Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, March 13, 2013

तीन सवाल : राजु लामा, हमालकी गर्लफ्रेन्ड र डिप पर्पल

विष्णु शर्मा
१३ मार्च, २०१३ 


Madhu Bhattarai, Girlfriend of Hamal
नेपाल गायक संवेदनशिल बन
राजु लामा मेरा प्रिय गायक हुन् । सानैदेखि म उनका गीतको पारखी हुँ । अहिले पनि उनका गीतले ममा पुराना दिनको याद दिलाउने गरेको छ । उनी सेलिव्रेटी मात्र होइनन, नेपाली समाजले पत्याउने उचाइका अग्ला मान्छे हुन् । सिंगो नेपाली समाजलाई गायनबाट एकताको सूत्रमा बाँध्ने मान्छे हुन् उनी । तर, उनको फेसबुक स्टाटसले मलाई केही सोच्न बाध्य पारिदिएको छ । उनी चिनियाँ कम्युनिष्ट शासनको विरोधमा तिब्बतीले न्यूयोर्कमा गरेको विरोध प्रदर्शनमा सहभागि भएछन् र तिब्बतीको मानवअधिकारको आन्दोलनमा सहभागि हुन र समर्थन गर्न सबै नेपालीलाई आह्वान गरेका छन् । राजु यतिबेला अमेरिकामा छन् र चीनलाई घेर्न कस्सिएको अमेरिकी माटोबाट उनले तिब्बतको पक्षमा जसरी अभिव्यक्ति दिएका छन्, व्यक्तिगत र मानवीयरुपमा यो स्वभाविक पनि हो । तर, उनले जे बोलेका छन्, त्यो नेपाली कुटनीतिविपरित छ । नेपाली नागरिक र सेलिव्रेटीका रुपमा उनले यो बोलेका कुरा निन्दनिय छ । यदि उनी नेपाली सेलिव्रेटी हुन् र मानवअधिकारको वकालत गर्छन् भने दुर्गम नेपाली ठाउँको अवस्थाको उठान गर्नुपर्छ । गायक लामाको यो अभिव्यक्तिको कडा शब्दमा विरोध गरौं ।

महानायक र मधु उत्कृष्ट जोडी
लामो समयको प्रेम र अनुमानपछि अभिनेता राजेश हमालकी प्रेमिका मधु भट्टराईको तस्विर अन्ततः सार्वजनिक भएको छ । हमाल र स्वयम मधु मिडियाबाट यस कुरामा टाढै बसेका थिए । केही नेपाली फिल्मी वेभसाइटले भट्टराईको तस्विर बाहिर ल्याए । आधा दशक लामो समयदेखि अफेयरमा रहेका हमाल र मधुले वर्षको अन्त्यतिर विहे गर्ने योजना बनाएका छन् । मधु समाजशाष्त्रमा त्रिभुवन विश्वविद्यालयकी स्नातक विद्यार्थी हुन् । एक ट्याब्लोइडले मधुको स्केच सार्वजनिक गरेलगत्तै उनीबारेका तस्विर र सम्बन्धका थप आयाम बाहिरिएका हुन् । सम्भवतः राजेश र मधुको यो जोडी नेपालकै उत्कृष्ट जोडीमध्ये पर्छ । मधुले साइवर संसार वेभसाइटका लागि पनि मोडलिङ फोटो खिचाएको पत्ता लागेको छ । दुवैलाई उज्वल भविष्यको शुभकामना ।









 

डिप पर्पलको कन्सर्ट रद्द यसकारण
अन्तिम समयमा आएर बेलायती बूढो ब्यान्ड डिप पर्पल र भारतीय अभिनेता फरहान अख्तरले काठमाडौंमा गर्न लागिएको कन्सर्ट रद्द गरेका छन् । आयोजकका अनुसार लगातारको बन्द र हड्तालले कन्सर्टको मिति सारिएको बताएका छन् । पोस्टपोन्ड गरिएको भनिएपनि कन्सर्ट अब अनिश्चित बनेको छ । तर, स्रोत चाहिँ डिप पर्पल ब्यान्डले नेपाली सुरक्षा स्थितीलाई कारण देखाउँदै नेपाल आउन नचाहेको बताउँछ । ‘ब्यान्ड आउन त चाहन्छ तर यहाँको सेक्युरिटी सिचुएसनलाई लिएर उनीहरू चिन्तित छन्’ स्रोतले मलाई भन्यो, ‘अब कन्सर्ट अनिश्चित बनेको छ ।’ अन्तिम समयमा आएर कन्सर्ट रद्द गरिँदा आयोजकलाई लाखौंको क्षति पुगेको छ । सोही कन्सर्टमा बलिउड अभिनेता तथा निर्देशक अख्तरले पनि गाउने योजना थियो ।

No comments:

Post a Comment