Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, January 21, 2013

मायानगरीमा नक्कली स्वाद, नक्कली सन्तुष्टी

 दीपक सापकोटा
 जनवरी २२, २०१३

विश्वविख्यात रंगकर्मी बर्तोल्त ब्रेख्तको एउटा प्रसिद्ध भनाइ छ, ‘सिनेमा बदलिदैमा मान्छे बदलिने होइन । बरु, मान्छेको जीवनशैली बदलिएमा सिनेमा बदलिने हो । यसैले आजको अर्थव्यवस्थामा मनोरन्जनपूर्ण फिल्महरू बनाउनुको सट्टा कला फिल्म बनाउनुको परिणाम निस्किएला, रद्धि कला अनि खराब व्यवसाय ।’ उनले फिल्मलाई ‘रद्धि कला अनि खराब व्यवसाय’ भनेपनि नेपाली मायानगरीमा पस्ने हिरोइन भने दिन दुईगुणा, रात चौगुणाको दरले बढीरहेका छन् । यहा ‘रातारात’ नया हिरोइन् ‘एक्सन’ र ‘कट’मा जीउ मकाईरहेकी हुन्छिन् ।


 नेपाली फिल्ममा नया ‘नायिका’को भेल नै आएको छ । काचको गुलाबी दुनियाबाट नाम, दाम र इज्जत कमाउने सपनामा लठ्ठिएर फिल्म दुनिया“मा भित्रिने नया–नया युवतीको भीड उर्लदो छ (घट्नेवाला छैन) । करिष्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, जल शाह, विपना थापा, निरुता सिंहजस्ता नायिकाले आ–आफ्नै फरक अभिनयशैली र क्षमताबाट एकपछि अर्को सफलता पाइरहेका बेला कोही विदेश पलायन त कोही घरजम गर्नतिर लागेपछि बचेका थोरै पुराना नायिकाबाट चलेको नेपाली फिल्म क्षेत्रले पछिल्लो समयमा नयँ अनुहार बटुलिरहेको छ । जति नै नया हिरोइन बटुलेपनि मायानगरीले ‘आफ्नो प्रतिभाको पहिचान गर्ने’ र ‘आफूलाई हिरोभन्दा अब्बल देखाउने’ हिरोइन पाउन सकेन । ‘नया’हरू पनि पुरानाजस्तै ब्युटिपार्लरमा सुन्दरता र बुटिकमा आफ्नो शरीरलाई अर्धनग्न देखाउने पोसाक खोजिरहेका हुन्छन् । सिनेमामा आफूलाई अब्बल देखाउनुभन्दा पनि ‘सेक्सी’ देखाउनु ‘नया’ हिरोइनको रहर हुन्छ  ।

आफू कस्तो भूमिकामा अभिनय गर्दै छु भन्ने हिरोइनलाई थाहा हुदैन । ‘हिरो कस्तो छ’ भन्ने मात्र चासो हुन्छ । ‘आफ्नो भागमा कतिवटा नाचगान परेका छन्,’ ‘त्यसमा कस्तोखाले लुगा लगाउनुपर्छ’ भन्नेमात्र उनीहरूको चिन्ता हुन्छ । हिरोइनको सिर्जनात्मक सेरोफेरो यो परिधिभन्दा बाहिर गएको हुदैन । पर्दामा हिरोइन गाउ“छन्, रुन्छन्, कराउछन् । गीतका शब्दले रोई–रोई सारा कहानी भनिरहेका हुन्छ । नाचगानमा हिरोसग नाच्नु, गुन्डाहरूबाट भाग्नु जस्ता केही समानता छन्, जो नया र पुराना हिरोइनले पछ्याइरहेकै छन् ।

केही पुराना हिरोइनसगै नया अनुहारको पनि बाक्लै उपस्थिती पर्दामा देखिन्छ । निर्माण भइरहेका फिल्म हेर्दा पुरानाभन्दा नया“कै बर्चश्व छ । पैसा लगाएर चलचित्रमा हिरो बन्ने प्रवृति त छदैछ, जसकारण निर्माता/निर्देशक आफ्ना अधिकांश चलचित्रमा ‘पैसा खाएर’ नया हिरोलाई ‘स्टार’ बनाउ“छन् । ‘पैसा खर्चेर’ हिरो बन्नेहरुको ठुलै भीड छ फिल्मी दुनियामा । तर, हिरोइनको मामलामा चाहि यो कुरा लागु हु“दैन । बरु कतिपय नया अनुहार निर्माता/निर्देशकलाई कलकलाउदो शरिर सुम्पेर वा उनीहरूको स्वार्थ पुरा गरेर हिरोइन बन्ने गरेको चर्चा पनि सुन्ने गरिन्छ । नेपाली फिल्ममा ८५ भन्दा बढी पटकथा लेखिसकेका स्क्रिप्ट–राइटर मौनता श्रेष्ठ भन्छन्, ‘मायानगरी एउटा निर्जीव बस्तु हो, जहाबाट माया र संवेदनाको आश मात्रै गर्नु पनि मुर्खता मानिन्छ । मैले केही यस्ता निर्माता देखेको छु, जो मात्रै मोजमस्ती गर्न चाहन्छन् । कोही निर्माता राम्री युवतीलाई ‘एक रात आफूसग सुत्ने’ सर्तमा मात्र हिरोइन बनाइदिने बचन गर्छन् । यो मायानगरी साच्चै फोहोरी छ ।’ फिल्ममा हिरो÷हिरोइन जे गर्छन् त्यो मायाकै लागि गर्छन् तर, बास्तविकता निकै फरक छ ।

फिल्ममा नया नायिकाको प्रवेश आकासिएकै छ । पछिल्लो २ वर्ष यताको समिक्षा गर्ने हो भने, मायानगरीमा यति धेरै नया युवती नायिकाको रुपमा प्रवेश गरेको यो नै पहिलोपटक देखिन्छ । निशा अधिकारी, माल्भिका सुव्वा, नम्रता श्रेष्ठ, श्वेता खड्का, ऋचासिंह ठकुरी, सौजन्य सुव्वा, संयुक्ता राणा , सुमिना घिमीरे, केकी अधिकारी, कल्पना शाही, रुवि भट्टराई, निता ढुंगानाजस्ता धेरैका नजरमा परेका नया हिरोइन मात्रै हैन काजोल खड्का, जेनिसा केशी, रंजिता गुरुङ, संजिता गुरुङ, ममता प्रधान, जीया केसी, स्नेहा शर्मा, जानी केशी, जानु अर्याल, सुस्मा कार्की, खुस्बु न्यौपाने, सजना चौलागाई, एट्ना कार्की, अनुष्का ढकाल, बबिता लिम्बु, सोनिया केशी, ऋचा शर्मा ,सुसन खड्कालगायतका थुप्रै नायिकाको प्रवेश भएको छ नेपाली रजटपटमा ।


सदावहार नायिका करिष्मा मानन्धर भन्छिन्, ‘केही समययता नया नायिकालाई लिने ट्रेन्ड ह्वात्तै बढेको छ । चलचित्रमा काम गर्ने सीमित नायिकाका कारण पनि प्रतिभाशाली नया अनुहारले राम्रो अवसर पाइरहेका छन् ।’ उनको अनुभवमा पहिले–पहिले नायिका बन्न सजिलो थिएन, ‘राम्री’, ‘जिउडाल मिलेको’लगायतका केही सर्त थिए, जसले नायिका बन्न सघाउथे । ‘अहिले मान्यता फेरिएको छ सुन्दरताको’, करिश्मा भन्छिन् ‘त्यहिकारण भर्सटाइल एक्टरहरूको प्रवेश बढेको छ । यो राम्रो सुरुवात हो ।’

निर्देशक गोपालचन्द्र लामिछाने भन्छन्, ‘नया नायिकाको प्रवेश बढ्नु निकै राम्रो कुरा हो । तर, नया“ नायिकाहरू आफ्नो भूमिका के हो ? आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने बुझ्दैनन् । सिर्जनशील छैनन् नया नायिका ।’ एक/डेढ वर्ष अघिसम्म पनि नेपाली फिल्ममा हिरोइनको अभाव खट्किएको चर्चा चल्थ्यो । ‘निर्माता/निर्देशक नया नायिकाको खोजीमा’ टाइपका समाचार संचारमाध्यममा छाउथे । नायिकाको धेरैसग नाम जोडिने, बद्नाम छबि, सेक्स स्क्यान्डललगायत कारण उच्च घरानिया, शिक्षित परिवारबाट अझै पनि युवतीहरू खुलेरै फिल्ममा आउने अवस्था नभएको बताउ“छन् समीक्षक ।

पछिल्लो समय नया–अनुहारको भेलमा कतिपय निकै ‘प्रतिभाशाली’ र ‘चलेका पुराना हिरोइन’लाईं विस्थापित गर्ने खालका हिरोइन पनि आएका छन् । कतिपयलेचाहि निर्माता निर्देशकस“गको ‘चिनजान’ र ‘सम्बन्ध’का आधारमा एक/दुई फिल्ममा ‘चान्स’ पाएका छन् । नया नायिकाकै कारण करिष्मा मानन्धर, रेखा थापा, झरना थापा, ऋचा घिमिरे, अरुणिमा लम्सालजस्ता चल्तीका नायिकाको पहिलेजस्तो धेरै फिल्ममा तानातान गरिन छाडेको छ । रेखा, झरनापछि निर्माता/निर्देशकको ‘च्वाइस’मा पर्ने संचिता लुइटेलको निखील उप्रेतीस“ग गुपचुप रुपमा दोस्रो घरजम गरेपछि ‘हात लाग्यो शून्य’ भएको छ ।

अहिले बनिरहेका प्रशस्तै फिल्मका मुख्य भुमिकामा नया अनुहार ‘अनुबन्धित’ हुनथाल्नुले ‘नया’ नायिका ‘पुराना’लाई बिस्थापित गर्दैछन् भन्ने पुष्टि हुन्छ । नया र सिर्जनशील निर्देशकका फिल्ममा त झनै नया हिरोइनकै बाहुल्यता हुन्छ । पुराना निर्माता–निर्देशक पनि ‘पुराना’लाई बेवास्ता गर्दै नयालाई लिन थालेका छन् ।
क्षमता, सौन्दर्य भएका नया हिरोइनले प्रसस्तै ‘राम्रा’ अवसर पाइरहेका बताउ“छिन् नायिका मानन्धर । भन्छिन् ‘फिल्ममा हिरो चैं चलेकै खोजिएपनि नायिका भने नया भएपनि फिल्म चलाउन गा¥हो नहुने भएकोले नयालाई नायिका बनाइन्छ । ‘न्यु फेस’लाई एकैचोटी एकल हिरोइन बनाएर धेरै फिल्म बनिरहेका छन् । पुराना नायक श्रीकृष्ण श्रेष्ठले आफ्नो चलचित्र कहा भेटिएलामा बिल्कुलै ‘नौलो अनुहार’ श्वेता खड्कालाई एकल नायिका बनाए । जुन चलचित्र सुपरहिट भयो २०६६ मा । फिल्मका लेखक/निर्देशक विकास आचार्यले आफ्नो चलचित्र 'नाइ नभन्नु ल' मा नया अनुहार ऋचासिंह ठकुरीलाई एकल नायिकाको भुमिका दिए, जुन फिल्म यसवर्ष ‘हिट’ भयो ।

दर्शक पुराना नायिकाको अभिनय हेदा–हेर्र्दा दिक्क भइसकेको र ‘नया ‘टेस्ट’ नया कलाकारबाटै पाइने बताउछन् पटकथा लेखक तथा फिल्म निर्देशक मोहन निरौला । भन्छन्, ‘पुराना र चल्तीका नायिका आफुलाई ब्यवसायिक बनाउछन्, काम गर्ने नया उत्साह, उमंग, जागर पनि नयामै हुन्छ ।’ अहिले ‘त्यहि नायिका चाहिन्छ’ भन्दै करिष्मा वा रेखालाई नै देखाउने निर्मातानिर्देशक कम भएको बताउछन् उनी । नाइ नभन्नु ल, मन परेपछि, कहा भेटिएला मात्रै हैन पछिल्लो समय बनेका थुप्रै फिल्ममा नया–नया युवतीलाई मुख्य नायिकाको रुपमा देख्न सकिन्छ ।

'सानो संसार' र 'मेरो एउटा साथी छ'मा अभिनय गरि छोटो समयमै चल्तीका अरु धेरै नायिकाकै लाममा पुगेकी नम्रता श्रेष्ठको सेक्स भिडियो सर्वजनिकसगै फिल्मी यात्रामा उतारचढाव आयो । मिस नेपाल माल्भिका सुव्वा नविन सुव्वाको 'गुडवाई काडमाडौ'बाट नायिका बन्दैछिन् । संयुक्ता राणा आकाश अधिकारीद्धारा निर्देशित 'काडमाण्डौ'मा मुख्य भुमिकामा थिइन् । म्युजिक भिडियोमा चल्तीका कलाकार केकी अधिकारी 'स्वर', 'आइ एम सरी'जस्ता फिल्ममा छाएकी थिइन् । सौजन्य सुव्वा, सुमिना घिमिरे, काजोल खड्कालगायतका नायिका पनि मुख्य भुमिकामै देखिए । पुरानो सुपरहिट फिल्म 'कुसुमेरुमाल'को सिक्वेल 'कुसुमेरुमाल'बाट नायिका बनेकी रुवि भट्टराई अहिले 'तिमी मेरो म तिम्रो'मा नायिका बनेकी छन । म्युजिक भिडीयोमा नाच्दानाच्दै 'दसगजा'मा मुख्य नायिका बनेकी रंजिता गुरुङ, प्रशान्त तामाङ अभिनीत 'गोर्खापल्टन'मा पनि प्रमुख नायिकाको भुमिका छाएकी थिइन् । 'मिसन पैसा'बाट नायिकाको करियर सुरु गरेकी निशा अधिकारी 'नैनारेशम'मा पनि एकल हिरोइन बनिन् । सिमोश सुनुवारको 'फष्ट लभ'मा पनि मुख्य नायिकामै अभिनय गरेकी उनी थुप्रै फिल्ममा एकल भुमिकामा आउदैछिन् ।

फिल्म प्रदर्शनको लागि सहमति गर्दा वितरकले निर्माता÷निर्देशकलाई हिरोको मामालामा चल्तीका स्टार राख्न अड्को थाप्ने भएपनि हिरोइनको मामलामा जो भएपनि हुने भएकोले ‘नया’ले प्रवेश पाएका हुन् । निर्देशक मोहन निरौला दर्शक नायिका भन्दा पनि नायकको टाउको हेरेर फिल्म हेर्न आउने कारण ‘नया’ हिरोइनले प्रवेश पाएको सुनाउ“छन् । भन्छन्, ‘कतिपय पुरानाले बढि भाउ खोज्ने कारण पनि नयाले धेरै ठाउ पाउछन् ।’

नेपाली फिल्मको मूलधारको गोरेटो त्यति फराकिलो छैन । अहिले पनि एउटै ‘फर्मुला’ नेपाली फिल्ममा प्रयोग भइरहन्छ । केटाकेटीको प्रेम, पारिवारिक तनाव, बलिष्ठ पाखुरा भएको आर्दश हिरो अनि कमजोर नायिका, द्वन्द्व, हास्य पात्रमै नेपाली चलचित्र अल्झिइरहेको छ । नायिका मूख्य भूमिकामा आएपनि ‘नायिकाकै भूमिका कमजोर हुन्छ’ । किनहोला ? झरना बज्राचार्य भन्छिन्, ‘स्क्रिप्ट बलियो हुदैन । हिरोइनलाई केन्द्रबिन्दुमा राखेर स्क्रिप्ट लेखिनुपर्नेमा यहा पटकथा आफैं लेखिन्छ र हिरोइनलाई दिइन्छ । त्यसमा हिरोइनले जस्तो लेखिएको छ त्यस्तै अभिनय गर्नुपर्ने जरुरी हुन्छ । त्यसैले हाम्रा हिरोइन कमजोर देखिएका हुन् ।’ पुरुषप्रधान समाजमा फिल्ममा समेत हिरोइनलाई ‘हिरोको पछि कुद्ने मात्र’ भूमिका दिइन्छ ।

फिल्म दुनियामा प्रतिभा, क्षमताभन्दा बढि ‘अन्य’ कारणबाट नायिका बन्नेहरुको लर्को लामो देखिएको छ । केही नया नेपाली हिरोइन देख्दा लाग्छ–उनीहरू पैसा बटुल्ने हतारोमा छन् । चरित्र, प्रतिभा र सीप गौण विषय बनेका छन् । हिरोइनले ‘अभिनय’ होइन ‘सुन्दरता’ बेचिरहेका छन् । सुन्दरता सकिएको दिन उनीहरूको प्रयोजन पनि सिद्धिनेछ । हिरोइन यसैगरी गइरहे भने मायानगरीको रंगीन मार्केटमा बेकारको ‘माल’ मात्र बन्नेछन् । प्रतिभा र अभिनय क्षमताको वास्तै नगरी मालदार ‘प्रेमी’को खोजीमा लागेका हिरोइनको भविष्य के होला ?

प्रस्तुत धारणा लेखकको नीजि विचार हुन् । लेखमा कपिराइट (प्रतिलिपि अधिकार) लाग्नेछ । (Photos Courtesy : Shukrabar Weekly)

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete