Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, January 24, 2013

मेरो मनोरञ्जन अधिकार खोइ ?



विष्णु शर्मा
जनवरी २४, २०१३


यतिबेला सिंगो मुलुक आन्दोलनमा छ । पत्रकार सडकमा । विपक्षी सडकमा । कलाकार सडकमा । स्वयम सत्तापक्ष सडकमा । लोकतन्त्रलाई गति दिन भए सहमति, नभए आन्दोलनको उपाय हुँदैन । विना मुद्दा आन्दोलन चल्दैन । एउटा चिनियाँ उखान छ –‘मेरो अगाडिको यात्रा त्यो पहाडले रोकेको होइन, मेरै जुत्ताभित्रको ढुङ्गाले रोकेको हो ।’ अहिले यस्तै भएको छ, फिल्मकर्मीको आन्दोलन पनि । फिल्मलाई उद्योगको मान्यता दिलाउन आन्दोलन गर्नुपर्नेमा, अनुहार फेरेर अध्यक्ष बनाउने कसरत भैरहेको छ ।


मैले यहाँ चर्चा गर्न खोजेको कुरा –मनोरञ्जन अधिकारको हो । नेपाल विश्व ब्यापार संगठनको सदस्य हो । मुलुक उदार अर्थतन्त्रको बाटोमा छ । व्यवस्था परिवर्तनका लागि आन्दोलन आवश्यक हुन्छ । तर, मनोरञ्जन लिन पाउने वैयक्तिक अधिकार निषेध गरेर आन्दोलन चलाउँदा त्यो गलत सन्देश जनमानसमा जान्छ । नेपाली फिल्मको प्रस्थान विन्दु औद्योगिक मान्यताबाट हुनुपर्ने हो । त्यसपछि बल्ल स्वायत्तता र पेशागत माग अघि आउँछन् ।

आन्दोलनमा कसले भाग लिए, माग के हुन् र दवाव कसरी दिइन्छ भन्दा पनि आन्दोलनको ब्यापक सैद्धान्तिक आधार मुख्य कुरा हो । यसो गरिँदा मुद्दा र समाजसँग फिल्मलाई जोड्न सकिन्छ अनि दर्शकले आन्दोलनप्रति अपनत्व महसुस गर्छन् । जबसम्म आन्दोलन सामाजिक मुद्दा बन्दैन तबसम्म अमुक व्यक्तिलाई बोर्ड अध्यक्षको जागिर दिनुमा मात्र यसको उपादेयता सीमित रहन्छ । आन्दोलनकै सहयात्री प्रदर्शक संस्थालाई मिलाएर लैजान नसक्नु अर्को विडम्वना हो । यी त भए आन्दोलनलाई सफल बनाउने सूत्र ।

तर, यसो गरिँदा मनोरञ्जन अधिकार कुण्ठित गरिनु हुँदैन । विदेशी होस् कि स्वदेशी फिल्म हेर्न पाउनु दर्शकीय अधिकार हो । जबसम्म मुलुकले खास दर्शनसहितको संविधान पाउँदैन तबसम्म आन्दोलन चलिरहन्छन् र अधिकारको आयतन खुम्चिरहन्छ । चेतना भया ! (Photo Courtesy by : Filmykhabar.com)

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete