Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Thursday, March 14, 2013

ट्वीटरमा नयाँ प्रधानमन्त्रीलाई गाली र ताली

विष्णु शर्मा
१४ मार्च, २०१३


चुनावी सरकार बनेलगत्तै इन्टरनेटको सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । खासगरि माइक्रोब्लगिङ साइट ट्वीटरमा देशदेखि विदेशका कुटनीतिज्ञ, संचारकर्मी र विश्लेषकले खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारबारे रोचक धारणा ट्वीटिएका छन् । ब्लगबाट समेत प्रधानन्यायधीश नेतृत्वको चुनावी सरकारका पक्ष र विपक्षमा धारणा पोखिएका छन् । अन्तराष्ट्रिय मिडियाले समेत आजको नेपाली राजनीतिको कोल्टे फेराइलाई महत्वका साथ प्रकाशन र प्रसारण गरेका छन् । ट्वीटर टाइमलाइनमा १ सय ४० शब्दभित्र समेटिएर लेखिएका स्टोरी टेलिङ रुचिपूर्ण लाग्छन् । सामाजिक संजालमा कतिपयले रेग्मीको नयाँ सरकारको विरोध गरेका छन्, कतिपयले समर्थन र कतिपयले चुनावको शुभकामना दिएका छन् । मैले यहाँ ट्वीटरमा पोस्ट गरिएका रेग्मी सरकारबारेका ट्वीटहरू प्रस्तुत गरेको छु ।

सुदिन पोखरेल –राजनीतिज्ञले नेपाल र नेपाली प्रजातन्त्रलाई बनाए अनि बिगारे पनि ।

सुशिल भट्टराई –पद सकिएलगत्तै ‘अब म स्वतन्त्र नागरिक भएँ’ भनेर ट्वीट गर्ने बाबुराम भट्टराईले टिव्टर परिचयबाट ‘प्राइम मिनिस्टर अफ नेपाल’ भन्ने शब्द हटाएको चाहिँ खोइ ?

गुणराज लुइँटेल –खिलराजलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन सकेकोमा विदेशी शक्ति खुशि छन् तर देशी शक्तिहरू भने आजको दिनलाई कालो दिन भनेर निराश छन् ।

मार्टिन एर्डस्टोम –प्रधानन्यायाधीश रेग्मी संविधान सभा चुनाव गर्नका लागि प्रधानमन्त्री चुनिएका छन् । मलाई अझैपनि संविधान बन्नेमा शंका छ ।

टंक अर्याल –कथा र दृश्य उस्तै छन् तर पात्रहरू मात्र फेरिएका छन्, नेपाली राजनीतिक नाट्यशालामा । हामी चुपचाप सँग हेर्ने दुःखी दर्शक बनेका छौं ।

एसडी मुनी –चार मुख्य शक्तिलाई चुनाव गराउन सफलताका लागि हार्दिक शुभकामना छ । आशा गरौं आउँदो निर्वाचनले नेपाललाई शान्ति र विकासको मार्ग उपलब्ध गराउने छ ।

दमाकान्त जैसी –यी पार्टीहरूले विरोध गर्ने शैली अकुपाइ बालुवाटारका प्रदर्शनकारीबाट किन सिक्न सक्दैनन् ? सँधै बन्द गर्ने प्रवृत्ति बन्द गरौं ।

सुशिल शर्मा –भ्याटिकन सिटीले बर्गोगिलोलाई नयाँ पोपको रुपमा चुन्यो । यता नेपालले खिलराज रेग्मीलाई आशा मानेर नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ ।

No comments:

Post a Comment