Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, January 24, 2013

बाबुरामसँग मेरा तीन फिल्म


विष्णु शर्मा
जनवरी २४, २०१३

प्रधानमन्त्रीसँगै बसेर तीनवटा फिल्म हेर्ने अवसर पाएको छु मैले । ‘दासढुंगा’, ‘मसान’ र ‘जलजला’ हेरेपछि उनलाई प्रतिक्रिया पनि सोधेको थिएँ । उनले डाकेको चियापानमा संस्कृतिकर्मीको रुपमा सहभागि पनि रहँ । हाम्रा फिल्मप्रेमी प्रधानमन्त्री बाबुराम भट्टराई जति फिल्म हेर्ने नेता अहिलेसम्म यहाँ सायदै छन् होला । उनै प्रधानमन्त्री भएको बेला फिल्मकर्मी आन्दोलनमा उत्रनु दुःखद संयोग चाहिँ अवश्य नै हो । कस्मेटिक लोकप्रियता खोज्ने भट्टराईको प्रवृत्तिबारे मैले अहिलेसम्म बुझ्न सकेको छैन ।


उनको अर्जुनदृष्टि यतिबेला संवैधानिक संकट टार्न राष्ट्रिय सहमति जुटाउनेतर्फ लक्षित हुनुपर्ने हो तर, त्यस्तो देखिँदैन । यी सबथोक छाडेर उनी मिडिया ‘हाइप’ कमाउन लागिपरेका छन् । गतसाता माइक्रोब्लगिङ साइट ट्वीटर पनि ज्वाइन गरे । एकसातामै दोस्रोपटक फिल्मकर्मीलाई भेटेर उनले चलचित्रसँग नजिक हुन लागेको सन्देश दिए । केही महिनाअघि सरकारी निवासमा उनले फिल्मकर्मीबाट औद्योगिक मान्यता दिलाउने सम्बन्धी ज्ञापनपत्र बुझेका थिए । चार दिन नबित्दै भट्टराईले पुनः डिजिटल सिनेमा नेपाल डीसीएनको दोस्रोपटक निरिक्षण गरेर घरेलु फिल्ममा डिजिटल प्रविधि विकासको प्रशंसा गरे । राष्ट्रिय मुद्दाको छिनोफानो छाडेर फिल्मी जमघटमा पुग्ने प्रधानमन्त्रीको बढ्दो प्रवृत्ति पछाडि दुई किसिमका स्वार्थ गाँसिएका छन् । पहिलो –उनी सेलिव्रिटी लोकप्रियतालाई आफ्नो राजनीतिक प्रतिष्ठामा उपयोग गर्न चाहन्छन् । दोस्रो –नेपाल उद्योग वाणिज्य महासंघ कामचलाउ सरकार रहिरहेकै बेला फिल्मलाई औद्योगिक मान्यता दिलाउन चाहन्छ । महासंघका वस्तुगत समिति सदस्य तथा डीसीएन प्रबन्ध निर्देशक अशोक शर्माको चुल्हे निम्तो स्वीकार्नु पछाडि दुवैतिरको आपसी अपेक्षाहरु कारक छन् ।


सरकारी हैसियतमा नरहँदा पनि वर्तमान प्रधानमन्त्रीले डीसीएन निरिक्षण गरेका थिए । लगत्तै उनले दसैं, तिहार र छठ्को छेकोमा बालुवाटारमा कलाकारलाई चियापान आयोजना गरे । काठमाडौं सरसफाइका लागि सिंहदरबारमा कलाकारको सहयोग र प्रतिबद्धता खोजे । निर्देशक समाजको अन्तराष्ट्रिय कार्यशालामा फिल्मको प्रवृत्तिको व्याख्या गरे, बालुवाटारमा उद्योग मान्यताबारेको ज्ञापनपत्र बुझे । फिल्म प्रिमियर र समारोहमा बाबुरामको सहभागिता प्रशष्त पाइन्छ । तर, किन रु यसको उत्तर उनी आफैले बालुवाटार चियापानमा यसरी दिएका थिए, –संस्कृतिकर्मी र राजनीति अभिन्न अंग हुन् । सांस्कृतिक सौन्दर्यविनाको राजनीति पूर्ण हुँदैन ।’

मिडियाबाट चलचित्रप्रेमी प्रधानमन्त्रीको उपमा पाएका भट्टराई अझै फिल्मसँग नजिक हुन चाहन्छन् । फिल्मी समारोहका निम्तोलाई सकेसम्म बालुवाटारले अस्वीकार गरिरहेको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द पौडेल भन्छन्, –उहाँ बाबुरामले सेलिव्रिटी पावर राम्रैसँग बुझ्नुभएको छ । संस्कृतिप्रेमी भएकाले पनि फिल्मप्रति उहाँको रुचि जागेको हुनुपर्छ ।’ यही कारण प्रधानमन्त्रीका अधिकांश कार्यक्रममा उनको पार्टी निकट फिल्मकर्मी पुगेकै हुन्छन् । तर, आलोचक प्रधानमन्त्रीको फिल्मी दौडाहालाई सस्तो प्रचारबाजी र मिडिया हाइपका लागि भएको तर्क गर्छन् ।

अर्कोतर्फ, व्यावसायीको छाता संस्था महासंघ आफूसँग नजिक रहेका र अर्थतन्त्र राम्रोसँग बुझेका बाबुरामबाटै फिल्मलाई उद्योगको मान्यता दिलाउने काममा सक्रिय छ । अर्थमन्त्री कालमा उनले डेढकरोड फिल्मलाई उपलब्ध गराएका थिए । उद्योग स्थापनाको प्रस्तावना सरकारलाई बुझाइएपनि बाबुरामले अबको बजेटमा फिल्मलाई उद्योगको मान्यता नदिलाउने अर्थ स्रोत बताउँछ । चलचित्र विकासबोर्डलाई उपलब्ध गराउने नियमित बजेट बाहेक फिल्मको अतिरिक्त सम्बोधन नहुने दावी स्रोतको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete