Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, January 23, 2013

हाम्रै समा थारुमाथि हलिउड फिल्म



बिष्णु शर्मा
जनवरी २३, २०१३


अक्सर मिहेनतपूर्वक खिचिएका दृश्यभाषाले मलाई भावुक तुल्याउने गर्छन् । ती सिनेम्याट्रिक ल्यांग्वेजमा शक्तिशाली विम्व, रुपक र भाषा हुन्छन् । यस्ता कैंयन फिल्म हेर्दा टिस्यु पेपर पनि सकेको छु मैले । एकवर्ष अघि नेपालमाथिको स्पेनी फिल्म हेरेर आसु बगाएको थिए । फेरि, यस्तो एउटा फिचर फिल्मले मलाई आज चिमोट्यो र ब्लगमा लेख्न बाध्य भए । धन्यवाद छ, एकेडेमी अवार्ड नोमिनेटेड निर्देशक रिचर्ड इ रोविन्स, जसले विश्वभरका प्रतिनिधि किशोरीमाथि आधारित रहेर फिचर फिल्म बनाएका छन् ।


जसमा टाइम म्यागजिन पर्सन अफ दी इयर मलालदेखि हाम्रै नेपालकी समा थारुसहितका ८ विश्वचर्चित किशोरी फिल्ममा समेटिएका छन् । आगामी मार्च ७ मा हलिउडबाट रिलिज हुने फिल्मले छोरीलाई दिइने शिक्षा र त्यसको शक्तिको कथा भन्छ । स्ट्राटेजिक पार्टनर, इन्टेल कर्पोरेसन र सीएनएन फिल्म मिलेर बनाएको फिल्ममा प्रसिद्ध अभिनेत्रीहरू मेरिल स्ट्रिप, एन्नी हाथवे, सेलेना गोमेज र ए–लिस्टका हिरोइनले फिल्ममा आवाज भरेका छन् ।


सीएनएनले फिल्मबारे लेखेको छ– स्कुल जान नपाएका ६६ मिलियन केटीको कथा यसले भन्छ ।’ फिल्ममा उनीहरूले जीवन संघर्षका कथा बताएका छन् । महिला हिंसाविरुद्धको आन्दोलन विश्वब्यापी चलिरहेको बेला उक्त फिल्म महत्वपूर्ण हुने मैले ठानेको छु । ‘अकुपाई बालुवाटार’को छेकोमा फिल्म सान्दर्भिक पक्कै हुनेछ झनै, मानवीय संवेदनामाथि कथा भन्ने हलिउडको शैलीलाई सलाम गर्छु म । 


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete