Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, January 29, 2013

कान्तिपुर पढौं कि नागरिक ?

विष्णु शर्मा
जनवरी ३०, २०१३


एकाविहानै साइकिल ब्वाइले फ्याँकेको पत्रिका आँगनमा बीउ छरेजस्तो छरिएका हुन्छन् । टिपेर हेडलाइनमा नजर डुलाउँदा खै के –खै के जस्तै भएको छु म । कभर स्टोरीका उठानले स्वयम अलमल–अलमल परेको छु । के पढ्ने, के नपढ्ने ? निश्पक्ष समाचारका वाहक भनिने ठूला कान्तिपुर र नागरिक–रिपब्लिका र द काठमाण्डू पोस्टमा छापिएका ठूला हेडलाइनले महिनायता दिग्भ्रमित छु । हिजोआज यी ‘ठूला’ अखबार दलका मुखपत्र जस्ता छन् ।


कान्तिपुर र द काठमाण्डू पोस्टले माओवादीको खोइरो खन्ने अनि नागरिक र रिपब्लिकाले कांग्रेस–एमालेको खोइरो । ग्राहकलाई निरन्तरता दिऊँ कि नदिऊँ दोधारमा छु । ग्राहक बनेबापत मैले पढ्न पाउने सूचनाको अधिकार पाइरहेको छैन जस्तो अनुभूति हुँदैछ ।

ममात्र होइन, यी अखबारले दिने सूचनाले नेपाली समाज विभाजित भएजस्तो लाग्छ । भैंसेपाटीमा मर्निङ वाकमा निस्किने नेपथ्य ब्यान्डका गायक अमृत गुरुङसँग म अक्सर विहान कफी पिउने गर्छु । उनै अमृत पनि हिजोआज अखबारको स्टोरी टेलिङ देखेर वाक्क दिक्क भएका रहेछन् । अमृत प्रतिनिधि पात्र मात्र हुन् । हिजोआज निश्पक्ष समाचार पाउनै मुस्किल भैसकेको छ ।

एकाध विश्लेषणबाहेक हिजोपल्ट फेसबुक र ट्वीटरमा पढिसकेको न्यूज भोलिपल्ट पैसा तिरेर अखबारमा पढ्नुपर्छ । सोसल मिडियाले न्यूज रुमलाई कसरी प्रभावित पारिरहेका छन् भन्ने सामान्य कुरो पनि सम्पादक सरहरूले नबुझनुभएको हो कि ? नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपाल सरले अक्सर मलाई सम्झाउँदै भन्ने गर्नुहुन्थ्यो –‘पत्रकारभन्दा पाठक चेतनशिल र बलिया छन् भन्ने हामीले बुझ्नुपर्छ ।’ उहाँले भनेको कुरा यतिबेला खट्किएको छ ।

हिजोआज मलाई दलका समाचारप्रति खास चासो छैन । कुटनीति, विश्व र मनोरञ्जन मेरा रुचिका विषय हुन् । तर, हाम्रा अखबारहरू धेरैले रुचि नराख्ने राजनीति र दलका नेताका बासी अनुहार र भाषण छाप्छन् र पढ्न बाध्य पार्छन् । बेनीमा रहेका मेरा हृदयी मित्र हरिकृष्ण गौतमले त प्रतिज्ञा नै गरेँ –अब दोहोर्‍याएर जिल्लामा आउने नेताको भाषणको रिपोर्टिङ गर्दिँन ।’ उनको यो चासो र चिन्ताप्रति मेरो पनि समर्थन छ । हामीजस्ता ग्राहकले अखबारलाई पाठ सिकाउने कि ?

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete