Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, January 30, 2013

यसकारण डाकिए चिनियाँ राजदूत

विष्णु शर्मा
३१ जनवरी, २०१३


चिनियाँ राजदूत याङ होउलान मेरा लागि यसअघिका क्यू गोहाङभन्दा पनि परिचित हुन् । एउटा समारोहको जमघटमा मैले मुस्ताङमा बढ्दो कुट्नीतिक चलखेल र चिनको स्ट्यान्डका बारे उनीसँग हल्का कुरा गरेको छु । अंग्रेजी भाषाका प्रखर वक्ता उनै याङ नेपालप्रति सद्भाव राख्नेमध्येका एक चिनियाँ कुटनीतिज्ञ हुन् । तर, यतिबेला चिनले उनलाई फिर्ता डाकेको छ र अर्को पूर्वी एसियाली मुलुक म्यानमारको राजदुत कार्यभार दिइएको छ । चिनियाँ कम्युष्टि पार्टीको महाधिवेशन लगत्तै याङलाई किन फिर्ता डाकियो भन्ने बारे त्यहाँको विदेश मन्त्रालयले केही खुलाएको छैन ।


परराष्ट्र मामिलामा रुचि राख्ने व्यक्तिको रुपमा मैले याङको फिर्तीमा दुई कारण देखेको छु –पहिलो, उनले नेपालमा चिनविरोधी पश्चिमा क्रियाकलाप (खासगरी अमेरिका)लाई रोक्न सकेनन् र दोस्रो –कुटनीतिकरुपमा नेपालभन्दा बढी संवेदनशिल मुलुक म्यानमारमा उनको आवश्यकता चिनले महसुस गरेको छ ।’ अझै गहिरिएर बुझ्दा, दोस्रो कारण प्रमुख हुनसक्छ । जुन्ता सरकारको शासनकालले प्रजातन्त्रको बाटोमा अघि बढ्ने र आङ साङ सुकीलाई नजरबन्दबाट मुक्त गरेपछि अमेरिकाले बर्मालाई आफ्नो पक्षमा तान्न खोजेको छ र याङ्गुनमा बहुराष्ट्रिय कम्पनी खडा गर्दैछ ।

यसमा अमेरिकालाई काउन्टर दिन यसअघि दक्षिण कोरियामा राजदुत रहिसकेका याङलाई त्यहाँ पठाइएको हुनसक्छ । याङको स्थानमा अहिले टर्कीमा राजदुत रहेका यु चुन्ताईलाई नेपालको राजदुतमा पठाउने तयारी भैरहेको छ । जेहोस्, याङको कार्यकालमा भुल्न नसकिने गम्भिर पक्ष भनेको उनले भारत र चिन मिलेर नेपालको विकासमा लाग्नुपर्ने धारणा राखेका थिए । यो अभिव्यक्तिले डिप्लोमेसीमा तरंग फैलिएको थियो । चिनले नेपालभन्दा म्यानमारलाई गम्भिर खतराको रुपमा लिएको हुनसक्छ । अमेरिकी राष्ट्रपति ओवामाले अबको परराष्ट्र नीति एसिया केन्द्रित गर्ने रणनीति लिएपछि त्यसको चिनियाँ भाइव्रेसन याङसम्म आइपुगेको हुनुपर्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete