Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, January 26, 2013

बानी सिक्न लाज नमान्ने कि ?

विष्णु शर्मा
जनवरी २६, २०१३



मलाई समाजसँग गाँसिएका सेलिव्रेटी आदर्श लाग्छन् । तर, समाजमा ती सेलिव्रेटीको बहुमत छैन । हाम्रै नेपालमा पनि एकाध त्यस्ता सेलिव्रेटी त छन् जो परिक्षामा अझै पास भैसकेका छैनन् । ती सेलेब्सको फिल्म रिलिज मिति थाहा पाउने वित्तिकै म अक्सर फस्ट डे –फस्ट सोको टिकट बुकिङ गरिहाल्छु । अहिले मेरो मनमा डेनियल डे लेविस, आमिर खान र क्याथरिन बिगेलोप्रति श्रद्धाभाव छ । टाइम म्यागजिनका व्यक्ति मात्र नभएर यी तीनले समाजलाई फिल्मसँग जोड्ने उदाहरणीय मानक खडा गरेका छन् ।


आमिर खान : भारतमा सत्यमेव: जयते नामक टेलिभिजन रियालिटी सोबाट कन्या भ्रुण हत्याको मुद्दा उठाएका आमिर बलिउडका ‘मिस्टर पर्फेक्टसनिस्ट’ हुन् । उनकै अग्रसरतामा भारत सरकारले यस्तो अपराध गर्नेलाई कार्वाहीका लागि ‘फास्ट कोर्ट’ गठन गरेको थियो । आमिर यस्ता शक्तिशाली ब्यक्ति हुन्, जसको एकल प्रयासले सिंगो भारत हल्लियो र भारतीय समाज दुई कित्तामा विभाजित भयो । उनले आफ्ना मुद्दालाई स्थापित गरेरै छाडे । उनको यो सेलिव्रेटीहुडलाई हाम्रा कलाकारले पनि फलो गर्नुपर्ने मैले देखेको छु । कलाकारिता र आफ्नो छविलाई समाजको उत्तरदायित्वसँग जोड्ने आमिर मेरा श्रद्धाका पात्र हुन् ।


डेनियल डे लेविस : अमेरिकी १६ औं राष्ट्रपति अब्राहम लिंकनको जीवनको अन्तिम समयमाथि बनेको फिल्म ‘लिंकन’ ओस्कर अवार्डमा मनोनित भएकै र यसअघि पनि दुईपटक अवार्ड जितेकाले मात्रै होइन, डेनियलले दुई दशकमा अभिनयको आफ्नै परिभाषा निर्माण गरे । कुनैपनि पात्र र चरित्रमा डुब्नुअघि डेनियल शारीरिक र मानसिकरुपमा पात्रको जीवनको नजिक पुग्छन् । कलाकारिताको यो तन र मनको गाथा डेनियलले विश्वलाई सिकाएका छन् । टाइमले उनलाई संसारकै महानतम अभिनेता भनेको छ । ‘लिंकन’मा उनको शक्तिशाली अभिनयको ऋण सम्भवतः विश्वले चुकाउन सक्ने छैन ।


क्याथरिन बिगेलो : ‘हर्ट लकर’ र ‘जिरो डार्क थर्टी’जस्ता मानवीय संवेदना र अमेरिकी युद्धको यथार्थता खोतलेकी क्याथरिनलाई म श्रद्धा गर्छु । कथा भन्ने उनको शैलीमात्र होइन अँध्यारोलाई कलाको रुपमा पोत्ने उनको प्रवृत्ति र शक्ति तथा सत्तासँग सिंगौरी खेल्ने उनको दमदार नायिकापन मेरो स्मरणमा रहिरहनेछन् । ठूला युद्धमा भ्रम छरिरहेको अमेरिकी प्रभुत्वबाद र रगत बगाएका निर्दोष सैनिकको भित्री संवेदना देख्ने क्याथरिनले स्वैरकल्पनाका साइन्स फिक्सन र कथित एक्सन जनरालाई पूर्णतः नकारिन र यथार्थ पस्किइन् । हामीले पनि क्याथरिनको यो पाटोलाई किन फलो नगर्ने ?

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete