Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, January 25, 2013

यस्तो छ मेरो ओस्कर प्रेडिक्सन


विष्णु शर्मा
जनवरी २५, २०१३

संसारकै सर्वोत्कष्ट फिल्म अवार्ड ओस्कर (एकेडेमी अवार्ड) घोषणा हुन एक महिना जति बाँकी छ । यो बीचमा सानातिना सबै फिल्मका पण्डितले विजेताको अड्कलबाजी थालेका छन् । म पनि तिनै हजारौं मध्येको एक हुँ । नेपालमा फिल्म रिलिज नभएपनि तिनका समिक्षा, फुटेज, महत्ता, समाचार र प्रभावको विश्लेषण गरेर ओस्कर प्रेडिक्सन गरेको छु । यो सन्दर्भमा मैले ओस्कर अवार्डलाई विशुद्ध फिल्म निर्माणसँग मात्र लिएको छैन, अमेरिकी परराष्ट्र नीतिसँग पनि जोडेको छु । फिल्म चलचित्र मात्र होइन, संस्कृति थोपर्ने माध्यम पनि हो ।


मेरो प्रेडिक्सनमा गोल्डेन ग्लोब,बाफ्टा र क्रिटिक्स च्वाइस अवार्डका परिणामलाई पनि आधार मानेको छु । यथार्थ त आगामी फेब्रुअरी २४ मा थाहा लाग्नेछ । जहाँ पाँच हजारभन्दा बढी सदस्य भएको जुरीको भोटको आधारमा ओस्कर विजेताको चयन गरिन्छ । मेरो ओस्कर प्रेडिक्सनमा 'अर्गो', 'जिरो डार्क थर्टी' र 'लिंकन'को सम्भावना बढी छ । किनभने यी तीनैवटा फिल्म जति दमदार छन्, उति नै यी तीनैले अमेरिकी युद्ध, मानवीय संवेदना र अमेरिकी नीतिको विजयको एजेन्डा बोकेका छन् ।

त्यसमा पनि अमेरिकाका मुख्य दुस्मन ओसामा विन लादेन पक्राउ अनि हत्याको विषयमा अमेरिकी सैनिकमाथि बनेको क्याथरिन बिगेलोको फिल्म 'जिरो डार्क थर्टी'लाई दावेदार मानिएको छ । यही एजेन्डा हो, जसमाथि टेकेर बाराक ओबामा पुनः ह्वाइट हाउस छिरेका थिए । उत्कृष्ट निर्देशकमा 'लिंकन'का स्टिवन स्पिलवर्ग र 'जिरो डार्क थर्टी'की क्याथरिन बिगेलोकै टक्कर हुन सक्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको जीवनको अन्तिम कालखण्ड माथिको फिल्मका लागि स्पिलवर्ग बलिया छन् ।

उत्कृष्ट अभिनेतामा 'लिंकन'कै अभिनेता डेनियल डे लेविस उत्कृष्ट हुन सक्छन् । केही महिनाअघि टाइम म्यागजिनले लेविसलाई संसारकै उत्कृष्ट अभिनेता भनेर लेखेको थियो । 'लेस मिजरेवल' ह्युग ज्याकम्यान पनि जित्न सक्छन् । अभिनेत्रीमा 'जिरो डार्क थर्टी'की जेसिका च्यास्टिनले जित्न सक्छिन् । 'सिल्भर लाइनिङ प्लेबुक'बाट जेनिफर लरेन्स प्रवल दावेदार छिन् । 'द इम्पोसिवल'की नाओमी वाट्सलाई पनि मैले बलियो ठानेको छु । विदेशी भाषाको फिल्ममा 'अमोर' उत्कृष्ट बन्न सक्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete