Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 22, 2013

स्कुल खोल्न क्यानडादेखि काठमाण्डू


विष्णु शर्मा
२२ मार्च, २०१३


नेपाल विदेशी सेलिव्रेटीको च्यारिटी स्पट बन्ने क्रममा छ । त्यो सूचिमा ‘टाइटानिक’ स्टार लियोनार्दो डिक्याप्रियोदेखि कोरियन गायिका बेइक जी योङ अटाएका छन् । अब भने नेपालमा स्कुल खोल्न च्यारिटी घोषणा गर्ने अन्तराष्ट्रिय सेलिव्रेटीमा अर्की कोरियन–क्यानडियन गायिका जिना थपिएकी छिन् । खास नाम जिना जेन चोई भएपनि छोटकरी नाम जिनाबाट विश्वचर्चित यी सुन्दरी गायिका समाजकल्याणमा लागेकी छिन् । लोकप्रिय गायन वेभसाइट एलेकपपका अनुसार जिनाले नेपालमा चलाउन थालेको च्यारिटी प्रोजेक्टको नाम हो –‘नेपाल हेल्प स्कुल प्रोजेक्ट ।’ नेपालस्थित क्यानडियन एम्बेसीमार्फत जिनाले सहयोगी हात बढाउन लागेकी हुन् । शिक्षाबाट बञ्चित नेपाली केटाकेटीलाई पढाउन जिना कस्सिएकी हुन् ।

च्यारिटीका लागि जिनाले आफ्नो अभियानमा रकम संकलन गर्नेलाई सीडी र अटोग्राफ लेखिएको टिसर्ट उपहार दिनेछिन् । त्यो टिसर्टलाई तपाईं तस्विरमा पनि देख्न सक्नुहुन्छ । एक क्यानडियन च्यारिटी कम्पनी ‘गुडवे विथ अस्’ नामक संस्थाले जिनाको यो अभियानमा सघाउने भएको छ । यो संस्थाले विश्वका गरिब देशहरूमा शैक्षिक च्यारिटी चलाउने सेलिव्रेटीसँग हातेमालो गर्दै आएको छ । कोरियन मुलकी यी क्यानडियन गायिकाले लामो समयदेखि क्यानडामा पनि च्यारिटी अभियान संचालन गरिरहेकी छिन् । उनको पछिल्लो सोलो एल्बम ‘उप्स’ म्युजिक चार्टबस्टरमा उत्कृष्ट बनिरहेको छ । २५ वर्षिया यी गायिकाका ६ चर्चित एल्बम रिलिज भैसकेका छन् ।

No comments:

Post a Comment