलोपटक न्यूज लेखेको थिएँ । एउटा जमघटमा थ्रीडीको दृश्य हेर्ने चान्स पनि पाएँ । ‘भिजिलान्ते थ्रीडी’ दर्शकलाई निराश चाहिँ नपार्ने रहेछ ।

आज मलाई कुमारी हलमा पहिलोपटक जेम्स क्यामरुनको ‘अवतार’ थ्रीडीमा हेरेको याद आइरहेको छ । हामी प्रविधिगतरुपमा हलिउडको तहमा त पुग्न सक्दैनौं तत्काल तर हजार माइलको यात्रा एक पाइलाबाटै सुरु हुन्छ । हामी कहाँ थ्रीडी प्रदर्शनको इतिहास त्यति लामो पनि छैन । तर, थ्रीडी र मल्टिडायमेन्सन फिल्म प्रदर्शनले भने फड्को मारिसकेको छ ।



स्टेरिया थ्रीडी प्रविधिबाट बनाइएको ‘भिजिलान्ते’लाई हेर्न पोलराइज्ड चस्मा लगाएर हेर्नुपर्छ । सन् २००९ मा विश्व बजारमा यो संस्करण भित्रिएको थियो । चैत ९ गते रिलिज हुने भनिएको यो फिल्मको ट्रेलर पनि राम्रो बनेको छ । दाई दीपेन्द्रले थ्रीडीलाई जेम्स क्यामरुनका फिल्मको फम्र्याटमा बनाइएको भनेपनि आखिर रिलिजपछि नै थाहा लाग्ला । टुडीबाट थ्रीडी रुपान्तरण गर्न कठिन चाहिँ हुँदैन तर हाम्रै नेपाली फिल्म थ्रीडीमा बनेका सुन्दा खुशि त अवश्य भैनै हाल्छ ।

थ्रीडी त एउटा प्रविधि मात्र हो, फिल्मको ढाँचा त्यसको कथा भन्ने शैली, नाटक र उपन्यासबाटै विश्लेषण गर्ने गरिन्छ । यतिबेला म जेम्स क्यामरुनकै भनाईलाई सापटी लिन्छु –‘आखिर फिल्म कम्प्युटरबाट होइन, मनबाट बन्छ ।’ (Photo courtesy by : www.filmykhabar.com)

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete