Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

घोडा बेचेर गाडी, मुस्ताङमा खुसीसँगै चिन्ता


विष्णु शर्मा जनवरी १९, २०१३

हिमालपारि कागबेनीका धारा गुरुङको चिनारी उल्टिएको छ । तीनताकको घोडाखच्चर धनीबाट अहिले उहाँ मोटरधनी हुनुभएको छ । अहिले उहाँसँग मोटरसाइकल, ट्रयाक्टर र दुइटा जिप छन् ।
उहिलेको भरिभराउ घोडा र खच्चरका गोठहरू रित्तिएका छन् र अहिले ती ठाउँ मोटर पार्किङ बनेका छन् । "तीसवटा हिमाली घोडा र एक सय खच्चर थिए", अतीत उधिन्दै गुरुङले भन्नुभयो, "अब ती सबै विस्थापित भए ।
" मुस्ताङ-कोरला सडक सञ्चालनमा आउन थालेपछि धारालाई मोटर किन्ने रहर जागेको हो । अहिले उहाँको गोठमा २० घोडा र झन्डै ४० जति खच्चरछन् । "अरु सबै बेचेर सकिइसके", गुरुङले भन्नुभयो, "अब यी पनि बेच्ने सुर गर्दैछु ।" कुनैताका यो हिमाली पहाडको ट्रक भनेर चिनिने घोडाखच्चरभन्दा मोटरमा लगानी गरे नाफा हुन्छ भन्ने गुरुङलाई लागेको छ । एउटा खिरिलो घोडालाई एक/डेढ लाखसम्म पर्छ ।

त्यही घोडा बेचेर धाराले तीन लाख १६ हजार मोल पर्ने भीआर मोटरसाइकल किन्नुभएको छ । दैनिक जोमसोमदेखि कागबेनी ओहोरदोहोर गर्न र सामान ढुवानी गर्न उहाँलाई यीसवारीले सघाएका छन् । "घोडा भए दाना खुवाउन र बिरामी हुँदा उपचारमा लाग्नुपथ्र्यो", उहाँ भन्नुहुन्छ, "मोटरसाइकललाई पेट्रोल भए हुन्छ, घोडाको काम सबै मोटरसाइकलले गर्छ ।"





घोडाका एकाध फाइदा पनि छन् भन्ने उहाँलाई थाहा छ, पर्यटक बोक्ने र मलिलो मलको उपलब्धता । पर्यटकले दिनको नौ सय तिरेर घोडा सयर गर्छन् । घोडा नहुँदा पर्यटकहरू हिँडन् र मोटर चढ्न बाध्य छन् । "गजबको संस्कृति थियो घोडा र खच्चर हुँदा", गुरुङले भन्नुभयो, "याक र झोपालाई भारी बोकाउँदा पर्यटकहरू फोटो खिच्न ओइरिन्थे तर विकासको खुसीसँगै यहाँका बासिन्दामा परम्परा हराउने चिन्ता पनि उब्जिएको छ ।"

धाराजस्तै उपल्लो र तल्लो मुस्ताङका अधिकांशले घोडाखच्चर बेचेर मोटर किनेका छन् । "पहिले निकै गुल्जार थियो", मोटरले पुर्‍याएको असरप्रति सङ्केत गर्दै कोवाङका समाजसेवी इन्द्र तुलाचन भन्नुहुन्छ, "अहिले त्यो सबै हराएको छ ।" विगतमा उपल्लो मुस्ताङ जाने पर्यटकले कागबेनीबाटै घोडा लिएर जान्थे तर अहिले त्यो प्रवृत्ति फेरिएको छ । छुसाङको चैलेसम्म ट्रयाक्टर वा हिँडाइको विकल्प रोज्न पर्यटक बाध्य हुनुपर्छ । http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=19475&cat_id=4



1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete