Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, January 30, 2013

नेपाली एप्लिकेसनको विश्व कीर्तिमान

विष्णु शर्मा
३१ जनवरी, २०१३

लोडसेडिङको हैरानी भोगिरहेका नेपाली बिजुली उपभोक्तालाई ध्यानमा राखी ल्याइएको लोडसेडिङ एप्लिकेसनले एन्ड्रोइड फोनमा कीर्तिमान राखेको छ । यो नेपाली एप्लिकेसन निशुल्क डाउनलोड गर्न सकिने टप फ्री एप्स बनेको छ । जसलाई भाइवर, फेसबुक, स्काइप र टेम्पल रन २ ले समेत फलो गरेका छन् । नेपाली तन्नेरीद्धय चन्द्र र एलिजा श्रेष्ठले मिलेर बनाएका हुन् । ‘नेपाल लोडसेडिङ’ नाम राखिएको यो एप्सलाई एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा मात्र डाउनलोड गरेर चलाउन सकिन्छ ।
यो एप्स तीन महिनामा १० हजार पटक डाउनलोड भैसकेको थियो । गुगल प्ले स्टोरमा रहेको यो एप्लिकेसन एन्ड्रोइड अपरेटिङ सिस्टम भएका सबै स्मार्टफोनमा पाइन्छ । लोडसेडिङका लागि विद्युत प्राधिकरणले बनाएका सात वटै समूह र तिनीहरूको तालिका समेत छ । प्रयोगकर्ताले आफ्नो तालिकालाई होमस्क्रिनमा पनि राख्न सक्छन् । अखबारको कटिङ हेर्दा हेर्दा व्यवहारिक नहुने भएकाले चाहिएको बेलामा मोबाइलमा हेर्न सकिने भएकाले यो एप्स लोकप्रिय बनेको छ । यो एप्सको विशेषता अफलाइनमा समेत चल्ने हो ।

एप्स निर्माताले यसलाई ब्यावसायिक प्रयोजनका लागि नभई सोखका लागि मात्र बनाएको जनाएका छन् । फाइलको साइज सानो भएको हुँदा यसको डाउनलोड छिट्टै गर्न सकिन्छ । यो एप्सको साइज २ सय १४ किलोबाइट मात्र छ । नेपालमा अहिले ७/८ हजार रुपैंयादेखि ७० हजारसम्म मूल्य पर्ने एन्ड्रोइड सिस्टमका स्मार्टफोन चल्तीमा छन् । सामसुङ, एचटिसी, जेडटीई, कार्बन, मोटोरोला, इरिक्सन, स्पाइस, हुवावे, एलजीले मोबाइल सेटमा एन्ड्रोइड अपरेटिङ सिस्टम राखेका छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete