Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 19, 2013

जो २०१३ मा निर्देशक बन्दैछन्

विष्णु शर्मा
जनवरी २०, २०१३

अभिनेता तथा अभिनेत्रीहरू निर्देशक बन्ने ट्रेन्ड वर्ष २०१३ मा निकै बढ्नेछ । केहीवर्षयता अपेक्षा गरिएका कलाकारले निर्देशनमा जागरुकता देखाएका छन् । निर्माणमा लगानी गर्ने क्रम त पुरानै हो यद्यपी २०१३ भित्र निर्देशक बन्ने लगभग पक्कापक्की भएका केही अभिनेता र अभिनेत्री छन् जो यतिबेला निर्देशनको गृहकार्यमा जुटेका छन् । प्राप्त विवरणअनुसार एक्सन कट्को सूचिमा थपिने निर्देशकहरू यसप्रकार छन् ।



मनिषा कोइराला, अभिनेत्री
मनिषाले सिनेमा निर्देशन गर्नेबारे धेरै गसिपहरू बने । तर, वर्ष २०१३ मा उनी निर्देशक बन्ने पक्कापक्की छ । पृथ्वीनारायण शाहबारे मनिषाले सिनेमा निर्देशन गर्दैछिन् । साथीहरूसँग मिलेर उनले लेखेको स्क्रिप्ट सकिएको छ र हिरो राजेश हमाल बन्ने निश्चित छ । हिरोइन तय भएकी छैनन् । यसअघि उनले श्रीलंका सरकारले बनाउने भनिएको गौतम बुद्धबारेको सिनेमा निर्देशन गर्ने कुरा थियो तर यसबारे पुष्टि भएको छैन । भारतबाट फर्किएपछि मनिषा ‘पृथ्वीनारायण शाह’ चलचित्रमा व्यस्त हुनेछिन् ।

 रेखा थापा, अभिनेत्री तथा निर्मात्री
वर्षको अन्त्यबाट निर्देशनको तयारी थाल्ने जानकारी रेखाले यसअघि नै दिएकी थिइन् । अब म हिरो वरिपरि नाचेर टाइमपास गर्नेछैन भन्ने अभिव्यक्तिसँगै रेखाले आफू निर्देशनको तयारीमा गम्भिर ढंगले लाग्ने बताएकी छिन् । रेखा एकाध स्क्रिप्टको तयारीमा छिन् जुन प्रोजेक्टलाई उनको आफ्नै होमप्रोडक्सन रेखा फिल्मसले निर्माण गर्नेछ । सम्भवतः उनले निर्देशन गर्ने सिनेमा एक्सन श्रेणीको हुनेछ । उनी पछिल्लावर्षमा एक्सन सिनेमामा अनुबन्धित भइरहेकी थिइन् ।

राजेन्द्र खड्गी, अभिनेता तथा द्वन्द्व निर्देशक
खड्गीसँग यतिबेला दुईवटा होमप्रोडक्सनका प्रोजेक्ट छन् । ‘ब्ल्याक गगल्स’ र ‘रेखा’ । यहीवर्षभित्र प्रोजेक्ट सक्ने तयारीमा छन् खड्गी । स्वयम फाइट डिरेक्टर रहेका खड्गीले यिनै सिनेमामार्फत निर्देशनमा हात हाल्नेछन् । छोरी रागिनी सिनेमाकी हिरोइन बन्नेछिन् । स्क्रिप्टमा काम गरिरहेका खड्गीले छोरीलाई रजतपटमा स्थापित गराउन पनि निर्देशन थाल्न लागेका हुन् । रागिनीले शोभित बस्नेतको ‘प्लान’बाट एक्टिङमा डेब्यु गरेकी थिइन् ।

राजेश हमाल, अभिनेता
महानायक कहलिएका अभिनेता राजेश हमाल वर्ष २०१३ को अन्त्यमा निर्माता एवम निर्देशक बन्ने तयारीमा छन् । हुन त उनले तीनवर्षअघिदेखि नै आफू निर्देशक बन्ने कुरा बताएका थिए तर, स्क्रिप्टलगायत फिल्मी व्यस्तताका कारणले उनले समय निकाल्न सकेका थिएनन् । निर्देशन गर्न यतिबेला हमालसँग तीनवटा स्क्रिप्ट छन् । उनी आफैले यसमा गृहकार्य गरिरहेको सहयोगी चिरञ्जीवि आचार्यले बताए । हमालले हालैपनि आफू निर्देशक बन्ने कुरालाई पुष्टि गरेका थिए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete