Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, January 21, 2013

अमेरिकी गोरीसँग मेरो भेट


विष्णु शर्मा
जनवरी २१, २०१३

नेपालका लागि पूर्व अमेरिकी राजदूत न्यान्सी जे. पावेलले मसँग उपल्लो मुस्ताङको लोमान्थाङमा दस मिनेट जति दुर्गम ठाउँको बारेमा कुरा गरेकी थिइन् । म जतिबेला त्यहाँबाट गोरखापत्र दैनिकका लागि काम गर्थें । सो अवसरमा न्यान्सीले आफ्नो कुटनीतिक यात्रापछि नेपाल मुलतः दुई कुराले प्रसिद्ध रहेको मलाई बताइन् । आज मैले त्यो क्षणलाई ब्लगमा उतारेको छु । उनले नेपालबारे दुई दृष्टिकोण पेस गरेकी थिइन् । पहिलो ती मनमोहक हिमश्रृङ्खलाहरु र दोस्रो तीललाई पहाड बनाउने मामिलामा नेपाली चाख ।


राजदूत पावेलको मुस्ताङ यात्रा जासुसी उपन्यासको विषयवस्तु जस्तै नेभडा मरुभूमीको क्षेत्रमा भन्दा बढी सनसनीपूर्ण बन्यो किनकी नेपालमा अराजकताका कुराहरु समेत रेष्टुरेन्टका विलका पछाडी पानामा टिपीन्छन् । ‘के हल्लाले यस यात्रालाई बढी सनसनीपूर्ण बनायो, मलाई थाहा छैन’ पावेल भन्छिन्–‘नेपालले जस्तै एक चीन नीति अमेरिकाले समेत अख्तियारी गरेको कुरालाई मानिसहरुले गलत बुझेका छन् ।’ नेपालका लागि नियुक्त ६ देशका राजदूतहरुको गोप्य बैठक र एउटा काल्पनिक अमेरिकी फिल्मी टोलीद्धारा नेपालको जासुसी अभियानको बारेमा ज्यादै व्यङ्गपूर्ण हाँसोसहित उनी तथ्यहरुलाई बाहिर ल्याउन कसैले चासो नदेखाएको बताउँछिन् ।

मुस्ताङको बारेमा वातावरणसम्बन्धी अधिकारी र राजदूतावासकै कर्मचारीहरुले मुख्य समाचारको सूचि बनाएकाले यात्रा गरेको उनी बताउँछिन् । रुचिपूर्ण तरिकाले खिचेका तस्वीरहरु ज्यादै आकर्षक भएको पनि उनले बताइन् । एक अथक पथिक र फोटोपत्रकारिताभन्दा हुरुक्कै हुने न्यान्सीले यात्रा गरिन् एक अनुपम सुन्दरताले भरिएको दुर्गम नेपाली गाउँको ।

अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण परियोजना जसले नेपालका सांस्कृतिक सम्पदाको संरक्षण गर्छ, भाग्य भनौं काठमाडौं बाहिर पहिलोपल्ट मुस्ताङ रोजियो भ्रमणकोे लागि । ‘जब अमेरिकी सरकारले बजेट पठाउँछ, सो प्रयोजनको लागि हामीहरु ती ठाउँहरुको भ्रमणमा निस्कन्छौं’ आफ्नो अफिसको अन्य चारजना सहयोगीसहित चार गुम्बाहरुको निर्माणार्थ २२ हजार सातसय ४६ अमेरिकी डलरको अनुदानको लागि ल्होमान्थाङ पुगेको उनी बताउँछिन् ।

उनले ४० डी एसएलआर क्यानोन क्यामेरा बोकेकी थिइन् । ‘त्यो ठाउँ जहाँ गाडीहरु औंलाले गन्न सकिन्थ्यो’ न्यान्सीले भनिन् । मार्च ३० गते काठमाडौंबाट हिंडेको कुटनीतिक टोली पैदलयात्रा तथा हिमाली घोडाहरु चढ्दै बहुचर्चित कालीगण्डकी खोंच (अन्धगल्छी) हुँदै चार अप्रिलमा ल्होमान्थाङ पुगेको थियो । कसरी त्यो कठोर यात्रा गर्नुभयो भनी सोध्दा दैनिक मर्निङवाक र अफिसमा समेत लिफ्ट प्रयोग नगर्ने बानीले यात्रा सफल भएको उनी बताउँछिन् ।

राजदूत न्यान्सीले धेरै यात्रा गरेकी छन् अमेरिकाको जियोनदेखि आर्चे राष्ट्रिय निकुञ्ज, बोत्स्वाना तथा १९८० को दशकमा सगरमाथा क्षेत्रमा समेत । तैपनी मुस्ताङको भ्रमण ज्यादै रमणीय भएको उनी बताउँछिन् । मूलतः त्यो क्षेत्रको संस्कृति नै आकर्षक रह्यो । ती युगौं पुराना गुम्बाहरु (जसको जिर्णोद्धार अमेरिकी कोष तथा अन्य सहयोगबाट चलिरहेको छ) ले त्यस ठाउँको गौरबलाई अझ झल्काउनेछ ।

बाटोभरी देखेका गुम्बाहरुका कलाकृति र चित्रहरु ज्यादै नै मनमोहक भएको पावेल बताउँछिन् । युरोपको माइकल एन्जेलो काल तथा पूनर्जागरण कालमा निर्मीत चित्रहरु तथा कलाकृतिहरु हेर्न र मर्मतसम्भार गर्न पाउनु आफ्नो अहोभाग्य ठान्छिन् उनी । आफ्नो एक दशक पुरानो क्यामेराले सुन्दरता कैद गर्ने अनुभवमा उनी असन्तुष्ट नै थिइन तर जुन तस्विर मानस्पटलमा यस ठाउँको छ, त्यो सदा रहने उनी बताउँछिन् ।

यद्यपी उनले मानिसहरुको तस्वीर लिन्छिन् तर उनको क्यामेरा सुन्दर भु–दृश्यले नै भरियो । सुन्दर प्राकृतिक छटा भएको मुस्ताङमा जो कहिले पनि धेरै फोटोहरु साधारण क्यामेराले लिन सक्ने उनी बताउँछिन् । उनी साँघुरो पैदलमार्ग तथा घोडाचढी गरिन अप्ठ्यारा बाटाहरुमा रोटी, नौनी र पिनर खाँदै । उनले बाटोमा आफूसँग ल्याएको खानेकुरा पनि मिसाउँदै खान्थिन । त्यस ठाउँको प्रकृति, संस्कृतिबाहेक त्यो बाहेक ठाउँमा आधुनिकताको बढ्दो प्रभावलाई देखेर उनी छक्क पर्थिन् । किनकी त्यहाँ एटीएम तथा इन्टरनेट सेवा उपलब्ध थिए ।

के तपाईं मुस्ताङ आउनुहुन्छ भन्ने प्रश्नको उत्तरमा पावेलले नेपालमा नघुमेका धेरै ठाउँहरु छन् तिनैले प्राथमिकता पाउलान भनी जवाफ दिन्थिन । उनको प्राथमिकता सूचिमा नेपालको सुदूरपश्चिम पनि परेको थियो । बुद्ध जन्मस्थल लुम्बिनी पनि उनले घुमेकी थिइन् । उनको गोप्य भ्रमण सायद लुम्बिनीका स्तुपहरु वा दार्चुलका पहाडहरुमा पनि भएको थियो । उनै न्यान्सी हुन् जो यतिबेला दक्षिण छिमेकी भारतमा कुटनीतिक जागिरे काल व्यतित गरिरहेकी छिन् । यी गोरी बुढीसँगको छोटो भेट मेरा लागि प्रेरणास्पद रहिरहनेछ ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete