Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, January 28, 2013

बन्दुकको घेरामा फिल्म हेर्नुपर्दा...!

विष्णु शर्मा
जनवरी २८, २०१३
प्रहरी सुरक्षा घेरामा मैले पहिलोपटक सिभिल मलमा ‘चाइना जोडाइक’ हेरेँ । बन्दुकको सुरक्षामा मनोरञ्जन लिनुको दीर्घकलिन प्रयत्न घातक त हुन्छ तर, तत्कालका लागि भने त्यसले मलाई रिफ्रेस तुल्यायो । त्यतिबेला मैले ट्रेलर हेरेको थिएँ –नेपालमाथि बनेको स्पेनी फिल्म ‘काठमाण्डू : मिरर इन द स्काइ’ चाँडै रिलिज हुनेछ । यो फिल्मप्रति मेरो किनपनि यतिको चासो छ भने, फिल्म जसमाथि बनेको हो, उनै महिला पतिद्धारा निर्घात पिटिँदा यो साता साप्ताहिकको रिपोर्टरको रुपमा म उनलाई भेट्न नर्भिक अस्पताल पुगेको थिएँ ।




इसिआर बोलाइन निर्देशित फिल्म लामो प्रतिक्षापछि काठमाडौं आउन लागेको हो । मड्रिडसहित युरोपका विभिन्न सहरमा यो सोसल ड्रामा रिलिज भैसकेको छ । भेरोनिका इचुगुइ, सौम्यता भट्टराई र नोर्बु छिरिङ गुरुङ अभिनित फिल्मले नेपाली युवकसँग विहे गरि यहाँको शिक्षा विकासमा लाग्नुपर्दाका संघर्ष र अवरोधलाई चित्रण गरेको छ । हिमालपारिको जोमसोम र काठमाडौंमा खिचिएको फिल्मले विश्वका थुप्रै फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । सर्वोच्च अदालतले समेत फिल्मलाई नेपाल रिलिजका लागि आदेश दिइसकेको अवस्था हो ।

पहिलो प्याराग्राफतिरै फर्कौं –पहिलोपटक प्रहरी कुनै फिल्म हलमा तैनाथ थिए । यस्तो लाग्थ्यो –संकटकाल सुरु भएको छ र मनोरञ्जन बन्दुकको घेराभित्र कैद छ । कम्ब्याट ड्रेसमा दुईजना सैनिक जवान रात्री सोको टिकट काट्न आएको दृश्यले झनै मेरो बिचारलाई बलशाली तुल्यायो । मिस्टर प्रधानमन्त्री –तपाईं अनिल कपुरको ‘नायक’ हेरेर प्रधानमन्त्री बन्नुभयो भन्दैमा के हामी पनि बन्दुक बीच फिल्म हेर्ने ? www.katmandulapelicula.com

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete