Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 26, 2013

क्या राम्रो स्याउबारी...!

विष्णु शर्मा
जनवरी २६, २०१३


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने सरकारी निर्णयले फेरि एकपटक संरक्षण बहस सतहमा ल्याइदिएको छ । विश्वको प्रसिद्ध पदमार्गलाई फेरि उहि पुरानै व्यवस्था र भड्खालोमा हाल्ने यो प्रयासले हित गर्दै गर्दैन । जबसम्म स्थानीय बासिन्दा र समुदाय संरक्षणका लागि आफै लागि पर्दैनन् तबसम्म यसले उपलब्धी दिँदैन । ४ वर्षका लागि पुनः कोषलाई दिने निर्णय गर्नुअघि कोषको प्रतिबद्धता र कामको भावी योजना खोजिनुपथ्र्यो । मेरो व्यक्तिगत भनाईमा कोषलाई नै एक्याप सुम्पिनु भ्रष्टाचार र मनपरीकै निरन्तरता हो ।


 खोइ, कोषले मुस्ताङ र मनाङमा सडक पुग्दा संरक्षण नीति ल्याएको ? खोइ, वैकल्पिक पदमार्ग पहिचान गरेको ? खोइ, दसवर्षको हिसाब किताब ? खोइ, पर्यटक संख्या घट्नुको जिम्मेवारी आफूले लिन सकेको ? लोन्ली प्लानेटको खतरनाक चेतावनी आउँदा आउँदै किन चुपचाप बसेको ? मुस्ताङमा उठ्ने पैसा कहाँ जान्छ र कसको हितमा खर्च हुन्छ ? यी प्रश्नको उत्तर नदिँदासम्म पुनः एक्याप कोषलाई दिनु आत्मघाती हुनेछ । सडकले विकास र विनास दुवै गर्छ भन्नेजस्ता गैरजिम्मेवार तर्क र तर्कनाले अब अन्नपूर्ण फन्कोको हित गर्न सक्दैन । युरो मापदण्ड विपरितका सवारी साधनलाई निर्वाध घाँसाबाट छिर्न दिनु अघि सिन्डिकेट पनि हटाउन नसक्नुमा कोष र लोकल प्रशासनको लापरवाही छ ।

एउटा भनाई छ ः ‘जबसम्म आफै उत्पादन गर्न सकिँदैन, तब अनुदानले मात्र केही लाग्दो रहनेछ ।’ स्थानीय बासिन्दा आफै पर्यटनका लागि कम्मर नसकेसम्म अरुले विकास गरिदिँदैनन् । अरुको मुख ताक्दा, अहिलेको मुस्ताङको जुन हालत भएको छ, भोलि त्यो विकराल बन्नेछ । प्राकृतिक सम्पदा, तिब्बती संस्कृति, हिमालपारि, माटोको सहरजस्ता विशेषणको ब्याज खाएर अब मुस्ताङ मुस्ताङ बन्न सक्दैन । ‘अब मुस्ताङ अन्तिम पटक जाने कि ?’ भन्ने जस्ता लोन्ली प्लानेट र न्यूयोर्क टाइम्सका आर्टिकललाई खतराको घण्टिका रुपमा नलिने हो भने जुद्धबहादुर गुरुङ त के कसैले पनि त्यसको संरक्षण गर्दैनन् । यसको सीधा असर म्याग्दी सदरमुकाम बेनीको आर्थिक गतिविधि र मुस्ताङको समाचार लेखेर जीवन निर्वाह गर्ने राज्यका सम्मानित चौंथो अंगमा पर्नेछ ।

यदि विरोधका बाबजुद कोषले नै एक्याप लिने हो भने मेरा केही सुझाव मान्नुपर्छ । पहिलो –प्रस्तावित शिक्षा, स्वास्थ्य र स्थानीय जनताको आर्थिक स्तर उकास्ने कामलाई कडाइपूर्वक लागु गर्नुपर्छ । लोन्ली प्लानेटले किन त्यस्तो भन्यो भन्ने कुरालाई मनन गर्नुपर्छ । वैकल्पिक पदमार्ग पहिचान गरेर पर्यटक आकर्षणका कार्यक्रम चलाउनुपर्छ । युरो मापदण्ड विपरितका गाडी छिर्नै दिनुहुन्न । चीन जोड्ने लोमान्थाङ सडकलाई समृद्ध तुल्याएर चिनियाँ र काठमाण्डू ब्यापारको नाका बनाउनुपर्छ । विदेशी क्रिडास्थल बन्न तत्काल रोक लगाउनुपर्छ । घोडा बेचेर मोटर किन्ने बानी रोक्नुपर्छ र कम क्षमताका भएपनि हावाबाट विजुली उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्नुपर्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete