Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

ज्याकी च्याङलाई नेपाली भिसा यसकारण लागेन



विष्णु शर्मा
जनवरी १९, २०१


धन्यवाद, फिल्मकर्मीको आन्दोलनलाई जसका कारण विदेशी फिल्मको नेपाल रिलिज प्रभावित हुने भएको छ । विदाको दिन शनिबार यस्तै भयो । हलिउडको प्रतीक्षित ‘चाइना जोडाइक’को निर्धारित रिलिज स्थगन भयो । फिल्म हेर्न क्यूएफएक्स पुगेका दर्शक नहेरिकनै घर फर्किए । सेन्सर नहुँदा ज्याकी च्याकी च्याङ स्टारर चलचित्र रिलिज हुन पाएन । ज्याकीलाई पहिलो गाँसमै ढुँगा लाग्यो । मित्र सुकृत नेपाल र म (विष्णु शर्मा) पनि हलबाट फर्कियौं ।


मनोरञ्जन अधिकारको बहस त हुँदै गर्ला तर, फिल्मकर्मीको आन्दोलनले कहिलेसम्म यस्तै दुःख दिइरहने पत्तो छैन । हुन पनि हरेक आन्दोलन परिवर्तन र सकारात्मक पक्षका लागि हुन्छन् । आन्दोलनप्रति नैतिक समर्थन हुँदाहुँदै अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा खुम्चिनुपर्दाको पीडा दुःखदायी हुन्छ । अक्सर चलचित्र विकास बोर्डमा गरिने हिन्दी र अँग्रेजी फिल्मको सेन्सर बोर्डमा ताला ठोकिएकाले यसपटक बन्दप्रायः छ । आफ्नै कार्यकर्तालाई बोर्डमा भर्ती गर्ने नेपाली राजनीतिको रोगले सरकार टसमस छ ।

ज्याकी च्याङलाई जस्तै बलिउडका इमरान खानलाई पनि यस्तै भयो । ‘माटरुकी बिजलीका मन्डोला’ फिल्मलाई सदस्य सचिव धनराज ज्ञवालीले कोर्टमा बोकिएको रबर स्ट्याम्प लगाएर सेन्सर पास गरिदिएका थिए । यसपटक चोरबाटोबाट सेन्सर पास हुने सम्भावना छैन । रेखा थापा र पप्पुमध्ये जो सुकै अध्यक्ष भएपनि अभिव्यक्ति स्वतन्त्रता र मनोरञ्जनको अधिकार कुण्ठित गर्ने कार्यको विरुद्ध म भएकाले हामीजस्ता फिल्मका प्राणीलाई ज्याकी च्याङ रोकिनु अशोभनिय कुरा हो । किनभने नेपालले उदार अर्थनीति अपनाएको छ । आखिर फिल्म एक व्यावसाय न हो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete