Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, January 28, 2013

यसकारण मनोज कन्ट्रोभर्सी रुचाउँछन्

विष्णु शर्मा
जनवरी २८, २०१३

कुनै विशेषण र सर्वनामको जरुरी पर्दैन उनलाई चिनिरहन । घरेलु फिल्ममा उनको आफ्नै पहिचान स्थापित छ । मनोज पण्डित अर्थात कन्ट्रोभर्सीका पर्याय । त्यही कन्ट्रोभर्सीले यी मोटो जीउडालका मनुवालाई बेलाबेलामा बहस र विवादको केन्द्रविन्दुमा ल्याइदिन्छ । उनी कन्ट्रोभर्सीका प्रिय यसकारण पनि हुन कि उनी गतिमा विश्वास गर्छन् । नेपाली पर्दामा सबैभन्दा ‘द्वन्द्व’को वकालत गर्नेमा पण्डित अग्रणी छन् । झुस्स दाह्री पाल्ने र कमान्डिङ स्वरको यही व्यक्तिबाट मैले ‘दृश्य भाषा’ र ‘मनोविज्ञान’ सिकेको थिएँ । मलाई दर्शकीय मनोविज्ञानको बोध गराउने व्यक्ति उनै पण्डित थिए जो ‘द्वन्द्व’मा विश्वास गर्छन् । अक्सर हाम्रो चिया गफको मेसो नेपाली समाजको कुनै मुद्दामाथि बहस गर्ने अवसर बन्ने गर्छ ।


मनोज पण्डितलाई म नेपालका क्याथरिन बिगेलो ठान्छु । ती क्याथरिन बिगेलो जसको ‘जिरो डार्क थर्टी’लाई पेन्टागनले प्रतिबन्ध लगाएको थियो । ती क्याथरिन बिगेलो जो अमेरिकी प्रभुत्वबादविरुद्ध एट्लान्टापारि मायामीमा एक्लै डटेकी थिइन् र उनै क्याथरिन बिगेलो जसले अमेरिकी कथित लोकतन्त्रका आदर्शलाई एक एक गर्दै उजिल्याएकी थिइन् । यतिबेला मनोज पण्डित विश्व मानचित्रमा नभेटिने हिमाली राज्यमा बसेर पहिचानका लागि लड्दैछन् । उता क्याथरिन अँध्यारो क्यानभासमा कला पोत्दैछिन्, यता मनोज सेतो पर्दामा इतिहासले थोपरेका फोहोरबाट चल्ने कला बुन्दैछन् । मैले यो सन्दर्भ यतिबेला पेश गरेको हुँ जतिबेला रक्षा मन्त्रालयले उनी निर्देशित फिल्म ‘बधशाला’लाई विभिन्न सैनिक पोशाकको कारण देखाउँदै प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

तर, ‘द्वन्द्व’लाई जीवनको आदर्श मान्ने पण्डित न्यायको दैलो ढक्ढक्याउन रामशापथ जाने तयारी गर्दैैछन् । अभिव्यक्ति स्वतन्त्रताका कतिपय पण्डितहरू ‘न्याय खोज्न दैलेख जानु’ भन्दै सडक तताइरहेको बेलामा मनोज ‘न्याय खोज्न रामशाह पथ जानु’ भन्ने तयारीमा लागिपरेका छन् । हुनपनि व्यवस्थाविरुद्ध सरकार खनिएपछि न्याय माग्न जाने त अदालत नै हो । ‘बधशाला’ प्रकरण ठीक वा गलत भन्ने निर्णय सर्वोच्चको फैसला पछि नै थाहा लाग्नेछन् । तर, ‘बधशाला’ प्रकरणलाई मैले सत्ता र लोकतन्त्रविरुद्धको द्वन्द्वको रुपमा लिइएको छ । मनोज, फिल्म र सेना त आवरणमात्र हुन्, निहितार्थ सेना उदार र लोकतान्त्रिक छ कि छैन भन्ने नै हो ।


हालैको एक चिसो खसेको दिउँसो हाम्रो भेट बागबजारको भक्तपुर बसपार्क नजिक भएको थियो । म चाहन्थे –राम्रो क्याफेमा बसेर कफि पिऊँ । तर, उनले मलाई एउटा यस्तो ठाउँमा लिएर गए जहाँ जान सुकिला मान्छेहरू हिच्किचाउँछन् । जहाँ उनले आफू ‘द्वन्द्वको समाधान द्वन्द्व’ नै हो भन्ने समाजशाष्त्रीय अनुसन्धान गरिरहेको बताएका थिए । हुन पनि उनले जत्तिको सुझाव, अक्सर कमैले दिन्छन् । ‘द्वन्द्वको अन्त्य गर्न द्वन्द्व’ नै आवश्यक देख्ने मनोजको यो विश्लेषण बुझ्दा थाहा लाग्छ, ‘ग्रेटर नेपाल’ र ‘दासढुंगा’ हुँदै ‘बधशाला’सम्म जति पनि उथलपुथल भएका छन्, ती सबै यही सिद्धान्तले प्रतिपादन गरेका घटना मात्र हुन् । ‘बधशाला’ प्रकरण कारण मात्र हो, मुख्य कारण द्वन्द्व, संघर्ष र घर्षण रुचाउने मनोजको व्यक्तिगत प्रवृत्तिभित्र लुकेको छ । यसैकारण म उनलाई हरेक पटक मन मनै दुस्साहसी सम्बोधन गरिरहन्छु ।

4 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  3. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  4. नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

    ReplyDelete