Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, January 31, 2013

डिजिटल समाज बुन्दैछ नेपाल

प्रकटकुमार शिशिर
३१ जनवरी, २०१३

जमाना यस्तो थियो । कार्यालयमा जाँदा हाजिरी पुस्तिका हुन्थ्यो कलमले जनाउ चिन्ह लगाउँदै उपस्थिती हुनुपथ्र्यो अहिले अधिकाँश कार्यालयमा यो परम्परा विस्थापित भएको छ । एटेन्नडेन्स मेसिनमा तपाई आफ्नो कार्यालयको कार्ड वा आफ्नो हातका कुनै औला स्पर्श गराउनु भयो भने कम्युटरमा तपाईको उपस्थिती देखिन्छ । यसले कति बजे आएको र कति बजे गएको समेत रेकर्ड राख्दछ । दशकअघि टेक्नोलोजीमा अभ्यस्त नदेखिनेहरु अहिले विस्तारै टेक्नोलोजीको सहारा लिन थालेका छन् । प्रविधीको फराकिलो दायरामा अनेकथरी सुविधा हुन थालेपछि कुनै न कुनै सुविधामा नरमाउने सायदै भेट्टिन्छन् । कार्यालय सकेर रेष्टुराँ छिर्नेभयो । खाजा खाएपछि तिर्नुपर्ने रकम कलमले कागज विलमा कोरेर होइन कम्प्युटरको प्रिन्ट कागजमा आउँछ ।


बिजुली, टेलिफोन या अन्य कुनै सरकारी कार्यालयमा राजश्व वा कर तिर्ने जानुभयो भने खाता वा फाइल हेरेर होइन कर्मचारीले कम्प्युटरको किबोर्डमा औला चलाएर तिर्नुपर्ने रकम बताउँछन् ।

यी कुरा सामान्य र दैनिकी जस्तो भएपनि प्रविधीमा आएको विकाससँगै नेपाली समाज पनि अभ्यस्त भैसकेको छ । शुरुआती दिनमा यस्तो प्रविधीमा विदेशी सफटवेयर प्रयोग हुने भएपनि पछिल्लो पटक नेपाली सफ्टवयरहरु प्रयोग भैरहेका छन् । नेपाली सफ्टवेयर कम्पनीहरुले कर्पोरेट हाउस, निजी कार्यालय, गैरसरकारी संस्था, सरकारी कार्यालयलगायत साना ठूला पसल, अस्पताल, क्लिनिक तथा रेष्टुराँहरुलाई लक्षित गरि सफ्ववेयर निर्माण गर्न थालेपछि प्रयोग गर्नेहरुको संख्या पनि विस्तारै बढ्दै गएको छ । जीवनशैली टेक्नोलोजी डिपेन्ड्स (प्रविधीमा भर) हुँदा मान्छेका आवश्यकता र आँकाँक्षा अनुसार पनि निर्माण हुन थालेका छन् । सामान्य लाग्ने सफटवेयरले मान्छेको महत्वपूर्ण काम र समयको अधिकतम बचत पनि गरिदिएको छ ।

औषधी बेचेर बिलिङ्ग गर्ने सफटवेयर राखेका हिमाल मेडिकल हल कमलपोखरीका विमल न्यौपाने भन्छन् । यो सफटवेयर प्रयोगले औषधीको मूल्यदेखी कति विक्री भयो त्यो सजिलै थाहा हुन्छ साथै औषधीको स्टक कति छ त्यो पनि जानकारी पाइने हुँदा हामीलाई त सजिलो भएको नै छ साथै उपभोक्ताहरुको पनि समय बचत भएको पाइन्छ ।

नेपाली बजारमा बढ्दो सफटवेयर प्रयोगले सजिलो मात्र बनाएको छैन । सफ्टवेयरको कारोबार पनि बढाएको छ । नेपालको सुचनाप्रविधी क्षेत्रमा सफ्टवेयर सबैभन्दा राम्रो बजार र सम्भावना भएको पनि सफटवेयर डेभलपर तथा कम्पनीहरुले बताउँछन् । मोवाइल एप्लिकेसनदेखि स्वास्थ्य, शिक्षा, वित्तियदेखी विभिन्न व्यापारिक प्रयोजन, सरकारी काम लगायतका सफ्टवयर निर्माण, वेभपेज निर्माणको काममा नेपाली सफ्टवेयर कम्पनीले सेवा दिन थालेपछि यसको बजार बढ्दै गएको छ ।

नेपाली सफ्टवयर कम्पनीको बजार अहिले धेरै बढिरहेको कम्पयुटर एशोशियसन अफ नेपाल (क्यान) का अध्यक्ष सुरेश कर्ण बताउँछन् । लोकल र साउटसोर्सिङ कम्पनीले सफ्टवयर निर्माण गरी घरेलु बजार र विदेशी बजारमा पुराइरहेको बताउँदै सुचनाप्रविधीमा सफ्टवयरको बजार अझ रहने बताए । एकाउन्ट प्याकेजदेखी लिएर ससाना पसललाई आवश्यक पर्ने सफटवयर पनि निर्माण भैरहेको छ । ससाना काम पनि सफटवयरबाट हुन थालेपछि समाज पनि प्रविधी तर्फ लम्किरहेको बताउँदै कर्णले यसले समाजलाई पनि टेक्नोलोजीमा अभ्यस्त बनाएको बताए । विदेशमा रहेका कम्पनीहरुलाई नेपालमा नै बसेर काम गर्ने क्रम पनि बढिरहेको छ । यसले नेपाली सफटवयर र नेपाली डेभलपरको कामप्रतिको विश्वास पनि बढाइरहेको उनले बताए ।
पछिल्लो पटक व्यापारिक तथा सेवा क्षेत्रमा सफ्टवयर प्रयोग गर्नेहरु बढिरहेका छन् । सफ्टवयर प्रयोगले काम छिटो छरितो हुनुका साथै अन्य अपरेटिङ खर्चभन्दा कम पनि हुने भएकाले फाइदा हुने कर्ण बताउँछन् । साधारण १० हजारदेखी ४० हजार र ठूला र सुरक्षाका दृष्टिकोणले राम्रो मानिने सफटवेयरहरु एक करोडसम्म पर्ने कर्णले बताए ।

सफ्टवयरको बढ्दो मागसँगै डेभलपरहरु रोजगारी र नयाँ नयाँ कम्पनी खुल्ने क्रम पनि बढिरहेको छ । अहिले नेपालमा २ सयभन्दा बढि सफटवयर कम्पनी रहेको कर्ण बताउँछन् । यसमा ५० भन्दा बढि आउटसोर्सिङ कम्पनी रहेका छन् । एउटा कम्पनीमा ५ देखी १० जना डेभलपरले काम गर्ने गरेको पाइएको उनले बताए । सफ्टवयर कम्पनीले झण्डै ४ अर्ब बढीको बार्षिक कारोबार गर्ने व्यवसायीहरु बताउँछन् । २ अर्ब रुपैयाँ त आउटसोर्सिङको मात्र कारोबार हुने व्यवसायीहरुको अनुमान छ । नेपाली सफटवयर कम्पनीले पनि अन्तराष्ट्रिय कम्पनीसँग टाइअप गरेर काम गर्न थालेपछि आउटसोर्सिङ बढेको उडान सफटवयरका चिफ टेक्निकल अफिसर विमलकुमार क्षेत्री बताउँछन् । पहिला आउटसोर्सिङको काम भारतबाट मात्र हुन्थ्यो नेपाली कम्पनीलाई पनि विश्वास गर्न थालेपछि आउटसोर्सिङको काम बढेको उनले बताए । अष्ट्रिलियाको एक यूनिभर्सिटीका लागि वेभ एप्स बनाउँदै गरेका क्षत्रीले यो क्षेत्रमा युवापुस्तालाई राम्रो करिअर भएको बताए ।

सरकारी कार्यालय, निजी प्रयोग, व्यापारिक प्रयोजन तथा अन्तराष्ट्रिय बजारमा पहँुच बढ्दै गएपछि नेपालमा उत्पादन भएका सफ्टवयरहरुको प्रयोग बढ्दै गएको हो । सफ्टवयर निर्माणमा अग्रणी मर्कन्टाइलले उत्पादन गर्ने पुमुरी पलस आइभी (कम्प्युटरवेश) र ई–पुमुरी (इन्टरनेटवेश) बैकिङ् सफ्टवेयर ८० प्रतिशत वित्तिय संस्थामा प्रयोग हुदै आएको जनाएको छ । ठूला बाणिज्य बैंकले फिनाकल कोर भन्ने महँगो सफ्टवयर प्रयोग गरेपनि अन्य केही वाणिज्य तथा विकाश बैंक, फाइनान्स र सहकारीहरुले मर्कन्टाइलका बैकिङ् सफ्टवेयर प्रयोग गरेको जनाएको छ । पुमरी, ई–सेवा, रडिएन्ट, फिन्सिस, माइण्डमिल लगायत वित्तिय क्षेत्रका लागि प्रयोग हुने नेपाली सफटवयर हुन् ।

नेपालीले गर्ने सक्ने विश्वासकै कारण विदेशी कम्पनीले नेपालमा काम दिएको बारकोड नेपालका सिष्टम एनालिष्ट विशालमान सिंह बताउँछन् । सफटवयरको काम पछिल्लो पटक बढिरहेको बताउँदै प्रयोगकर्ता र उपभोक्ता दुवै यसबाट लाभाविन्त भएकाले यसको लोकप्रियता पनि बढ्दै गएको उनले बताए । आउटसोर्सिङको काममा फाइदा भएपनि त्यो दीर्घकालिन नहुने उनले बताए । लोकल मार्केटिङ दीर्घकालिन देखिन्छ । समय समयमा मोडिफाइदेखी अन्य सेवा सुविधा थपेर पनि काम लिन सकिन्छ तर आउटसोर्सिङमा त्यो प्राय नहुने उनले बताए ।


शिक्षा तथा स्वास्थ्यमा पनि सफटवयरको प्रयोगले प्रयोगकर्तालाई फाइदा पुराएको छ । मिदास टेक्नोलोजी प्रालीले शिक्षा र स्वास्थ्यका लागि सफ्टवयरको विकास गरी प्रयोगकर्तालाई सहज बनाएको छ । मिदासले सरकारी पाठ्यक्रम अनुसार नर्सरीदेखी १० कक्षासम्मका विद्यार्थीका लागि श्रव्य दृश्य सिडी पुस्तक तयार गरेको छ ।

त्यस्तै विरामीको नाम, ठेगाना र रोगको प्रकार राखेर तयार गरिएको सफटवयर पनि अस्पताल तथा निजी क्लिनिकमा प्रयोगमा आएका छन् । यस्तो सफ्टवेयरले दैनिक, मासिक र वार्षिक रुपमा विरामीको संख्या, रोगको प्रकार र उपचारको नतिजा सजिलै उपलब्ध गराउदँछ । नेपालकै पुरानो वीर अस्पतालदेखि, कान्ति, नेपाल मेडिकल कलेज, हेल्पकेयरदेखि पोखराको मणिपाल अस्पतालमा पनि मिदासले विकास गरेको सफ्टवेयर प्रयोग भईरहेको छ ।

नेपालमा गोल्छा अर्गेनाइजेशन अन्तर्गतको आइटी नेपाल, मर्केन्टाइल, पिसिएस, एन्स सफ्ट,उडान, मिदासले बढी मात्रमा सफटवयर निर्माण गर्ने गर्दछन् । रेष्टुरेण्ट, अस्पताल, रिटेल पसल, म्यानपावर कम्पनी, स्कुल, कलेज, सहकारी, बैंक, होटल, एचआरलगायत सबै क्षेत्रमा अहिले सफटवयर निर्माण भैरहेको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete