Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, January 22, 2013

मेरो लोमान्थाङ घुमघाम (भाग २)

विष्णु शर्मा
जनवरी २२, २०१३

छोसेरका आङफुट्टी गुरुङ अब कैंयन वर्षसम्म थातथलो फर्कने छैनन । भोटेताल्चा झुण्डिएको छ दैलोमा । पढाइ पनि बीचैमा टुंगियो । तबेलाका घोडा, खच्चर पनि जोमसोम झरे । त्यो भन्दा पनि जन्मथलो छाड्नुपर्दाको अवसाद आङफुट्टीको अनुहारमा प्रष्ट देख्न सकिन्छ । हालै बेसीको पोखरामा रोजगारका लागि भौंतारि“दै गरेको बेला भेटिए आङफुट्टी । कारण –बेमौसममै परिवारसहित हिमालवारि झरेका हुन् उनी । अब घुमन्ते व्यापारको सिलसिला सुरु हुनेछ यो हिमाली परिवारको । बेसीको महंगीमा टिक्न र थलिएकी आमाको उपचारका लागि पैसा कमाउनु आवश्यक छ आङफुट्टीलाई ।


उनको जस्तै छोसेरका थुप्रै परिवार क्रमशः थलो छाड्दैछन् । साम्जुङका निमा विष्ट, सुर्खाङ ध्येका टिपी गुरुङको परिवार पनि झिटीगुन्टा कसेर बेसी झरेका छन् । सबैभन्दा दुर्गम मध्ये सामजुङमा रहेका १६ र ध्येका २२ परिवारमध्ये आधाजसोले गाउ छाडिसकेका छन् । ध्ये गाउमा अहिले १४ परिवार मात्र बा“की छन् । जहा“ २५० परिवार मात्र बसोबास गर्छन् । ‘खानेपानीको मूल सुकेको पहिल्यै हो, चरन क्षेत्रमा पनि घास उम्रेको छैन’ निमा भन्छन्, ‘सिंचाइ नहुदा अन्न उम्रिएन, गाउमा बस्न गाह्रो भयो ।’ उनीजस्तै सो क्षेत्रका बासिन्दा कृषि, पशुपालन तथा हिउ“दे व्यापारमा निर्भर छन् तर त्यो अवस्था खुम्चि“दो छ ।

बाच्ने आधार भत्किन थालेपछि उपल्लो मुस्ताङका हिमाली गाउ यतिबेला रित्ता देखिन्छन् । नत्र, चिसो ठिहीबाट बच्न र घुमन्ते व्यापार गर्न मंसिरदेखि सिंगो उपल्लो मुस्ताङ बेसी झथ्र्यो । गर्मीमा उक्लने र चिसोमा झर्ने हिमाली परम्परा थियो । ‘राज्य र वातावरणले ठगेका हामी बेटुंगे बनेका छौं’ आङफुट्टीले कहे, ‘मुहान सुकिसक्यो, खेत बाझै छ, पानी पर्न छाड्यो, वस्तु भकाभक मर्न थालेपछि घर छाड्नुको उपाय छैन ।’ यतिबेला छोसेरेको चिसो मरुभूमि मानवीय पलायन खेप्दै छ । तीन हजार मिटरमाथिको तिब्बत सीमावर्ती गाउहरू यतिबेला रित्ता छन् ।



नखाएको मदिरामा लठ्ठिदै छ उपल्लो मुस्ताङ । विश्व जलवायु परिवतर्नको नकरात्मक प्रभाव अन्त कहि छ त यहीं छ । दशक लामो सशष्त्र द्वन्द्वको बाछिटा समेत नपरेको हिमालपारि यतिबेला जलवायु शरणार्थीको नया पीडा खेप्दै छ । इतिहासदेखि सधै द्वन्द्व र राजनीतिक शरणार्थी बन्दै आएका बासिन्दा अब शरणार्थीको नया आयाममा आफूलाई आत्मसात गर्दैछन् । उष्णीकरण, प्रकोप, सुख्खा खडेरी, मरुभूमिकरणले यहा जलवायु शरणार्थीको समस्या देखापर्दैछ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत उपल्लो मुस्ताङ प्रमुख रहिसकेका नरेन्द्र लामाका अनुसार तीनहजार मिटरमाथिका बासिन्दा जलवायु शरणार्थी बनेका छन् । ‘त्यो क्रम बढ्दै छ’ लामाले भने, ‘राज्यले आन्तरिक शरणार्थीको व्यवस्थापन गर्नु जरुरी भैसकेको छ ।’

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल उपल्लो मुस्ताङ पुग्दा सामजुङवासीले जलवायु परिवर्तनका कारण गाउको मुल सुकेको र खानेपानीको अभाव भई जीवन निर्वाह गर्न कठिन भएको गुनासो गरेका थिए । उनीहरूले खानेपानीको स्रँेत नभएकाले अन्यत्र सार्न अनुरोध गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले सरकारले राहतको व्यवस्था गर्ने आश्वास दिए । आश्वासन पुरा नहुदै सामजुङ र ध्येमा आन्तरिक विस्थापनको लर्को सुरु भएको छ । ‘यसअघि जलवायु शरणार्थीबारे कहिल्यै सुनेका र देखेका थिएनौं’ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङ भन्छन्, ‘शरणार्थीको नया रुप देखापरेको छ, समस्या निराकरणमा ध्यान दिइएन भने उपल्लो मुस्ताङमात्र होइन, मनाङ, डोल्पा र मुगुमा पनि जलवायु शरणार्थीको समस्या हुनसक्छ ।’

छोसेरका सामजुङ र ध्ये गाउ सबैभन्दा बढी जलवायु परिवर्तनको चपेटामा छन् । ध्येका कामी गुरूङको खेतमा गतवर्षदेखि नै हो फापर, उवा र आलु उत्पादन हुन छाडेको । अनाज पनि हुन छाडेपछि कामी थातथलो छाड्ने निधोमा पुगेका थिए । पशुपालन पेशामा निर्भर उनको परिवार चरन नहुदा वस्तु मर्न थालेपछि चिन्तित थियो । उनी अहिले जोमसोममा खुद्रा ब्यापार गरेर बसिरहेका छन् । ‘जलवायु परिवर्तनले नै छोसेरका सामजुङ (३, ९३५ मिटर) र सुर्खाङको ध्ये (३,९९० मिटर)का पशुहरूमा अनौठा रोग देखापरेको छ’ ल्होमान्थाङ पशु सेवा इकाइ प्रमुख कृष्णप्रसाद ऋणी भन्छन्, ‘प्रमुख आयस्रोत नै भाचिएपछि कसरी बस्ने ?’ उनका अनुसार प्रतिकूल हावापानीले बाली उत्पादनमा नकरात्मक प्रभाव परेको छ र पछिल्लो समय अधिकांश परिवारलाई दुईमहिनापनि खान पुग्दैन ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा गौतम विस्थापित हुनेहरूले तिब्बती वा मातृभाषाबाहेक थोरैले नेपाली बोल्ने बताउछन् । ‘हिउदे व्यापारका लागि भाषा बाधक बनेकाले अन्य बस्तीका जस्तै यिनीहरू ब्यापारमा तल झर्दैनन्’ प्रजिअ गौतम भन्छन्, ‘चिसो र अभाव सहेर भएपनि यिनीहरू त्यहीं बस्ने भएकाले विस्थापित हुदा अप्ठ्यारो हुन्छ ।’ वातावरणीय शरणार्थीको व्यवस्थापनका लागि जिल्लास्तरिय पहलले नपुग्ने हुदा राष्ट्रियतहको व्यवस्थापन उपाय पहिल्याउनुपर्ने बताउछन् ।

समस्या बढिरहेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा ती बस्तीलाई भौगोलिक तथा सांस्कृतिक दृष्टिकोणले उपयुक्त जीवन विताउन सकिने ठाउमा स्थानान्तरण गर्ने योजना तय गरिएको छ । ‘पर्यटकीय दृष्टिकोणले उपयुक्त, सिंचाइका लागि स्थायी स्रोत, सांस्कृतिक तथा व्यवहारिक रुपमा ग्रहणयोग्य जीवन बिताउन सजिलो हुने स्थानमा स्थानान्तरण गरिनेछ’ कोषका सदस्य सचिव गुरुङ भन्छन्, ‘यो मुलुककै पहिलो वातावरणीय शरणार्थी स्थानान्तरण कार्यक्रम हुनेछ ।’

उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङ उचाइमा रहेको चिसो मरुभूमि क्षेत्र हो । यहाको ५५ प्रतिशत भू–भाग खाली जमिन, ४२ प्रतिशत चरण, १.४ प्रतिशत कृषि, ०.५ प्रतिशत बुट्यान र बाकी अंश खोलानाला तथा ताल आदिले ओगटेको छ । मनसुनी वायुले नेपालमा वर्षा गराएपनि यो हिमालपारि भएकाले ज्यादै कम लगभग १८० मिलिलिटर प्रतिवर्ष वर्षा हुन्छ । तापक्रम वर्षायाममा अधिकतम २६ र हिउदताका न्यूनतम माइनस ९ डिग्रीसम्म रहन्छ । यहाका खोला ज्यादै गहिरिएर बगेका छन् । खोलाको पानीबाट नदी किनारमा रहेको केही भाग सि“चाइ भएपनि अधिकांश सुख्खा मरुभूमि छ । यस क्षेत्रमा लगभग ६ हजार मानिस बसोबास गर्छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete