Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, January 20, 2013

एकसय चालिस शब्दको शक्ति

विष्णु शर्मा
जनवरी २०, २०१३


एक सय चालिस शब्दको शक्ति कति हुन्छ, सम्भवतः प्रधानमन्त्री बाबुराम भट्टराईले महसुस गरेको हुनुपर्छ । सेना, सत्ता र शक्ति हुदाहुदै उनको ट्वीटर मोहले इन्टरनेटको शक्तिलाई बल दिएको छ । सिरिया, लिबिया र इजिप्ट क्रान्तिमा ट्वीटरदेखि डराएका सत्ता सारथीहरूको गाथा हाम्रा विधावारिधी पीएमलाई पनि थाहा छ । उनले आइतबार दिउसो पहिलोपटक ट्वीटरबाट सामाजिक सञ्जाल ज्वाइन गरेका छन् र पहिलो ट्वीटमै देशको अहिलेको हालतबाट निराश नहुन युवाहरूलाई आग्रह गरेका छन् ।








प्रधानमन्त्रीको ट्वीटर खाता आइडी @brb_laaldhowj  हो । ट्वीटर सम्बोधनको केही मिनेटपछि उनलाई फलो गर्ने, रिट्वीट, फलो र प्रतिक्रिया जनाउनेको संख्या बढेको छ । मुलुकभित्रका कुटनीतिज्ञ, अकुपाई बालुवाटार र महिला हिंसाविरोधी प्रदर्शनमा सहभागिता जनाउनेहरूले ट्वीटरलाई अभिव्यक्तिको माध्यम बनाएपछि बाबुराम पनि कस्सिएका हुन् । उनलाई ट्वीटर चलाउन उनका स्वकीय सचिव विश्वदीप पाण्डेले सल्लाह दिएका रहेछन् ।

पहिलो ट्वीटमा भट्टराईले भनेका छन् –'प्यारा नागरिक, खासगरि युवावर्ग, देशलाई आशावादी तुल्याइराखौं । चुनौतिलाई हामीले सम्भावनामा बदल्नुपर्छ ।’ बाबुरामले यसअघि कुनै ट्वीटर एकाउन्ट चलाएका थिएनन् । ट्वीटरबाटै उनले सर्वसाधारणसग छलफल गर्न सकिने बताइएको छ । सहयोगी पाण्डेका अनुसार फेसबुकमा बाबुरामले खाता खोलेपनि चलाएका भने छैनन् । तपाईं पनि ट्वीटरमा प्रधानमन्त्रीसग गफ गर्ने कि ?

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete