Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, March 12, 2013

विहारमा ‘फ्री ल्यापटप’/यता इन्टरनेट क्रान्ति

विष्णु शर्मा
१२ मार्च, २०१३

यो साता सूचना प्रविधिबारेका दुई अभूतपूर्व कुरा सुन्न पाइयो । पहिलो –नेपाल टेलिकमले आगामी असारभित्र दुर्गम भीर पखेरामा समेत तीव्र गतिको इन्टरनेट पहुँच पुर्‍याउने घोषणा गर्‍यो । दोस्रो –नेपालसँग सीमा गाँसिएको भारतको उत्तर प्रदेशमा त्यहाँको सरकारले प्रवीणता प्रमाणपत्र तह पास गरेका विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण थाल्यो । पक्कै पनि पछिल्लो दशक सूचना प्रविधिमा फड्को मारेको नेपाल र विश्व शक्तिका रुपमा उदाउँदो भारतको सम्पन्न प्रदेश विहारमा ‘फ्रि ल्यापटप’ र नेट एक्सिस कार्यक्रम थाल्नु खुशिको कुरा हो । नेपालको अनुभवमा ल्यापटप वितरण भने नौलो होइन । विहारकै शैलीमा पाँचवर्षअघि शिक्षा मन्त्रालयले हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयको  प्रावि तहमा विद्यार्थी पढाइमा आकर्षित गर्न यस्तो कार्यक्रम थालिएको थियो । जुन अहिलेपनि संचालनमा छ ।

शिक्षालाई मोबाइल र इन्टरनेटसँग जोड्न गरिएको यस्तो प्रयत्न सह्रानिय छ । शिक्षाविद विद्यानाथ कोइरालाले एकपटक एकाध पत्रकारहरूको जमघटमा भनेको कुरा आज पनि मलाई याद छ । कोइराला भन्दै हुनुहुन्थ्यो –‘शिक्षालाई प्रविधिसँग जोड्न सकिएन भने गुणस्तर बढ्दैन ।’ आजको साइवर पुस्ताका लागि यो अपरिहार्य हो । उहाँको यही शैलीमा सरकारले मुस्ताङ र काभ्रे जिल्लाबाट विद्यार्थीलाई ‘फ्री ल्यापटप’ वितरण कार्यक्रम चलाएको छ । तर, यो कार्यक्रमलाई देशब्यापी बनाउन सकिएको छैन । यसका लागि ठूलो धनराशीको खाँचो हुन्छ । चुनाबमा गरेको बाचा पुरा गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले ल्यापटप कार्यक्रम चलाएका छन् । छिमेकी देशका लागि यो खुशिको कुरा हो यसअर्थमा कि जसबाट हाम्रो सरकारले प्रविधि मैत्री शिक्षाको विकास गर्न सक्छ ।

अर्कोतर्फ, नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र मुलुकभर तेस्रो पुस्ताको मोबाइल नेटवर्क (थ्रीजी) गतिमा चल्ने इन्टरनेट विस्तार गर्न लागेको छ । टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) प्रविधिमा आधारित इन्टरनेट पहुँच पुर्‍याउन लागेको हो । यस्तो सेवा सुरु भएको ठाउँमा उपभोक्ताले ३.१ मेगाबाइट प्रतिसेकेन्ड गतिको इन्टरनेट चलाउन सक्नेछन् । मोबाइल सेट वा कप्म्युटरबाट समेत चलाउन सकिने यस्तो सेवाले मुलुकलाई थप साँघुरो बनाउँदै लैजाने छ । महावीर पुनले दुर्गममा थालेको शैलीमा टेलिकमले अघि बढाएको यस्तो कार्यले सामाजिक विकासको गतिलाई तीव्र र समाजलाई उदार बनाउनेछ ।

No comments:

Post a Comment